December 26, 2022
धनगढी (हाम्रो खेलकुद) – विद्यार्थीहरुलाई खेल क्षेत्रमा आबद्ध हुन प्रोत्साहित गर्ने उद्देशयका साथ स्कुल टु ओलम्पिक कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको छ । सात वटै प्रदेशमा आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रम सुदूरपश्चिम प्रदेशबाट सुरु भएको बताइएको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल ओलम्पियन्स संघको संयोजनमा सोमबार धनगढीमा भएको कार्यक्रममा स्थानिय धनगढीका सामुदायिक […]
September 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुद (साग) को एकै संस्करणमा सर्वाधिक पदक जित्ने नेपाली ओलम्पियन पौडीकी गौरिका सिंह राष्ट्रदीपबाट विभूषित हुने भएकी छन् । संविधान दिवसका अवसरमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलङ्कार र पदक विभूषित गर्ने घोषणा गर्दा गौरिका समेटिएकी छिन् । राष्ट्रदीप विभूषण पाउने दुई मध्ये गौरिका एक हुन् । अर्को प्रहरी […]
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा अर्को महिना आयोजना हुने नवौं राष्ट्रिय खेलकुदको ट्रफी शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन् । ट्रफी टुर सुरु हुने अघिल्लो दिन प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रफी सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुदको ट्रफी टुर सुदूरपश्चिमाञ्चल प्रदेशबाट शनिबार सुरु हुँदैछ । सहभागी ११ मध्ये एनआएनएबाहेक सबै […]
September 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्द्धन र राष्ट्रिय फुटबल टोलीका कप्तान गोलकिपर किरण चेम्जोङ राष्ट्रिय खेलकुद परिषद् (राखेप) उत्कृष्ट वर्ष खेलाडी सिनियरतर्फ सम्मानित भएका छन् । टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुले जुनियरतर्फको उत्कृष्ट वर्ष खेलाडी सम्मान प्राप्त गरेका छन् । गत वर्ष जापानमा भएको पारा आलम्पिकमा क्वार्टरफाइनल सम्मको यात्रा […]
August 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले ‘बाई–अप होल्डिङ कम्पनी’ सँग चीनमा अर्काे वर्ष आयोजना हुने १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीका लागि खेल पोशाक प्रायोजन सम्झौता गरेको छ । चीनको हाङझााउमा सन् २०२३ को सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुँदैछ । सम्झौतामा एनओसीका महासचिव निलेन्द्र राज श्रेष्ठ र हङकङ–चीनको […]
August 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको सात खेलाडीलाई हाम्रो खेलकुद सर्वकालीन सम्मान प्रदान गरेको छ । पाटनको अशोक पार्टी प्यालेसमा आयोजित कार्यक्रमा देशका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक जीतबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, सागमा खेलाडी र प्रशिक्षकका रुपमा […]
August 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिगत खेलमा सर्वाधिक पदक जित्ने खेलाडी हुन् तेक्वान्दोका दीपक विष्ट । उनै दीपकलाई हाम्रो खेलकुद डटकमले आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा सर्वकालीन सम्मान प्रदान गर्ने भएको छ । सर्वकालिन सम्मान प्राप्त गर्ने सातमध्ये ४ खेलाडीको नाम भने यसअघि नै सर्वजनिक भइसकेको छ । जसमा नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता […]
April 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के४४ र ५७ केजीमुनि र सिर्जना घिसिङ (के ४४ ५२ केजीमुनि)का खेलाडीहरुले खेल्ने निश्चित गरेको छ । विश्व तेक्वान्दो महासंघको मिति २०२२-०४-०७ गतेको पत्र अनुसार पलेशा विश्वको […]
February 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन्स संघको आयोजनामा अभिमुखिकरण कार्यक्रम बिहीबारदेखि सातदोबाटोमा सुरु भएको छ । कार्यक्रमको नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव नीलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे । ओलम्पियनहरुको क्षमता अभिबृद्धिका लागि एनओसीको सहयोगमा आयोजित दुईदिने कार्यक्रममा ४० ओलम्पियन सहभागी छन् । हभागीलाई पुस्करराज पन्तले योग तथा ध्यान, राजेश पाण्डेले पब्लिक स्पिकिङ तथा […]
February 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिक– २०२१ मा नेपालबाट सहभागी एक मात्र खेलाडी तेक्वान्दोकी पलेशा गोवर्धनले सहभागिताको प्रमाण पत्र प्राप्त गरेकी छन् । अगष्ट २४ देखि सेप्टेम्बर ५ तारिखसम्म भएको टोकियो पारालिम्पिकमा पलेशाले प्रतिस्पर्धा गरेको के ४४ क्याटगोरीअन्तर्गत महिला ५८ केजीमुनि जम्मा १४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । उक्त स्पर्धामा पलेशा समग्रमा पाँचौं भइन् । […]