default_image

तेक्वान्दो

May 1, 2023

चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न २० डोजाङका २ सय ६० पुरुष र २ सय महिला गरी जम्मा ४ सय ६० खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले […]

April 30, 2023

चन्दुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करारा रंगशाला भएको महिला ३० वर्षमुनि एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् । विभिन्न ६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन् । ६.२५ अंकसाथ अस्ट्रेलिया दोश्रो तथा ६.१० अंकसाथ न्युजिल्यान्डका खेलाडी […]

April 22, 2023

अशोकलाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अशोक खड्काले शनिबार जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रजत पदक जितेका छन् । जापानको ओसाकामा भएको प्रतियोगितामा अशोकले पुरुष ४० वर्ष मुनिको ब्लयाकबेल्ट समूहअन्तर्गत पुम्सेतर्फ ६.२७ अङक बनाएर दोस्रो स्थान हात पारेका हुन् । नेपालकै अर्का खेलाडी नन्द विष्टले काश्य पदक जिते । उनले ६.१० अङ्क बनाएका थिए । सो […]

April 19, 2023

खड्का र विष्ट जापान जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तेक्वान्दोका अशोक खड्का र नन्द विष्टलाई बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका छन् । दुवैले जापानको ओसाकामा हुने जापन खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । खड्का र विष्टले ४० वर्षमुनि उमेरसमूहमा पुम्सेमा प्रतिस्पर्धा गर्ने छन् । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक समेत रहेका खड्काले सोही प्रतियोगिताको […]

April 14, 2023

विष्टसहित खेलाडी र खेलकर्मी विभूषित, गौरिकालाई राष्ट्रदीप

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदमा व्यक्तिगत स्पर्धाका सर्वाधिक सफल खेलाडी ओलम्पियन तेक्वान्दोका दीपक विष्टसहित खेलाडी तथा खेलकर्मी शुक्रबार विभूषित भएका छन् । सरकारले संविधान दिवसका अवसरमा गत असोज ३ गते मानपदवी, अलङ्कार र पदकबाट विभूषित हुनेहरुको नाम सार्वजनिक गर्दा खेलाडी र खेलकर्मी पनि समेटिएका थिए । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा खेलकर्मीहरु विभूषित भएका हुन् […]

April 13, 2023

दिलिप स्मृति प्रतिष्ठान च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । प्रतिष्ठानले ९ स्वर्ण, ४ रजत र ४ कांस्यसाग समग्रमा टिम च्याम्पियन बन्दै १५ हजार नगद पुरस्कार प्राप्त ग¥यो । ६ स्वर्ण, ४ रजत र २ कांस्यसाथ लैनचौर दोश्रो भयो । तेश्रो स्थानको […]

April 12, 2023

रोनिशा र कृपालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठानका रोनिशा गौतम र कृपा गौतमले दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगितामा बुधबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको महिला जुनियर २४ केजीमुनि फाइनलमा रोनिशाले डेनेबकी युनिशा राईलाई पराजित गरिन् । जुनियर महिला २२ केजीमुनि फाइनलमा कृपाले ढल्कुकी […]

April 9, 2023

दिलिप स्मृति तेक्वान्दो बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति प्रतिष्ठानको आयोजनामा दोश्रो बागमती प्रदेश स्तरीय तथा छैटौं दिलिप स्मृति तेक्वान्दो प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ८ जिल्लाका करिब २ सय खेलाडीको सहभागिता रहने प्रतिष्ठानका अध्यक्ष राजेन्द्र खत्रीले जनाएका छन् । खत्रीका अनुसार सहभागी जिल्ला र खेलाडी संख्या बढ्न सक्ने छ । प्रतियोगितामा विभिन्न २३ स्पर्धामा […]

March 13, 2023

ओलम्पियन विष्ट र गायक ढकाल सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– सिन्धुपाल्चोकको चौतारमा रहेको जुगल बोर्डिङ स्कुलले ओलम्पियन दीपक विष्ट र गायक रामकृष्ण ढकाललाई सोमबार सम्मान गरेको छ । जुगल बोर्डिङको ३३ औं बार्षिकत्सवको अवसरमा विष्ट, ढकाललगायतलाई सम्मान गरिएको थियो । स्कुलकातर्फबाट सिन्धुपाल्चोकका संघिय सांसद माधव सापकोटाले विष्ट र ढकाललाई सम्मान गरेका थिए । स्कुलका सन्चालक प्रिन्सिपल ओमप्रसाद उप्रेतीले देशका लागि खेल क्षेत्रमा […]

March 12, 2023

कोटेश्वर टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङ प्रथम गोकर्णेश्वर नगरपालिका खुला आमन्त्रित मेयर कप तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । कोटेश्वर ५ स्वर्ण र ३ रजतसहित कुल ८ पदक जितेर आइतबार टिम च्याम्पियन बनेको हो । ५ स्वर्ण र १ रजत हात जितेकाे मूलपानी दाेस्राे भयाे । तेश्रो स्थानको मैजुकुमारी तेक्वान्दो डोजाङले ३ स्वर्ण […]

Success

Thank you for your time.