October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा सुदुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । लामाचौरस्थित गोस्टेघाट खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णालीलाई ५–३ ले पराजित गरेको हो । ३८औं मिनेटमा कर्णालीका करण रावतले आत्मघाती गोल गरेपछि सुदुरपश्चिम १–० को अग्रतामा रह्यो । पहिलो हाफमा १–० ले रोकिएको खेलको दोस्रो हाफमा […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष ह्यान्डबलमा गण्डकी प्रदेश पुरुष ह्यान्डबलको फाइनलमा स्थान बनाएको छ । गण्डकीले लुम्बिनीलाई ५४–२१ गोलअन्तरले पराजित गर्दै फाइनल पुगेको हो । गण्डकीका चन्द्र थापाले सर्वाधिक १८ गोल गरे ।अर्को सेमिफाइनलमा आर्मीले अर्को विभागीय टोली एपीएफलाई २७–२२ ले हराउँदै फाइनलमा स्थान बनायो । एपीएफका सन्दीप कार्कीले सर्वाधिक ७ गोल […]
October 14, 2022
तनहुँ (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुदमा अन्तर्गत तनहुँमा भएको महिला बास्केटबल प्रतियोगितामा विभागीय त्रिभुवन आर्मी क्लबले विजयी शुरूवात गरेको छ । आर्मीले मधेश प्रदेशलाई ७१–१३ को फराकिलो अन्तरमा पराजित गरेको हो । पहिलो क्वाटरमा २२–० को फराकिलो अग्रता लिएको आर्मीले दोस्रो क्वाटरमा पनि २२–६ को अग्रता लिदै फराकिलो जिततर्फ अग्रसर बन्यो । तेस्रो क्वाटरमा […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – झन्डै ४० वर्षपछि पोखरामा फर्किएको नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको छ । पोखरा रंगशालामा शुक्रबार साँझ उपराष्ट्रपति नन्दबहादुर पुनले ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारा रहेको नवौंको उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक उद्घाटनको घोषणा गरे । नेपाली खेलकुदको इतिहास बोकेको राष्ट्रिय खेलकुद आयोजनाको जिम्मेवारी फेरि […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय टेनिस प्रतियोगिता शुक्रबारदेखि पोखरा रंगशालास्थित टेनिस कोर्टमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच प्रतियोगिताको शुभारम्भ गरे । टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोली सहभागी छन् । पुरुष/महिला सिंगल्स, डबल्स, टिम र […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीतर्फ शुक्रबार चार खेल सम्पन्न भएका छन् । हेम्जाको गौरीशंकर खेलमैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकी र सुदुरपश्चिम प्रदेश १–१ गोलको बरावरीमा रोकिएका छन् । खेलको दोश्रो मिनेटमा महेश नेपालीले गोल गर्दै सुदूरपश्चिमलाई १–० को अग्रता दिलाएका थिए भने ५२ औं मिनेटमा गण्डकीका पवन परियारले […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोेेलीका मिडल ब्लकर प्रेम कुमालले खुट्टा भाँचिएपछि नवौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा बागमती प्रदेशविरुद्ध भएको खेलमा प्रेमले चोट बोकेका थिए । खेलको तेस्रो सेटमा उनको देव्रे खुट्टामा चोट लागेको थियो । उनी कोर्टमा लड्दा आफ्नै टोलीका खेलाडी उनीमाथि लडेका थिए […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुभाष तामाङले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फ एकलतर्फ अग्रता लिएका छन् । पोखरास्थित हिमालयन गल्फ कोर्षमा १३ अौं सागमा दोहोरो स्वर्ण विजेता सुभाषले बागमती प्रदेशका सद्भाव आचार्यलाई दुई स्ट्रोकले पछि पारे । पार ६९ को कोर्षमा सुभाषले १ अन्डर ६८ स्कोर बनाए । सद्भाव १ अोभर ७० स्कोरका […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा एपिएफले प्रदेश १ माथि ७-१ को सहज जित दर्ता गरेको छ । फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले ६ गोल गरेपछि एपिएफले सहज जित आत्मसात गरेको हो । पहिलो हाफको ३५ मिनेटसम्म प्रदेश १ ले १-१ को बराबरीमा खेल राखेपनि साम्बासामु प्रदेश १ को केही […]
October 14, 2022
पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न फेन्सिङमा समान ५ स्वर्ण, रजत र कांस्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्य पदकसाथ एपिएफ तेश्रो भयो । सुदूरपश्चिम प्रदेशले १ स्वर्ण […]