October 17, 2022
नवलपुर (हाम्रो खेलकुद) – विभागिय टोली नेपाल आर्मीले सेपाकताक्रोमा थप एक स्वर्ण पदक हात पारेको छ ।पूर्वी नवलपरासीको कावासोतीमा सन्चालन भई रहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको सेपाकताक्रोमा आर्मीले सोमकार थप एक स्वर्ण पदक हात पारेको हो । सेपाकताक्रोको रेगु विधा अन्र्तगत विभागिय टोली नेपाल आर्मीले गण्डकी प्रदेशको महिला टिमलाई टिमलाई २–० को सोझो सेटमा […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद)– एसोसिसएसन अफ इन्टरनेसनल म्याराथन्स एन्ड डिस्टेन्स रेसेस (एम्स) बाट आधिकारिकता पाएको पोखरा म्याराथनको रुट पोखरामा जारी नवौं राष्ट्रिय खेलकुदको एथलेटिक्स अन्तर्गत म्याराथनका लागि प्रयोग नहुने भएको छ । एम्सले विश्वभरकै म्याराथन रुटको मापन गर्दै मान्यता प्रदान गर्छ । विश्व एथलेटिक्सको सर्वोच्च निकायले पनि एम्सको रुटलाई आधार मान्दै अन्तर्राष्ट्रिय कीर्तिमानलाई मान्यता दिँदै आएको […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सोमबार पुरुष भलिबलमा लिग चरणका खेल सकिएसँगै प्रदेश १ र सुदूरपश्चिम प्रदेश क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशाला भलिबल कोर्टमा सोमाबार भएको खेलमा प्रदेश १ ले मधेश प्रदेश र सुदूरपश्चिमले गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । तुलनात्मक रुपमा […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार रग्बीका लिग चरणका १२ खेलहरु सम्पन्न भएका छन । पुरुषतर्फका खेलहरुमा विभागीय टिम नेपाल पुलिसले सुदुरपश्चिम प्रदेशलाई १०–० ले पराजित गरेको छ भने नेपाल आर्मीले प्रदेश १ लाई २६–० ले पराजित गरेको छ । यस्तै गण्डकी प्रदेशले सुदुर पश्चिम प्रदेशलाई १५–७ अंकले पराजित गर्न सफल […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सान्सौतर्फ २४ खेल सम्पन्न भएका छन् । पुरुषतर्फ १६ र महिलातर्फ ८ खेलाडी क्वाटरफाइनल प्रवेश गरेको कास्की जिल्ला उसु संघका वरिष्ठ उपाध्यक्ष वीरन्द्र गहतराजले जानकारी दिए । महिला ४८ केजीमा सशस्त्र प्रहरीकी गौरी घर्तीमगर र सुदूर पश्चिम प्रदेशकी अस्मिताकुमारी गाहामगर क्वाटरफाइनलमा पुगेका छन् । उनीहरुले क्रमशः […]
October 17, 2022
गोरखा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्णपदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा लोहनीले क्लासिक चरणका सवै ९ खेल सम्पन्न हुँदा सवै खेलमा जित निकाल्न […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – आर्मीका कमलबहादुर अधिकारीले पुरुष ६७ केजी तौल समूहमा स्वर्ण जित्न सफल भएका छन् । ओलम्पियन कमलले स्नाचमा ९५ केजी क्लिन एण्ड जर्कमा १३० केजी गरि कुल २२५ केजी भार बहन गर्दै स्वर्ण जितेका हुन् । आर्मीकै मुक्तिराम घलेले स्नाचमा ९० केजी, क्लिन एण्ड जर्कमा ११९ गरि कुलमा २०९ केजी भारका साथ […]
October 17, 2022
पोखरा (हाम्रो खेलकुद) – शारीरिक सुगठनमा आर्मीले ५९ अंकका साथ टिम च्याम्पियन बन्न सफल भएको छ । पोखरास्थित सभागृहमा सोमबार ६ स्वर्णका लागि भएको प्रतियोगिताको ८० केजी तौलमा नेपाली सेनाका ललित धिमालले स्वर्ण जिते । एपिएफका राकेश श्रेष्ठले रजत तथा पुलिसका रत्न सुन्दर नायकुसीले कास्य जिते । ८० केजी माथिको तौल समूहमा आर्मीका उमेश राईले […]
October 17, 2022
फेयर प्ले प्रकाश तिमल्सिना, पोखरा पोखरा बुद्ध चोकका सुमन हमालले नवौं राष्ट्रिय खेलकुदको तेस्रो दिन मात्र पोखरा रंगशाला टेकेका थिए । बुद्ध चोकस्थित उनको निवास र पोखरा रंगशालाको दूरी मुस्किलले ५ सय मिटर छ । चिनजानका केहि खेल पत्रकारले आफू पोखरा रिर्पोटिङका लागि आएको सुनाएपछि मात्र सुमनले नवौंका बारेमा जानकारी पाएका हुन् । त्रिभुवन आर्मी […]
October 17, 2022
म्याग्दी (हाम्रो खेलकुद) – बागमती प्रदेश, नेपाल पुलिस क्लब र गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । म्याग्दीको बेनीस्थित खुल्ला मञ्चमा सोमबार भएको क्वाटरफाइनलमा आ–आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै अन्तिम चारमा स्थान तय गरेका हुन् । दोस्रो क्वाटरफाइनलमा बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा एपिएफसँगको भेट […]