August 31, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि बागमती प्रदेशको टेबलटेनिस खेलाडी छनोट बुधबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । प्रतियोगितामा ६४ पुरुष र ३५ महिला खेलाडीको सहभागिता रहेको काठमाडौं जिल्ला टेबलटेनिस संघका अध्यक्ष समेत रहेका प्राविधिक उपसमितिका संयोजक धर्ममान वज्राचार्यले जनाएका छन् । नकआउट आधारमा हुने प्रतियोगिताबाट समान […]
August 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १२औं र १३औं दक्षिण एसियाली खेलकुद (साग) मा लगातार पदक विजेता उसुका हरिप्रसाद गोले सम्मानित भएका छन् । बुढानीलकण्ठ कुङ्फुले शनिबार विश्व कुङ्फु दिवसका अवसरमा गोलेलाई सम्मान गरेको हो । गोलेले भारतमा सम्पन्न १२औं सागमा रजत र नेपालमै भएको १३औं सागमा थाउलोतर्फ कांस्य पदक जितेका थिए । बुढानीलकण्ठ नगरपालिकास्थित बुढानीलकण्ठको नारायणथान […]
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट […]
October 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । ड्रागनले ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगितामा काठमाडौं उसु क्वान ५ स्वर्ण, ५ रजत र १० कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानको त्रिकोण उसु […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोण उसु क्वानका प्रज्ज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमा बुधबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका लब्सन आले मगर दोश्रो भए । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् । […]
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २० र २१ असोजमा दशरथ रंगशालास्थित मिनि कभर्डहलमा हुनेछ । प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौमा २० र थाउलोमा […]
June 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका काठमाडांै उपत्यकाका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् । महासंघले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो । खेलाडीहरुलाई राहत सामग्री […]
April 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए । भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको […]
March 31, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीको आयोजनामा हुने उसु अवार्डलाई नागरिक बिकास बचत तथा ऋण सहकारी लिमिटेड र यो यो बैंक्युटले प्रायोजन गर्ने भएका छन् । सो सम्बन्धी त्रिपक्षीय सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ । नागरिक बिकासका अध्यक्ष नुनम सुब्बा, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका […]