July 27, 2017
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको तयारी रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार ट्रयाक्स सुट वितरण गरेको छ । मिसन १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टोलीमा रहेका १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक ट्रयाक्स सुट र क्याप वितरण गरिएको राखेपले जनाएको छ । फागुन […]
July 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:
June 15, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली खेलकुद विकासमा टेवा पुर्याउने उद्देश्यका साथ स्थापना भएको शीरिष फाउन्डेसनसँग ह्याम्स हस्पिटल प्रा.लीले खेलाडीको स्वास्थ्य उपचारमा सहकार्य गर्ने भएको छ । पहिलो चरणमा प्रतिभावान खेलाडीलाई छात्रबृति दिएर स्थापनाको पहिलो बर्षमै काम अघि बढाएको शीरिष फाउन्डेसनले छात्रबृति दिएका खेलाडीलाई ह्याम्सले निशुल्क स्वास्थ्य सेवा दिने सहमति भएको छ । शीरिष फाउन्डेसनका अध्यक्ष ओलम्पियन […]
June 11, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता निमा घर्ती मगर नगदसहित सम्मानित भएकी छन् । मार्सल आर्ट अर्गनाइजेसन, नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगिताको समापनको अवसरमा आइतबार निमालाई सम्मान गरिएको हो । काभ्रे जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष प्रदीप बोगटीले निमालाई व्यक्तिगत ५० हजार रुपैयाँ प्रदान गरी […]
February 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– फुटबलका नवयुग श्रेष्ठ, पौडीकी गौरिका सिंह, जुडोकी फुपुल्हामु खत्री, उसुकी निमा घर्तीमगरसहित विभिन्न २२ खेलका खेलाडी एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडीबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले फागुन १७ गते राजधानीमा एनएनआइपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ आयोजना गर्दै सम्मान गर्ने जनाएको छ । पछिल्लो एकदशक यता नेपाली खेलाडीको […]
March 5, 2016
काठमाडौं, फागुन २२ १२औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्णधारी निमा घर्तीमगरसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्ने मगर खेलाडीहरु शनिबार सम्मानित भएको छ । मगर समाज सेवा समितिले शनिबार ललितपुरको टिकाथलीमा एक कार्यक्रम गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने मगर खेलाडीलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा १२औं दक्षिण एसियाली खेलकुद(साग)की स्वर्णधारी निमासहित आठौं सागमा स्वर्ण पदक […]
February 10, 2016
गुहावटी माघ २७ बाहौ दक्षिण एशियाली खेलकुदमा उशुतर्फ रजत पदक बिजेता झरना गुरुंगले उशु खेलबाट सन्यास लिएको बताएकी छिन् । १२ औं दक्षिण एशियाली खेलकुद आफ्नो अन्तिम खेल भएको जनाउदै अब आफु खेलाडीका रुपमा उशु को एरीनामा नउत्रने बताएकी हुन् । उनले आफु खेलाडीका रुपमा नभए पनि प्रशिक्षक लगायत अन्य क्षेत्र मार्फत उशुमा भने सदैब […]
February 10, 2016
गुवाहटी, माघ २७ भारतको गुवाहटी र सिलोङमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले छैठौं दिन आज ६ रजत पदक जितेको छ । सिलोङमा बुधबार भएको उसुको थाउलोतर्फ २ रजत र सान्सुतर्फ ४ रजत गरी नेपालले ६ रजत पदक जितेको हो । नेपालका लागि हरिप्रसाद गोले, सविता राई, विन्दु पुन मगर र राजेश चौधरी, […]
February 10, 2016
सिलोङ, माघ २७ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) को छैटौं दिन उसुमा दुई रजत थपिएको छ । नेपालका लागि हरिप्रसाद गोले र सविता राईले उसु अन्तर्गत थाउलो स्पर्धामा रजत जितेका हुन् । मंगलबार ९.०१ अंक प्राप्त गरेका गोलेले बुधबार समान ९.०१ अंक नै प्राप्त गर्दै कुल १८.०२ अंकसहित रजत पदक जितेका हुन् […]
February 7, 2016
काठमाडौं, माघ २४ पदकको आशा गरिएको उसुमा नेपाली खेलाडी विजय सिन्जाली र सुस्मिता तामाङले आइतबार रजत पदक जितेका छन् । थाउलोअन्तर्गत छाङ छ्वानको पुरुषमा विजय र महिलामा सुस्मिताले रजत जिते । सिलोङस्थित आसम राइफल्स इन्डोर स्टेडियममा विजय पहिलो भएका श्रीलंकाली खेलाडी पीएलएच लाक्सानसंग झीनो अंक अन्तरले पछि पर्दै रजतमा सीमित हुनु प¥यो । विजयले ८.८० अंक […]