August 9, 2021
एजेन्सी – विश्व खेलकुदको कुम्भमेला ३२औं गृष्मकालीन ओलम्पिक ‘टोकियो ओलम्पिक २०२०’ को अन्तिम दिन अमेरिकाले ३ स्वर्ण थप्दै शीर्षस्थानमा ओलम्पिक सकाएको छ । सुरुवाती दिनदेखि नै अधिकांश समय दोस्रो स्थानमा रहेको अमेरिकाले अन्तिम दिन ३ स्वर्ण थपेपछि ओलम्पिकको सुरुवाती दिनदेखि नै अग्रतस्थानमा रहेको चीनलाई पछि पार्दै शीर्ष स्थानमा ओलम्पिक टुंग्याएको हो । ओलम्पिकको अन्तिम दिन […]
August 8, 2021
एजेन्सी – कोरोना भाइरस (कोभिड –१९) को त्रासका बाबजुत सतर्कता अपनाउँदै बन्द रंगशालाबाटै विश्व खेलकुदको कुम्भमेला ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक खेलकुद आइतबार जापानको टोकियोमा सम्पन्न भएको छ । गत वर्ष नै हुनुपर्ने ओलम्पिक कोरोनाका कारण एक वर्षपछि सारिदा कोरोनाको त्रास नहटेपनि विभिन्न सतर्कता अपनाउँदै जापानको राजधानी टोकियोमा एक भव्य कार्यक्रमका बीच ‘टोकियो ओलम्पिक २०२०’ को […]
August 8, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० मा भारतलाई एकमात्र स्वर्ण पदक दिलाउने निरज चोपराले पुरस्कारवापत सरकारी र प्राइभेट संस्थाबाट करोडौं रुपैयाँ पुरस्कार पाउने भएका छन् । निरजले शनिबार एथ्लेटिक्सको ज्याभलिन थ्रोमा ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका थिए । भारतले १३ वर्षपछि ओलम्पिकमा स्वर्ण जित्न सफल भएको हो । एकल स्पर्धामा यो मात्र दोस्रो पदक हो । यसअघि सुटिङका अभिनव बिन्द्राले सन् २००८ […]
August 8, 2021
एजेन्सी – दुई पटकको स्वर्ण विजेता ब्राजिलमाथि सोझो सेटमा जित निकाल्दै अमेरिकाले टोकियो ओलम्पिक २०२० अन्तरगतको महिला भलिबलमा स्वर्ण जितेको छ । एरिएक एरिनामा आइतबार भएको फाइनलमा ब्राजिलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अमेरिकाले स्वर्ण जित्न सफल भएको हो । महिला भलिबलमा अमेरिकाको यो पहिलो स्वर्ण हो । यसअघि अमेरिकाले तीन पटक फाइनलमा स्थान […]
August 8, 2021
एजेन्सी – विश्व कीर्तिमानी केन्याका इलुड किपचोगेले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष म्याराथनतर्फ स्वर्ण पदक जितेका छन् । ओलम्पिक म्याराथनमा दोस्रो स्वर्ण जित्ते क्रममा ३६ वर्षीय इलुडले निर्धारित दूरी २ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै स्वर्ण जितेका हुन् । उनले आफ्नो निकटतम प्रतिद्धन्द्धीलाई १ मिनेट १७ सेकेन्डले पछि पारे । उनले सन् २०१६ […]
August 8, 2021
एजेन्सी – चीनले टोकियो ओलम्पिक २०२० मा आफ्नो शीर्षतालाई १६औं दिनसम्म यथावत राख्न सफल भएको छ । तेस्रो र चौथो दिन शीर्ष स्थान गुमाएको चीनले त्यसपछि आफ्नो शीर्षतालाई निरन्तर कायम राख्न सफल हुदा अमेरिकाले लगातार पछ्याइरहेको छ । शनिबारसम्म चीनले ३८ स्वर्ण, ३१ रजत र १८ कास्यगरी ८७ पदक जितेको छ । चीनलाई पछ्याइरहेको अमेरिकाले […]
August 7, 2021
एजेन्सी – उपाधिको बलियो दावेदार रसियन ओलम्पिक कमिटि (आरओसी) लाई स्तब्ध पार्दै फ्रान्सले टोकियो ओलम्पिक अन्तरगतको पुरुष भलिबलमा स्वर्ण जितेको छ । एरिएक एरिनामा शनिबार आरओसीको चुनौती ३–२ ले पन्छाउँदै फ्रान्सले स्वर्ण जित्न सफल भएको हो । फ्रान्सले समूह चरणमा पनि आरओसीलाई ३–१ को सेटमा हराएको थियो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको फाइनल भिडन्तमा फ्रान्सले […]
August 7, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत ब्राजिलले लगातार दोस्रो पटक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । शनिबार फाइनलमा स्पेनलाई २-१ ले हराउँदै ब्राजिल पदक रक्षा गर्न सफल भएको हो । निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । अतिरिक्त समयको दोस्रो हाफमा माल्कमले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका […]
August 7, 2021
एजेन्सी – टोकियो ओलम्पिक २०२० अन्तर्गत एथ्लेटिक्सको ज्याभलिन थ्रोमा निरज चोपराले भारतलाई पहिलो स्वर्ण दिलाएका छन् । निरजले ८७.५८ मिटरको प्रदर्शनसहित स्वर्ण पदक जितेका हुन् । प्रतियोगिताको स्वर्ण पदक दावेदार मानिएका जर्मनीका जोहानेस भेटरले फाइनलमा समेत स्थान बनाउन नसक्दा निरजको स्वर्ण पदकको सम्भावना बलियो बनेको थियो । चेक रिपब्लिकका दुई खेलाडीले निरजलाई पछ्याएपनि पछि पार्न […]
August 7, 2021
एजेन्सी – ब्राजिललाई हराउँदै अर्जेन्टिनाले टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलमा तेस्रो स्थान हासिल गरेको छ । ब्राजिलमाथि ३-२ को सेटमा जित हासिल गर्दै अर्जेन्टिनाले कास्यपदक हात पारेको हो । यससँगै अर्जेन्टिनाले समूह चरणमा भोगेको हारको बदला लिएको छ। समूह चरणमा अर्जेन्टिना ३-२ को सेटमा पराजित भएको थियो । एरिएक एरिनामा शनिबार भएको प्रतिस्पर्धात्मक र […]