September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली कांग्रेसले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। सानेपास्थित पार्टी कार्यालयमा आइतवार आयोजित कार्यक्रममा कांग्रेसले सम्मान गरेको हो। कांग्रेसका सभापति शेरबहादुर देउवाले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेका हुन्। पलेशालाई ५ लाख, […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को कार्यकारणी कमिटीको सदस्यमा निर्वाचित भएका छन् । साथै ओसिएको स्पोर्टस एन्ड इनभारोमेन्ट कमिटीको अध्यक्षमा पनि निर्वाचित भएको एनओसीले जनाएको छ। भारतको नयाँ दिल्ली स्थिति भारत मण्डपमा आइतवार ओसिएको ४४ औं साधारण सभा सम्पन्न भएको थियो । साधारण […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैधले राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको उप निर्देशक पदबाट राजीनामा दिएकी छन् । झन्डै २ वर्षअघि उप निर्देशक बनेकी वैद्यले निर्देशक पदमा भएको बढुवामा असन्तुष्टी जनाउँदै आइतवार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई राजीनामा बुझाएकी हुन् । तालिम तथा प्रशिक्षण विभागका तत्कालीन निर्देशक प्रचण्ड शर्माले भदौ १९ […]
September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । लामालाई प्रशिक्षक नियुक्त गर्न […]
September 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् । शीतल निवासमा बुधवार आयोजित कार्यक्रमम पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पलेशाका प्रशिक्षक प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिइएको थियो । सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई […]
September 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। बुधवार स्वदेश फर्केकी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामालाई महानगरले सम्मान गरेको हो। महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोल, सामाजिक विकास समितिका संयोजक राजु केसी, प्रमुख कार्यकारी अधिकृत प्रदीप परियारले पलेशा र प्रशिक्षक लामालाई सम्मान गरेका थिए । […]
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ। पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ । ८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक […]
August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी पलेशा गोभर्धनले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा जित हात पारेकी छिन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको पहिलो रिपाचेजमा पलेशाले फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरिन्। यो सँगै पलेशस अब कास्य पदकका मात्र एक जित टाढा रहेकी छिन्। यसअघि सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी […]
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छिन्। सेमिफाइनल प्रवेशका लागि शुक्रवार भएको खेलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्। के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा दश सेकेन्ड भित्र पलेशाले २-० को अग्रता बनाएकी थिइन्। यसपछि ५६ सेकेन्ड बाकी […]