default_image

राष्ट्रिय खेलकुद

October 18, 2022

आर्मी पुरुष फुटबलको फाइनलमा

पोखरा ( हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलमा परिवर्तित खेलाडी सुदिल राई नायक बन्दा आर्मीले जित हासिल गरेको […]

October 18, 2022

जयरानीलाई लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला लङजम्पमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमान बनाएर स्वर्ण जितेकी हुन् । उनले यसअघि गत असारमा निशा चौधरीले राखेको कीर्तिमानलाई भंग गरेकी हुन् । निशाले गत असारमा ५.४७ […]

October 18, 2022

नवौं राष्ट्रिय खेलकुद – महिला म्याराथनमा वृन्द्रालाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी वृन्द्रा धनके श्रेष्ठले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला म्याराथनमा स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार वृन्द्राले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा ५७ मिनेट २३ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । आर्मीकी विश्वरुपा बुढाले ३ घन्टा ००.३५ सेकेन्डमा दुरी पार गर्दै रजत जितिन् । […]

October 18, 2022

गण्डकीका अनिषलाई म्याराथनमा स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका अनिष थापा मगरले नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष म्याराथनमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा आर्मीका धावक कृष्ण बस्नेतलाई पछि पार्दै अनिषले स्वर्ण जित्न सफल भएका हुन् ।उनले निर्धारित (४२.१९५ किलोमिटर) दुरी २ घन्टा २२ मिनेट ५४ सेकेन्डमा पूरा गरे । आर्मीका कृष्णाले २ घन्टा २३ मिनेट […]

October 18, 2022

पुरुष फुटबल : विवादित खेलमा म्याच कमिस्नर नै अनुपस्थित

पोखरा (हाम्रो खेलकुद) – लामाचौर स्थित गोस्ते खेल मैदानमा गैर आवासीय नेपाली संघ (एनआरएन) ले ७ खेलाडी नै मैदानमा उत्रिन तयार थियो । तर गण्डकीका खेलाडीले खेल्न नमानेपछि खेल रद्द गर्नु परेको थियो । रद्द भएको खेलको निर्णय गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकीलाई ३ अंक दियो । गण्डकी ३ अंक पाउँदै समूह ‘ए’ […]

October 18, 2022

एपिएफकी रमितालाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी रमिता कुमारी थारुले नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला ४ सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी छिन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको महिला स्पर्धामा रमिताले निर्धारित दुरी ५८.१० सेकेन्डमा पुरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्न सफल भएकी हुन् । उनले सन् २०१९ मा […]

October 18, 2022

३२ वर्ष पूरानो कीर्तिमान तोड्दै सोमलाई स्वर्ण

पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मीका क्लबका सोम बहादुर कुमालले ३२ वर्ष पुरानो कीर्तिमान तोड्दै पुरुष ४ सय मिटर दौडमा स्वर्ण जितेका छन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा मंगलबार भएको नवौं राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ४ सय मिटर स्पर्धामा सोमले निर्धारित दुरी ४७.९५ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका हुन् । सोमले […]

October 18, 2022

आर्मी पदक तालिकाको शीर्षस्थानमै

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय राष्ट्रिय खेलकुद प्रतियोगिताको चौथो दिन सकिदा विभागीय त्रिभुवन आर्मी क्लबले पदक तालिकामा आफ्नो शीर्षता यथावत राखेका छन् । आँफुले सहभागिता जनाएको हरेक खेलमा पकड जमाएको आर्मी शारीरिक सुगठन र फेन्सिङमा सर्वाधिक स्वर्ण जित्दै टिम च्याम्पियन बनिसकेको छ । एथ्लेटिक्स, पौडीलगायतका खेलकापनि आर्मीले बर्चस्व जमाएको छ । […]

October 17, 2022

आर्चरीको फाइनल स्पर्धा मंगलबारदेखि

पोखरा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरी खेलतर्फका फाइनल प्रतिस्पर्धा मंगलबारदेखि सुरु हुँदैछन् । सोमबारका खेलहरुबाट कम्पाउण्ड मेन सिंगल र वुमन सिंगल, रिकर्भ मेन सिंगल र रिकर्भ वुमन सिंगल तथा स्टाण्डर्ड मेन टीम र वुमन टीमको फाइनल समिकरण तयार भएको छ । कम्पाउण्ड मेन सिंगलतर्फ गण्डकीका जागृत गुरुङ र गण्डकीकै ख्यामबहादुर क्षेत्री फाइनल […]

October 17, 2022

महिला फुटबलको सेमिफाइनलमा आर्मी र एपीएफ तथा पुलिस र प्रदेश १ ले खेल्ने

स्याङ्जा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबल प्रतियोगिताको सेमिफाइल समिकरण पूरा भएको छ । सोमबार एपीएफले गण्डकी प्रदेशलाई तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई पराजित गरेसँगै सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो । सोमबार स्याङ्जाको वालिङमा भएको महिला फुटबलमा एपीएफले गण्डकी प्रदेशलाई ५–० को गोलले पराजित गर्न सफल भयो । खेलको दोस्रो […]

Success

Thank you for your time.