March 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको मिति अन्तत: टुंगो लागेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टका अनुसार प्रदेश ५ को नेपालगन्जमा वैशाख ५ देखि ११ सम्म आठौं हुनेछ । यसअघि चैत अन्तिम सातामा आठौं राष्ट्रिय खेलकुद गर्ने भनिएपनि आवश्यक भौतिक पूर्वाधारको निर्माण नसकिएकाले मिति सार्नु परेको विष्टले जानकारी दिए ।
March 26, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – प्रदेश ५ मा यसैवर्ष आयोजना हुने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि बहुप्रतिक्षित भिआईपी प्याराफिट सोमबार राति नेपालगन्जमा आइपुगेको छ । चीनमा निर्माण गरिएको भिआईपी प्याराफिट सिंगापुर, मलेसिया र भारत हुँदै सोमबार साँझमात्रै नेपालगञ्ज रंगशालामा ल्याइएसँगै जडान कार्यलाई तीब्रता दिइएको राष्ट्रिय खेलकुद परिषद (राखेप) ले जानकारी गराएको छ । भिआइपी प्याराफिट […]
March 24, 2019
काठमाडौं (हाम्रो खेलकुद) – सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालको लागि एकमात्र पदक विजेता विमला तामाङले गैरआवसिय नेपाली संघ (एनआरएनए) बाट आठौं राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । नेपालगंजमा यसै महिनाको अन्तिम साताबाट सुरु हुन प्रस्ताव गरिएको आठौं राष्ट्रिय खेलकुदको लागि एनआरएनले २४ खेलाडीसहित टोलीको घोषणा गरेको छ […]