June 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उसुका राष्ट्रिय खेलाडी विरमान लामाको निधन भएको छ । काभ्रेपलान्चोकको बेथानचोकस्थित निवासमा उनी आईतबार विहान मृत अवस्थामा फेला परेका थिए । २६ वर्षीय वीरमान कोरोनाका कारण सबै खेल गतिविधि रोकिएपछि गाउँ फर्केका थिए । पारिवारिक स्रोतका अनुसार अघिल्लो दिन फुटबल खेलेर खान खाएपछि सुतेका उनी विहान ओछ्यानमा मृत अवस्थामा फेला परेका […]
June 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । नगरसभाका क्रममा बुधबार सागका पदक विजेता निकेश श्रेष्ठ र प्रशिक्षकद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई नगदसहित सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए । गत वर्ष […]
June 11, 2020
काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा दोहोरो स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ नेपाल प्रहरीको ड्युटीमा खटिएका छन् । हवल्दारसमेत रहेका मन्डेकाजीसहित सागकी अर्की स्वर्णधारी जुनी राईले पनि बिहीबारदेखि नै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तालिम केन्द्र महाराजगन्जमा ड्युटी थालेका हुन् । कोरोना महामारीको त्रासका कारण गएको चैत ११ गतेदेखि […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– उसुले जुनी राईले स्वर्ण पदक जितेकी छिन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसको सान्सो ५६ केजी तौल समूहमा जुनीले स्वर्ण पदक जितेकी हुन् । लगनखेस्थित नेपाली सेनाको कभर्डहलमा भएको प्रतिस्पर्धामा जुनीले श्रीलंकाकी मदुमालीलाई २–० ले हराउँदै स्वर्ण पदक पक्का गरेकी हुन् । जुनियले पहिलो चरणमा भारतीय खेलाडी विद्यावति […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उसु खेलाडी निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बिहीबार स्वर्ण जित्दै लगातार दोस्रो स्वर्ण पदक जित्ने उसु खेलाडीको कीर्तिमान कायम गरिन् । भारतमा भएको १२ औं सागमा पनि निमाले स्वर्ण जितेकी थिइन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै स्वर्ण जितेकी हुन् । […]
December 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) – उसुकी निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी छिन् । यसअघि भारतमा भएको १२ औं संस्करणमा समेत स्वर्ण जितेकी निमा लगातार दुई संस्करणमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी बनेकी छिन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै स्वर्ण […]
October 17, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चीनमा आयोजना हुने १५औं विश्व उसु प्यासिफिक च्याम्पियनसिपमा भाग लिन उसु टोली त्यसतर्फ प्रस्थान गरेको छ । च्याम्पियनसिप चीनको संघाईमा शनिबार सुरु भएर कात्तिक ८ गते सम्म चल्नेछ । च्याम्पियनसिपमा ११ खेलाडीले चुनौति पेश गर्नेछन् । थाउलोतर्फ सुस्मिता तामाङ, निमा घर्तीमगर, विजय सिन्जाली, दिपक हमाल, मिना ग्लान, विश्व बुढामगर, कविता थापा र […]
October 16, 2019
काठमाडौं (हाम्रो खेलकुद)-मित्रराष्ट्र चीनको संघाई शहरमा आयोजना हुने १५औं विश्व उसु प्रतियोगिता नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । असोज ३० देखि कार्तिक ७ गतेसम्म संचालन हुने विश्व च्याम्पियनसिपमा नेपालका ११ जना खेलाडीले प्रतिस्पर्धा गर्ने नेपाल उसु महासंघका महासचिव ल्हाकपा छिरिङ लामाले जानकारी गराएका छन् । ११ खेलाडी सहित ५ जना अफिसियलले सहभागिता जनाउने उक्त […]
July 24, 2019
अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]
June 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – मनमैजु उसु क्वानले दोश्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा मनमैजुले ११ स्वर्ण, ४ रजत र ७ कांस्य जित्यो । नेपाल उसु महासंघको संयोजनामा त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगितामा ८ स्वर्ण, ३ […]