November 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद (एसियाड) र दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता तेक्वान्दो खेलाडी सविता राजभण्डारी र कांस्य विजेता किशोर श्रेष्ठ शनिबार सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले उनीहरुको सफलताको कदर गर्दै सम्मान गरेको हो । दुबैले साढे दुई दशक अघि एसियाडमा सफलता प्राप्त गरेका थिए । श्रम, रोजगार […]
November 14, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । दीपावली तथा नेपाल सम्वत् ११४४ को अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा पशुपति देवपाटनको पशुपति सिर्जनशील युवा क्लबले लामालाई मंगलबार सम्मान गरेको हो । क्लबका अध्यक्ष एवं कार्यक्रम संयोजक सुमन डंगोल, काठमाडौं क्षेत्र नं. ४ का सांसद गगनकुमार थापा, बागमती […]
November 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले चीनमा भएको चौथो एसियाली पारा खेलकुद अन्तरगत तेक्वान्दोमा ऐतिहासिक कांस्यपदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । सोही अवसरमा टोलीका प्रशिक्षक […]
October 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् । पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । पहिलो खेलमा […]
October 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगत तर्फ बेथानचोकका विष्णु खत्रीले रजत पदक जितेका छन् । अक्टोवर १९ देखि २१ सम्म भएको प्रतियोगितामा बेथानचोक–५ भंगालाका विष्णुले पुम्सेमा रजत पदक जित्न सफल भएका हुन् । त्यस्तै विष्णुसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टोलीले टिम पुम्सेमा कास्य पदक जितेको छ । […]
September 24, 2023
सुबास हुमागाईं, हाङ्गचौ तेक्वान्दोका प्रेमबहादुर लिम्बु नेपाललाई १९ औं एसियाली खेलकुदमा पहिलो पदक दिलाउनबाट चुकेका छन् । लिनान स्पोर्ट्स कल्चर एण्ड एक्जिबिसन सेन्टरमा भएको क्वाटरफाइनलमा फिलिपिन्सका प्याट्रिक किंग पेरेजसँग पराजित भएसँगै उनी पदकबाट बन्चित भएका हुन् । यो खेल जितेको अवस्थामा सेमिफाइनल पुग्दै पदक पक्का हुने भएपनि प्रेम पराजित हुन पुगे । प्रेमले त्यसअघि अन्तिम […]
September 15, 2023
सुनिल गाउँले, भियतनाम भियतनामको दा नाङमा सम्पन्न १९ औं आसिटिओ तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । इन्टरनेशनल क्लब तेक्वान्दो अर्गनाइजेसनले आयोजना गरेको च्याम्पियनसिपमा नेपालका निश्चल धामी र सुदिप नेपालीले रजत पदक जितेका हुन् । निश्चलले ४८ केजी र सुदिपले ४५ केजी तौल समूहमा पदक जितेका हुन् । फाइनल भिडन्तमा निश्चल मलेसिया […]
September 12, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले ११ औं कोरियन एम्बेसडर खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको भोली पल्ट तेक्वान्दोकै केहि खेलाडीले आफूहरुलाई खेल्नबाट बन्चित गराएको आरोप लगाएका छन् । संघले जारी गरेको सुचनाकै आधारमा भदौ ४ गते भन्दा अगाडि नै नाम दर्ता गर्न खोज्दा विभिन्न बहाना गरि नाम दर्ता गर्न नदिएको खेलाडीहरुले आरोप […]
September 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको ११ औं संस्करण भदौ अन्तिम साता काठमाडौंमा हुने भएको छ । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित दक्षिण कोरियाली दुतावासको संयुक्त आयोजनामा हुने प्रतियोगिता भदौ २७ गते देखि ३१ गतेसम्म हुनेछ । प्रतियोगितामा पहिलो पटक भारत र बंगलादेशबाट पनि खेलाडी सहभागी हुँदैछन् । प्रतियोगितामा भारतबाट […]
August 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोको रााष्ट्रिय टोलीका ग्योरोगी खेलाडीले १९ औं एसियाली खेलकुदको अन्तिम तयारी थाइल्यान्डमा गर्ने भएको छ । अर्को महिना चीनको हाङझावमा हुने एसियाडको थप तयारीका लागि टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित टोलीमा १२ सदस्य छन् । टोलीमा महिलामा खेलाडी अन्जली तामाङ (४९ केजी मुनि), आयशा लामा (५३ […]