default_image

ओलम्पिक

June 26, 2024

मनिताले पेरिस ओलम्पिक खेल्ने निश्चित

काठमाडौं (हाम्रो खेलकुद)– जुडो खेलाडी मनिता श्रेष्ठ प्रधानले पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ। मनिताले वाईल्ड कार्डमार्फत ओलम्पिक खेल्ने पक्का भएको नेपाल ओलम्पिक कमिटी(एनओसी) ले जनाएको छ। मनिता १२ औं दक्षिण एसियाली खेलकुद ( साग) की रजत विजेता विजेता खेलाडी हुन्। उनले ५७ केजीमुनिमा ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछिन् । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली […]

June 23, 2024

एरिका र स्यान्टुलाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ एनओसी अवार्ड २०२४ प्राप्त गरेका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामाआइतबार भएको कार्यक्रमबीच एरिकालाई उत्कृष्ट महिला खेलाडी र स्यान्टुलाई उत्कृष्ट पुरुष खेलाडीको अवार्ड प्रदान गरिएको हो । एरिकाले चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन् । यस्तै स्यान्टु यसै वर्ष […]

June 17, 2024

क्रिकेट टोलीसहित अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । […]

June 14, 2024

सुटिङकी सुष्मिताले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– सुटिङ खेलाडी सुष्मिता नेपालले पेरिस ओलम्पिक २०२४ मा भाग लिने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अनुसार पेरिस ओलम्पिकका लागि सुष्मिताको वाल्र्ड कार्डमार्फत खेल्ने भएकी हुन् । छनोट चरण पार गर्न नसक्ने देशका खेलाडीका लागि वाल्र्ड कार्डमार्फत सहभागी गराइन्छ । योसँगै यसपटक पेरिस ओलम्पिकमा भाग लिने नेपाली खेलाडीको संख्या […]

June 3, 2024

सल्लाहकारमा श्रेष्ठको नाम अनुमोदन

काठमाडौं (हाम्रो खेलकुद) – एसिया ट्रायथलनको कङ्ग्रेसले सोमबार नेपाल ट्रायथोलनका अध्यक्ष निलेन्द्र राज श्रेष्ठलाई एसिया ट्रायथलनका अध्यक्षको सिनियर सल्लाहकारमा अनुमोदन गरेको छ । सउदी अरबको रियादमा भएको सो सभामा ट्रायथलन संघका अध्यक्ष एवंम् नेपाल ओलम्पिक कमिटी (एनओसी)) का महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष निरज श्रेष्ठले भाग लिएका थिए । जुन १ मा सुरु भएको सो […]

June 2, 2024

हुम्लामा ‘स्कुल टु ओलम्पिक कार्यक्रम’

हुम्ला( हाम्रो खेलकुद)- नेपाल ओलम्पियन एसोसियसनले कर्णालीको हुम्लामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सञ्चालन गरेको छ । हुम्ला जिल्ला खेलकुद विकास समितिको आयोजनामा आइतबार सदरमुकाम सिमकोटमा भएको कार्यक्रममा ओलम्पियनहरुले आफ्ना संघर्ष र सफलताका कथा सुनाए । ओलम्पियन संघका महासचिव ओलम्पियन राजेन्द्र भण्डारीले दृढ इच्छाशक्तिले नै हरेक बालबालिकालाई सफलतातर्फ उन्मुख गराउने बताए । विश्वकीर्तिमानी धावक ओलम्पियन हरिबहादुर […]

May 23, 2024

मध्यबिन्दुमा स्कुल टु ओलम्पिक कार्यक्रम

नवलपुर (हाम्रो खेलकुद)- नवलपुरको मध्यविन्दु नगरपालिकामा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम सम्पन्न भएको छ ।प्रदेश खेलकुद परिषद गण्डकीको वार्षिक कार्यक्रम अनुसार आयोजित उक्त कार्यक्रममा मध्यविन्दु नगर पालिकाले सहकार्य गरेको हो । नवलपुरको विभिन्न पाँच पालिकाका विभिन्न विद्यालयका कक्षा ८ देखि १२ कक्षा सम्म अध्यापनरत २ सय भन्दा बढि विद्यार्थी र ओलम्पियन बीच अन्तक्रिया गरी विद्यार्थीहरुलाई खेलकुदका […]

May 18, 2024

डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पौडीका डुवाना लामा र एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले पौडीका डुवाना र एलेक्जेन्डरले पेरिस ओलम्पिक २०२४ मा सहभागिता जनाउने निश्चित भएको जानकारी दिएका हुन् । डुवाना र एलेक्सजेन्डरले युनिभर्सियालिटी कोटामा ओलम्पिकमा भाग लिनेछन् । यस्तै पौडीका दुवाना […]

May 17, 2024

सन्तोषीले ओलम्पिक खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद)- तेह्रौं सागकी स्वर्ण पदक विजेता सन्तोषी श्रेष्ठले पेरिस ओलम्पिक २०२४ खेल्ने निश्चित भएको छ। सन्तोषीले पेरिस ओलम्पिकको म्याराथनमा प्रतिस्पर्धा गर्ने भएकी हुन्। युनिभर्सियालिटी कोटामा उनले ओलम्पिक खेल्ने भएकी‌ हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी ) र नेपाल एथलेटिक्स संघबाट युनिभर्सियालिटीका लागि सन्तोषीको सिफारिस गरेको थियो। सन्तोषीको‌ नाम ओलम्पिकमा खेल्ने पक्का भएको जानकारी […]

May 11, 2024

प्रिन्सले पेरिस ओलम्पिक २०२४ खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर १ खेलाडी प्रिन्स दाहालले पेरिस ओलम्पिक २०२४ खेल्ने भएका छन् । १९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी बन्ने भएका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले शनिबार जारी गरेको विज्ञप्ति अनुसार प्रिन्स युनिभार्सलिटी कोटाबाट ओलम्पिक खेल्ने पक्का भएको हो । ब्याडमिन्टनमा यसपटक […]

Success

Thank you for your time.