September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं जिल्ला तेक्वान्दो संघले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बुधवार नगदसहित सम्मान गरेको छ । पलेशालाई १ लाख ३८ हजार रुपैयाँसहित प्रशंसा पत्रबाट सम्मान गरिएको काठमाडौं जिल्ला तेक्वान्दो संघका सचिव गौरव रजकले जनाएका छन् । पलेशाका पप्रशिक्षक कविराज नेगी लामालाई ५८ हजार रुपैयाँ तथा पेरिस पारालिम्पिकमै सहभागी […]
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद)- हंगेरीमा जारी ४५ औं चेस ओलम्पियाड खेलमा नेपाली बुद्धिचाल टोलीले भिसा उपलब्ध नभएका कारण सहभागिता जनाउन पाएन । अस्ट्रेलियाबाट हंगेरी पुगेका नेपाली विवेक थिङले भने प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल बुद्धिचाल महासंघले मंगलवार १८ सदस्यीय नेपाली टोलीको पटक पटकको प्रयासपछि भिसा प्राप्त गर्न नसकेको जनाएको छ। महासंघका महासचिव धरम बहादुर लामाले भिसा प्रक्रियाका […]
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलबाट ओलम्पियन दीपक विष्टलाई अभिनन्दित भएका छन् । सांस्कृतिक समाज नेपालद्वारा शनिवार काठमाडौंमा आयोजित स्रष्टा अभिनन्दन तथा देउडा सांस्कृतिक उत्सव २०८१ मा राष्ट्रपति पौडेलले ओलम्पियन विष्टलाई अभिनन्दन गरेका हुन्। ४ पटकका दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेका तेक्वान्दो खेलाडी विष्टले एसियाली खेलकुदमा दुई कास्य पदक प्राप्त गरेका छन्। […]
September 15, 2024
पोखरा (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिकमा नेपालका लागि ऐतिहासिक कास्य पदक जितेकी पलेशा गोवर्धन पोखरा महानगरपालिकाले नगदसहित सम्मान गरेको छ। पोखरा रगंशालामा आइतवार कार्यक्रमको आयोजना गर्दै पोखरा महानगरले पलेशालाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित सम्मान गरेको हो। महानगरले पलेशाका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक रामचन्द्र लामालाई सम्मान गरेको हो।त्यस्तै गण्डकी प्रदेशको […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद) – करातेकी एरिका गुरुङ र क्रिकेटका रोहितकुमार पौडेल एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८० को वर्ष खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले शुक्रवार आयोजना गरेको कार्यक्रममा एरिका महिलामा र रोहित पुरुषमा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न अवार्डमा १९औं एसियाली खेलकुद ( एसियाड)मा रजत […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पारा एथलिट अवार्ड प्राप्त गरेकी छिन्। पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन्। तर यो अवार्ड उनले १९औं एसियाली खेलकुदमा ऐतिहासिक कास्य जितेको कारण प्राप्त गरेकी हुन्। २०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा […]
September 13, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पेरिस पारा ओलिम्पिक्स २०२४ मा कास्य पदक विजेता पलेसा गोवर्धनसहित प्रशिक्षक, व्यवस्थापकलाई आज पुरस्कृत गरेका छन् । मन्त्रिपरिषद्को भदौ २० गतेको निर्णयबमोजिम पलेशालाई ६५ रुपैयाँ लाख पुरस्कार राशीमा कर नकटाइ पुरस्कृत गरिएको हो । यस्तै उनका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार र व्यवस्थापक रामचन्द्र श्रेष्ठलाई […]
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एसियाको २५औं कंग्रेस काठमाडौंमा बिहीवार सम्पन्न भएको छ। खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस नेपालमा पहिलो पटक आयोजना भएको हो । कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र […]
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पियन संगिना वैद्यलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी नदिएकोमा पूर्व युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले सरकारको चर्को आलोचना गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रेष्ठले मंगलवार शुन्य समयमा बोल्दै राखेपको निर्देशक पदको बढुवामा असन्तुष्टि जनाउँदै राजीनामा दिनु गम्भीर र लज्जास्पद विषय बताए । […]
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ। आइतवार आयोजित कार्यक्रममा तेक्वान्दो संघले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामालाई र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो। पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित […]