default_image

राष्ट्रिय खेलकुद

October 15, 2022

पौडीमा डंगोललाई तीन स्वर्ण, तेन्जिङको राष्ट्रिय कीर्तिमान

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पौडीतर्फ एनआरएनएकी एस्ली सापकोटा डंगोलले तीन स्वर्णपदक जितेकी छन् । पोखरास्थित फिस्टेल एकेडेमीको सर्ट कोर्समा शनिबार डंगोलले तीन स्वर्ण हात पारेकी छन् । डंगोलले महिला ५० मिटर बटरफ्लाई, १०० मिटर फ्री स्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन्। उनले ५० मिटर बटरफ्लाईमा ३० सेकेन्डको समय […]

October 15, 2022

नवौं गल्फमा सुभाषलाई स्वर्ण, बागमतीको दुवै टिम च्याम्पियन

पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सुभाष तामाङले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत गल्फको एकलतर्फ स्वर्ण पदक जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको अन्तिम दिनको प्रतिस्पर्धामा सुभाषले बागमतीका सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि पार्दै स्वर्ण जिते । प्रदेश नं १ का युवराज भुजेलले कास्य पदक जिते । सुभाषले समग्रमा १ अन्डर […]

October 15, 2022

गौरिकाले अस्वस्थताका कारण २ इभेन्ट छाडिन्

पोखरा (हाम्रो खेलकुद)– अस्वस्थताका कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शनिबारको आफ्ना दुई इभेन्टबाट नाम फिर्ता लिइन् । पौडीको पहिलो दिन विहान गौरिकाले १ सय मिटर फ्रिस्टाइलको हिटमा भाग लिएकी थिइन् । उनी फाइनल राउन्डका लागि छनोट भएकी थिइन् । त्यसपछि स्वास्थ्य खराबपछि पनि […]

October 15, 2022

ह्यान्डबलबाट गण्डकीलाई पहिलो स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत ह्याण्डबलबाट घरेलु टोली गण्डकी प्रदेशले पहिलो जितेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यी कभर्डहलमा शनिबार भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण जितेको छ । आठौंमा पनि गण्डकीले स्वर्ण जितेको थियो । एपीएफले लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जित्यो । महिला ह्यान्डबलमा आर्मी […]

October 15, 2022

महिला भलिबल – आर्मी र प्रदेश १ को जित

बेनी (हाम्रो खेलकुद) – नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र प्रदेश १ विजयी भएको छ । आर्मीले कर्णाली प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकालेको हो । एक पक्षीय खेलमा आर्मीले २५–१२, २५–१३ र २५–१२ को सहज जित निकाल्यो । आर्मीकी संगम महतो खेलको वुमन अफ […]

October 15, 2022

आर्मीका राजेशलाई साइक्लिङको डाउनहिलमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत साइक्लिङको डाउनहिल विधामा पुरुष र महिलात दुवैतर्फको स्वर्ण विभागीय त्रिभुवन आर्मी क्लबले जितेका छन् । पुरुषतर्फ राजेश मगरले १४ सय मिटरको दुरी रहेको डाउनहिल १ मिनेट ४९‍.१० सेकेण्डमा पुरा गर्दै बिजेता बन्दै स्वर्ण जितेका हुन् । बागमती प्रदेशका निरभ श्रेष्ठले १ मिनेट ५२.१० […]

October 15, 2022

नवौं राष्ट्रिय खेलकुदको करातेमा १० टोलीले मात्र खेल्दै

पोखरा (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेमा १० टोलीका खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । पर्वतको कुस्मामा शनिबार सुरु भएको करातेमा गैर आवासिय नेपाली संघ (एनआरएनए) का खेलाडीले आयोजनास्थल नपुगेपछि १० टोलीका खेलाडीले मात्र प्रतिस्पर्धा गर्न लागेका हुन् । अब ७ प्रदेश, ३ विभाग त्रिभुवन आर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी गरि १० टोलीका खेलाडीबीच […]

October 15, 2022

पुलिस समूह विजेता बन्दै क्वाटरफाइनलमा

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबलमा लगातार दोस्रो जित निकाल्दै समूह विजेता बनेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै समूह विजेता बनेर अन्तिम आठमा पुग्न सफल भएको हो । एकपक्षीय खेलमा पुलिसले […]

October 15, 2022

डुवानाले गौरिकाको कीर्तिमान तोडिन्

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी डुवाना लामाले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी च्याम्पियनसिपममा राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । पोखराको वीरौटास्थित फिसटेल एकेडेमीको पौडी पोखरीमा भएको प्रतियोगितामा आर्मीकी डुवाना लामाले आफ्नो नाममा नयाँ राष्ट्रिय किर्तिमान बनाउन सफल भईन् । उनले २०० मिटर ब्यक्तिगत मिड्लेतर्फ गौरिका सिंहले नेपालगंजमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा कायम गरेको […]

October 15, 2022

नासिरलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले नवौं राष्ट्रिय खेलकुद अन्तरगत २२औं राष्ट्रिय पौडी च्याम्पियनसिपममा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका छन् । फिस्टेल एकेडेमीको सर्ट कोर्समा नासिरले १५ सय मिटिर फ्रिस्टाइलमा काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) मा कायम गरेको १७ मिनेट ४९.९५ सेकेन्ड समयमा सुधार गर्दै १६ मिनेट ५०.२१ सेकेन्डसहित […]

Success

Thank you for your time.