April 15, 2019
घोराही (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको टिम इभेन्ट्समा विभागिय टोलीले सफलता हासिल गरेका छन् । टिम इभेन्ट्सको महिलामा एपिएफ र पुरुषमा त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ । महिलातर्फको फाइनलमा एपिएफले आर्मीलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक जिते । सेमिफाइनलमा सुदूरपश्चिम […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशकी कृष्णा थापा महिला स्क्वासमा नयाँ च्याम्पियन बनेकी छन् । कृष्णाले महिला स्क्वासमा एकछत्र राज गरिरहेकी प्रदेश ३ की भावना सुनुवारलाई आठौंअन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला एकलमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । भावना पाँचाै, छैटौं र सातौंकी च्याम्पियन हुन् । ६ खेलाडी सम्मिलित महिला स्पर्धामा कृष्णा अपराजित हुदै […]
April 15, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत त्रिभुवन आर्मी क्लबले जुडोको दोस्रो दिनको खेलमा वर्चस्व कायम गरेको छ । दोस्रो दिन ७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदा आर्मीले ४ स्वर्ण हात पारेको हो । आर्मीका लागि महिलातर्फ ६३ केजीमा निर्मला घर्तिमगर, ७८ केजीमा पुनम श्रेष्ठ र ७८ केजीभन्दा माथिमा आकृति जोशी तथा पुरुष ९० केजीमा […]
April 15, 2019
सुबास हुमागाईं, नेपालगन्ज आठौं राष्ट्रिय खेलकुदको उद्घाटन समारोह वैशाख ५ गते नेपालगन्ज रंगशालामा हुने कार्यक्रम रहेको छ । उद्घाटन समारोह नजिकिंदै गर्दा प्याराफिट निर्माणको कार्य द्रुत गतिमा अगाडी बढेको छ । रातको समयमा पनि बत्ति बालेर निर्माण कार्य अगाडी बढाइएको छ । रंगशाला परिसरमा निर्माणकार्य यसरी सम्पन्न भइरहेको छ : रंगशालाबाट स्थलगत भिडियो रिपोर्ट :
April 15, 2019
सुबास हुमागाईं, नेपालगन्ज ओलम्पियन फुपूल्हामु खत्रीलाई सन् २०२० सम्म कुनैपनि खेलमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको छ । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यका अनुसार ओलम्पिक छात्रवृत्तिबाट अनुमति नलिई स्वदेश फर्किएका कारण नेपाली खेलकुदको सरोकारवाला निकायको संयुक्त निर्णय अनुसार फुपूलाई २०२० सम्म प्रतिबन्ध लगाइएको हो । फुपू नेपाली खेलकुदमा पछिल्लो केहि वर्षमा सबैभन्दा सफल खेलाडीमा पर्छिन् […]
April 15, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले प्रदेश २ लाई ६-० ले पराजित गर्दै समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेको छ । सोमबार मंगल प्रसाद माविको खेलमैदानमा रोमन रानाले ४ गोल गरेपछि पुलिसले सहज जित दर्ता गर्यो । रोमनको २१ औं मिनेटको गोलमा पुलिसले पहिलो […]
April 15, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदको अोलम्पिक टर्च र्याली लुम्बिनी पुगेको छ । चैत २९ गते विराटनगरबाट सुरु भएको र्याली धनुषा, हेटौंडा हुँदै लुम्बिनी पुगेको हो । अोलम्पियन जितबहादुर केसी लगायतले लुम्बिनीको शान्तिदिपमा दिप प्रज्वलन गरेका थिए । र्याली आज सुर्खेत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) […]
April 14, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा एपीएफले जित दर्ता गरेको छ । एपीएफले अर्को विभागीय टोली प्रहरीलाई ५८–३६ ले पराजित गर्यो । गण्डकीले कर्णाली प्रदेशलाई ७५–३६, सुदूर पश्चिम प्रदेशले प्रदेश १ लाई ७६–४४, प्रदेश ३ ले प्रदेश २ लाई ४६–३३, आर्मीले एपीएफलाई ३९–१९, प्रदेश ५ ले गण्डकीलाई ४५–२३ र प्रदेश १ […]
April 14, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा चार चरणको खेल समाप्तिसम्म पुलिसका पुरुषोत्तम चौलागाईंले ४ अंक जोड्दै एकल अग्रता कायम गरेका छन् । बर्दियाको ठाकुरद्वारामा भइरहेको प्रतियोगिताको खुलामै एपीएफका क्षितिज भण्डारी ३.५ अंकसाथ दोश्रो स्थानमा छन् । त्यस्तै समान ३ अंकसाथ पुलिसका मदनकृष्ष कायश्थसहित ९ जना तेश्रो स्थानमा छन् । महिलातर्फ समान […]
April 14, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १८ औं राष्ट्रिय हक्कीको पुरुषमा नेपाल पुलिस क्लब समूह ‘ए’ को विजेता हुँदै आइतबार सेमिफाइनलमा प्रवेश गरेका छ । हक्कीमा पहिलो पटक सहभागी पुलिसले डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीलाई २–१ गोलले पराजित गर्यो । विजेताका मनोज चौधरी र सागर आचार्यले गोल गरे । आर्मीका दीपेन्द्र ऐरले १ गोल फर्काए […]