default_image

राष्ट्रिय खेलकुद

April 17, 2019

भलिबलः आर्मी र गण्डकीलाई दोहोरो सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले दोहोरो सफलता हात पारेका छन् । बुधबारदेखि सुरु भएको भलिबलमा आर्मी र गण्डकीले पुरुष र महिलामा दोहोरो जित हात पारेको हो । यस्तै नेपाल पुलिस क्लबले पनि दोहोरो सफलता हात पार्यो । बाँकेको खजुरामा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश […]

April 17, 2019

रत्न र नङशल क्वार्टरफाइनलमा

दाङ (हाम्रो खेलकुद)– ब्याडमिन्टनका शीर्ष वरियताका त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफका दीपेश धानी र सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाल पनि प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् । ४० औं राष्ट्रिय ब्याडमिन्टनका रुपमा रहेको प्रतियोगितामा रत्नले एपिएफका गौतम कठायतलाई २१– ७, २१ – ९ ले हराए […]

April 17, 2019

बास्केटबलमा आर्मी र पुलिसलाई स्वर्ण

दाङ (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटबलको उपाधि विभागिय टोलीले जितेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फको उपाधि अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुषमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो क्वाटरमा आर्मी १४–१२ ले अघि रहेको […]

April 17, 2019

ब्याडमिन्टन खेलाडी ईरफानलाई पितृशोक

दाङ (हाम्रो खेलकुद) – ब्याडमिन्टन खेलाडी ईरफान अन्सारीलाई पितृशोक परेको छ । अन्सारीका पिता नेपालगंज रामबाग निवासी मोहम्मद अहमद अन्सारीको गए राती निधन भएको हो । प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ घोराहीमा भईरहेको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पाँच नम्बर प्रदेशबाट सहभागिता जनाईरहेका थिए । पिताको निधनको खवरले दुखित खेलाडी ईरफान आफ्नो […]

April 16, 2019

फुल कन्ट्याक्ट कराते सुरु

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि नेपालगन्जस्थित महेन्द्र क्याम्पसमा सुरु भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै तौलसमूहमा सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी छन् । सेमिफाइनल र फाइनल बुधबार हुनेछ ।

April 16, 2019

बुद्धिचालमा सुजनालाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको महिलामा सुजना लोहनीले स्वर्ण जितेकी छन् । एक खेल अगावै सुजनाले स्वर्ण पक्का गरेकी हुन् । सुजनाले नवौं चरणको खेल खेल्न बाँकी छ । अन्य पदकको भने टुंगो लाग्न बाँकी छ । खुलामा आठौं चरणको खेल सकिँदा प्रहरीका पुरुषोत्तम चौलागाईं, आर्मीका सचिन महर्जन र प्रहरीका मनीष हमालले समान […]

April 16, 2019

कबड्डी : आर्मी र प्रदेश ५ भिड्ने

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुषमा आर्मी र प्रदेश ५ उपाधिका लागि भिड्ने भएका छन् । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको सेमिफाइनलमा आर्मीले गण्डकीलाई ३८–२१ तथा प्रदेश ५ ले एपीएफलाई ३५–२८ ले पराजित गरे । महिलामा आर्मी र प्रहरी फाइनलमा पुगे । आर्मीले सुदूरपश्चिम प्रदेशलाई ४९–१७ तथा प्रहरीले प्रदेश ५ लाई ३४–२४ ले […]

April 16, 2019

जुडो: मिक्स टिममा आर्मीलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए । एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि […]

April 16, 2019

बास्केटबलमा प्रदेश ३ दोहोरो उपाधिनजिक

घोराही (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बास्केटबको पुरुष÷महिला दुवैमा प्रदेश ३ फाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भइरहेको प्रतियोगिताको पुरुषमा प्रदेश ३ ले प्रदेश ४ लाई ९३–६३ ले पराजित ग¥यो । प्रदेश ३ को जितमा विनोद श्रेष्ठले २० अंक योगदान गरे । फाइनलमा प्रदेश ३ को भेट आर्मीसंग हुनेछ । अर्को सेमिफाइनलमा आयुश सिंहको […]

April 16, 2019

हक्की: प्रहरी र आर्मी फाइनलमा भिड्ने

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत पुरुष हक्कीमा प्रहरी र आर्मी मंगलबार फाइनलमा प्रवेश गरेका छन् । प्रहरीले सुदूरपश्चिम प्रदेशलाई सडन डेथ (५–४) ले पराजित ग¥यो । आर्मीले प्रदेश ५ लाई टाइब्रेकरमा ४–२ गोलले हरायो । निर्धारित ६० मिनेटको दुवै सेमिफाइनल १–१ को बराबरीमा सकिएको थियो । महिलातर्फ भएको एक मात्र खेलमा प्रदेश २ र प्रदेश […]

Success

Thank you for your time.