default_image

ओलम्पिक

July 30, 2021

चीन पदक तालिकामा शीर्षस्थानमा फर्कियो

एजेन्सी – चीन विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को छैटौ दिनको खेल सकिदा पदक तालिकाको शीर्षस्थानमा फर्किएको छ । शुरुवाती दुई दिन शीर्षस्थानमा रहेको चीन त्यसपछि पाँचौ दिनसम्म तेस्रो र दोस्रो स्थानमा रहेका थिए । चीनले बिहीबार ३ स्वर्ण जित्दै शीर्षस्थानमा पूनरागमन गरेका हुन् । समान १५ स्वर्ण नै जितेपनि जापान […]

July 30, 2021

सरस्वतीको सामान्य प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो अ‍ोलम्पिक २०२० अन्तर्गत सरस्वती चौधरीले महिला १ सय मिटर दौडमा सामान्य प्रदर्शन गरेकी छिन् । सरस्वतीले हिट २ मा कुद्दै निर्धारित दुरी १२.९१ सेकेन्डमा पूरा गरिन् ‌‌। आफ्नो हिटमा रहेका ९ मध्य आठौं स्थानमा उनी रहिन् । सरस्वतीको सहभागिता हिट चरणमा नै सिमित रह्यो । उनले यस स्पर्धामा राखेको व्यक्तिगत […]

July 29, 2021

मेरी कोम बाहिरिइन्

एजेन्सी – भारतीय महिला भेट्रान मुक्केबाज (बक्सर) मेरी कोम टोकियो ओलम्पिक २०२० को प्रि–क्वाटरफाइनलबाट बाहिरिएकी छिन् । बिहीबार महिलाको फ्लाईवेट ४८–५१ केजी तौल समूहमा कोलम्बियाकी खेलाडी इन्ग्रिट भ्यालेन्सियासँग ३–२ को अंकमा पराजित हुँदै कोम टोकियो ओलम्पिकको राउन्ड अफ १६ बाटै बाहिरिएकी हुन् । पहिलो राउन्डमै ४–१ ले पछि परेको मेरी कोमले दोस्रो र तेस्रो राउन्डमा […]

July 29, 2021

सान मारिनो बन्यो ओलम्पिक पदक जित्ने सबैभन्दा सानो देश

एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला ट्रयाप सुटिङमा एलेसान्द्रा पेरिलीले कास्य पदक जितेपछि सान मारिनो ओलम्पिकमा पदक जित्ने विश्वकै सबैभन्दा सानो देश बनेको छ । झन्डै ३४ हजार जनसंख्या रहेको सान मारिनोका लागि पेरिलीले विहीबार पहिलो पदक दिलाइन् । उनले २९ स्कोर जोड्दै पदक पक्का गरेकी हुन् । यसअघि सन् २०१२ को लन्डन ओलम्पिकमा […]

July 29, 2021

टोकियो ओलम्पिक – जापानको शीर्षता यथावत

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को पाँचौ दिनको खेल सकिदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ । तेस्रो दिनदेखि पदक तालिकाको शीर्षस्थानमा रहेको जापानले बुधबार ३ स्वर्ण थप्दै आफ्नो शीर्षतालाई यथावत राखेको हो । जापानले पाँचौ दिनको खेल सकिदा १३ स्वर्ण, ४ रजत र ५ कास्य […]

July 28, 2021

फ्रान्स र अर्जेन्टिना समूह चरणबाटै बाहिर

एजेन्सी – स्वर्ण पदकका दावेदार दुई टोली फ्रान्स र अर्जेन्टिना टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणबाटै बाहिरिएका छन् । फ्रान्स समूह चरणको अन्तिम खेलमा घरेलु टोली जापानसँग ४–० को लज्जास्पद हार बेहोर्दै समूह ‘ए’ बाट समूह चरणबाटै बाहिरिएको हो । यो समूहको अन्तिम खेलमा फ्रान्स जापानसँग पराजित तथा अर्काे खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई […]

July 28, 2021

रिचार्लीसन चम्कँदा ब्राजिल समूह विजेता

एजेन्सी – सिनियर टोलीका समेत सदस्य रहेका रिचार्लीसनले दुई गोल गरेपछि ब्राजिल टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा समूह विजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । ब्राजिलले समूह चरणको अन्तरगतको अन्तिम खेलमा साउदी अरेबियाको यु–२३ टोलीलाई ३–१ ले पराजित गर्दै समूह ‘डी’ बाट अपराजित रहेर अन्तिम आठमा पुग्न सफल भएको हो । साइतामा स्टेडियममा बुधबार […]

July 28, 2021

गौरिकाको औसत प्रदर्शन

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले १ सय मिटर फ्रिस्टाइलमा औसत प्रदर्शन गरेकी छिन् । गौरिकाले १ मिनेट ०.११ सेकेन्डमा निर्धारित दुरी पूरा गरेकी हुन् । उनी ४ खेलाडी सम्मिलित हिटमा तेस्रो भइन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी […]

July 28, 2021

गौरिकाले आज प्रतिस्पर्धा गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडी खेलाडी गौरिका सिंहले आज १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्दैछिन । उनको स्पर्धा नेपाली समयअनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । गौरिकाले ओलम्पिकमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेकी छिन् । यसअघि उनले १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्ने क्रममा ५८.१३ सेकेन्डमा निर्धारित दुरी पूरा […]

July 28, 2021

टोकियो ओलम्पिक– जापान पदक तालिकाको शीर्षमा यथावत

एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको ग्रीष्मकालीन ओलम्पिक (टोकियो ओलम्पिक–२०२०) को चौथो दिनको खेल सकिदा आयोजक जापानले पदक तालिकामा आफ्नो शीर्षतालाई कायमै राखेको छ । तेस्रो दिनदेखि पदक तालिकाको शीर्षस्थानमा रहेको जापानले बुधबार दुई स्वर्ण थप्दै आफ्नो शीर्षतालाई यथावत राखेको हो । जापानले चौथो दिनको खेल सकिदा १० स्वर्ण, ३ रजत र ५ कास्य […]

Success

Thank you for your time.