default_image

ओलम्पिक

September 11, 2021

राखेपका पूर्व सदस्य सचिव राणा रहेनन्

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटी (एनओसी) का पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । मृगौलाको नियमित डायलासिस गराइरहेका राणाको ८५ वर्षको उमेर बत्तिसपुतली स्थित निवासमा शुक्रबार राती ९ः४५ बजे मृत्यु भएको उनका छोरी ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । लामो समय खेलकुदका विभिन्न […]

September 10, 2021

कीर्तिमानी ओलम्पियन पलेशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले टोकियो पारालिम्पिकमा दुई बाउट जित्न सफल पलेशा गोवर्धन श्रेष्ठ र टोलीलाई नगदसहित सम्मानित गरेको छ । संघले पारालिम्पिकमा दुई बाउट जित्दै नेपालको शिर उचो पारेको भन्दै पुर्व घोषित निर्णय अनुसार एक बाउटको २० हजार गरि दुई बाउट जित्न सफल पलेशलाई ४० हजार रुपैयाँ र सम्मान पत्रले […]

September 3, 2021

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]

September 3, 2021

पारालिम्पिक : पलेशा ऐतिहासिक पदकबाट बन्चित

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा पराजित भएकी छिन् । चीनकी युजी लीसँग १२-९ ले पराजित भएपछि पलेशा नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट बन्चित भइन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो राउन्डमा पलेशाले ४-२ को […]

September 3, 2021

पारालिम्पिक : पलेशा कास्य पदक नजिक

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छिन् । रेपेचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गरेपछि पलेशाले कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले […]

September 3, 2021

पारालिम्पिक : पलेशा रेपेचेजको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ सेमिफाइनलमा प्रवेश गरेकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । स्वर्ण पदकको चुनौती सकिएपनि पलेशा कास्य पदकका लागि भने रेपेचेजमा प्रतिस्पर्धा गर्दैछिन् । रेपेचेजतर्फ पलेशाले […]

September 3, 2021

पारालिम्पिक : पलेशा पहिलो खेलमा पराजित, पदकको लागि अर्को मौका

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ […]

August 31, 2021

पलेशाले बेलायतकी बेथसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा नेपालको एकमात्र प्रतिनिधि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग खेल्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहमा उनले प्रि-क्वाटरफाइनलमा खेल सुरु गर्दैछिन् । कुल ११ खेलाडीले प्रतिस्पर्धा गर्ने यस तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पलेशा […]

August 28, 2021

लाइन जज अर्याल जापान प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक २०२० लाइन जजको भुमिका निर्वाह गर्न ब्याडमिन्टन एशियाका एक्रिडियटेड अम्पायर, बिश्व ब्याडमिन्टन महासंघका सर्टिफाईड लाईन जज तथा राष्ट्रिय रेफ्री उदय कुमार अर्याल शनिबार जापान प्रस्थान गरेका छन् । उनलाई शनिबार नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य तथा नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष […]

August 26, 2021

आम्पायर अर्याललाई लि निङको साथ

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पायर उदय अर्याललाई खेल सामाग्री उत्पादक कम्पनी लि निङले साथ दिएको छ । लि निङले आर्याललाई एक सेट ट्याकसुट, पोलो टिसर्ट, जुत्ता, मोजा, क्याप र ब्याग प्रदान गरेको छ । आर्याल शनिबार जापान जाने तयारीमा छन् । ब्याडमिन्टन पहिलो पटक पारालिम्पिकमा समावेश गरिएको हो […]

Success

Thank you for your time.