default_image

राष्ट्रिय खेलकुद

April 17, 2019

पुरुष फुटबल : एपीएफ र प्रदेश ५ विजयी

नेपालगन्ज (हाम्रो खेलकुद) – बाँकेको खजुरास्थित डीगाउँमा भएको पुरुष फुटबलमा ५ नम्बर प्रदेश र एपीएफ विजयी भएका छन् । पहिलो खेलमा ५ नम्बर प्रदेशले गण्डकी प्रदेशलाई २–१ गोलले पराजित ग¥यो । खेलमा अग्रता भने गण्डकीले लिएको थियो । गण्डकीका टीकाराज गुरुङले २६औं मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । ३६औं मिनेटमा विनोद केसीले गोल […]

April 17, 2019

फुल कन्ट्याक्ट कराते : रुपक र मन्जु पहिलो

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले […]

April 17, 2019

बुद्धिचाल : पुरुषोत्तम पहिलो

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय बुद्धिचालको खुलामा प्रहरीका पुरुषोत्तम चौलागाईं पहिलो भएका छन् । प्रहरीका मनीष हमाल दोश्रो तथा आर्मीका सचिन महर्जन तेश्रो भए । नौ चरणको खेलमा तीनै खेलाडीले समान ७–७ अंक जोडेपनि हेड टु हेडका आधारमा शीर्ष तीन स्थान छुट्टाइएको हो । मनीषले पुरुषोत्तम र सचिन दुवैसंग बराबरी खेलेका थिए भने सचिन […]

April 17, 2019

आर्मीलाई दोहोरो उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय कबड्डीको पुरुष/महिला दुवैको उपाधि आर्मीले जितेको छ । सातौं राष्ट्रिय खेलकुदमा पनि पुरुष/महिला दुवैमा च्याम्पियन बनेको थियो । बर्दियाको बाँसगढी कबड्डी एकेडेमीमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई ४२–२१ ले पराजित ग¥यो । महिला फाइनलमा आर्मीले अर्को विभागीय टोली प्रहरीलाई ३६–२१ ले हरायो । चैत ३० गतेदेखि सुरु […]

April 17, 2019

गल्फमा टंक र प्रतिभालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय गोल्फमा टंकबहादुर कार्की र प्रतिभा राईले स्वर्ण जितेका छन् । व्यक्तिगत स्पर्धाको पुरुषमा टंक र महिलामा प्रतिभा पहिलो भएका हुन् । गोकर्ण गोल्फ क्लबमा भएको प्रतियोगिताको पुरुषमा शुक्रबहादुर राई दोश्रो तथा निरज तामाङ तेश्रो भए । महिलामा कश्मिरा शाहले रजत तथा तारा कार्कीले कांस्य जिते । शीर्ष तीन स्थान […]

April 17, 2019

हक्कीमा आर्मीलाई स्वर्ण

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष हक्कीमा नेपाल आर्मी बुधबार च्याम्पियन बनेको छ । नेपालगन्जस्थित मंगलप्रसाद माविमा भएको फाइनलमा आर्मीले हक्कीमा पहिलो पटक टिम सहभागी गराएको प्रहरीलाई पेनाल्टी सुटआउटमा ४–१ गोलले पराजित ग¥यो । पेनाल्टीमा आर्मीबाट नरेन्द्र अधिकारी, प्रदीप राजवंशी, अमितकुमार श्रीवास्तव र दीपेन्द्र ऐरले गोल गरे । प्रहरीका केशवराज जोशीले मात्र गोल […]

April 17, 2019

भलिबलः आर्मी र गण्डकीलाई दोहोरो सफलता

नेपालगन्ज (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुद अन्तर्गत भलिबलमा विभागीय त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले दोहोरो सफलता हात पारेका छन् । बुधबारदेखि सुरु भएको भलिबलमा आर्मी र गण्डकीले पुरुष र महिलामा दोहोरो जित हात पारेको हो । यस्तै नेपाल पुलिस क्लबले पनि दोहोरो सफलता हात पार्यो । बाँकेको खजुरामा भएको पुरुषतर्फको खेलमा आर्मीले प्रदेश […]

April 17, 2019

रत्न र नङशल क्वार्टरफाइनलमा

दाङ (हाम्रो खेलकुद)– ब्याडमिन्टनका शीर्ष वरियताका त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष एकलको क्वार्टरफाइनलमा पुगेका छन् । एपिएफका दीपेश धानी र सुदूरपश्चिमाञ्चलका प्रिन्स दाहाल पनि प्रतियोगिताको अन्तिम आठमा पुग्न सफल भएका छन् । ४० औं राष्ट्रिय ब्याडमिन्टनका रुपमा रहेको प्रतियोगितामा रत्नले एपिएफका गौतम कठायतलाई २१– ७, २१ – ९ ले हराए […]

April 17, 2019

बास्केटबलमा आर्मी र पुलिसलाई स्वर्ण

दाङ (हाम्रो खेलकुद)– आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बास्केटबलको उपाधि विभागिय टोलीले जितेका छन् । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फको उपाधि अर्को विभागिय टोली नेपाल पुलिस क्लबले जितेको छ । दाङको घोराहीमा भएको प्रतियोगिताको पुरुषमा आर्मीले प्रदेश ३ लाई ७६–५८ ले पराजित गर्दै स्वर्ण जितेको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो क्वाटरमा आर्मी १४–१२ ले अघि रहेको […]

April 17, 2019

ब्याडमिन्टन खेलाडी ईरफानलाई पितृशोक

दाङ (हाम्रो खेलकुद) – ब्याडमिन्टन खेलाडी ईरफान अन्सारीलाई पितृशोक परेको छ । अन्सारीका पिता नेपालगंज रामबाग निवासी मोहम्मद अहमद अन्सारीको गए राती निधन भएको हो । प्रदेश ५ मा आयोजित आठौं राष्ट्रिय खेलकुद अन्तरगत दाङ घोराहीमा भईरहेको ४०औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पाँच नम्बर प्रदेशबाट सहभागिता जनाईरहेका थिए । पिताको निधनको खवरले दुखित खेलाडी ईरफान आफ्नो […]

Success

Thank you for your time.