May 3, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडीले १८ औं एसियाली खेलकुद (एसियाड) को तयारी कोरियामा गर्ने भएको छ । इन्डोनेसियामा भदौमा हुने एसियाडको तयारीका लागि नेपाल तेक्वान्दो संघको पहलमा कोरियामा प्रशिक्षणको व्यवस्था मिलाइएको हो । तेक्वान्दो टोली बिहीबार कोरियातर्फ प्रस्थान गरेको छ । तेक्वान्दो संघ र नेपाल तेक्वान्दो युनियनले छनोट गरेको खेलाडीबीच अन्तिम छनोट गर्नुपर्ने बताउँदै […]
April 30, 2018
दिपक न्यौपाने बुटवल – यदु ज्ञवालीको अध्यक्षतामा ९ सदस्यीय रुपन्देही आइटिएफ तेक्वान्दो सघं तदर्थ समिति गठन भएको छ । बुटवलमा सम्पन्न भेलाले संघको उपाध्यक्षमा दानबहादुर थापा,सुरेन्द्र श्रेष्ठ,सचिवमा कपिल ज्ञवाली,कोषाध्यक्षमा नवराज खरेललाई चयन गर्यो । सदस्यमा दिपक न्यौपाने,प्रकाश खनाल,हेमबहादुर थापा,कृष्ण गौतम रहनुभएको छन् । भेलाले नवराज खरेललाई टेक्निकल प्रमुख, दिपक न्यौपानेलाई प्रेस सल्लाहकार तथा हेमबहादुर थापा […]
April 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालाई स्वागत तथा बधाइ दिएको छ । सोमबार तेक्वान्दो संघले मन्त्री विश्वकर्मालाई सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको बहुउद्देश्यीय भवनमा स्वागत गर्दै बधाइ ज्ञापन गरेको हो । संघका अध्यक्ष प्रकास शम्सेर राणा, उपाध्यक्षत्रय हरिश्वर पोख्रेल, भोजबहादुर शाह र भानुु चन्द लगायतले खेलकुद मन्त्री विश्वकर्मालाई फुलमाला लगाई […]
April 22, 2018
काठमाडौं (हाम्रो खेलकुद)– आफु मातहतमा रहेका खेलाडीले मात्र भदौंमा इन्डोनेसियाको जाकार्तामा आयोजना हुने एसियाली खेलकुद (एसियाड) मा भाग लिन पाउने नेपाल तेक्वान्दो संघले प्रष्ट पारेको छ । तेक्वान्दो संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा दर्ता रहेको अर्को संघ राष्ट्रिय तेक्वान्दो युनियनले पनि एसियाडका लागि खेलाडी छनोट गरेपछि तेक्वान्दोको सहभागितामा अन्यौलता सृजना भएको छ । […]
April 12, 2018
ललितपुर (हाम्रो खेलकुद)– दोस्रो न्युजेन खुला तेक्वान्दो च्याम्पियनसिपमा चुनदेवी क्लब र न्युजेन क्लब टिम च्याम्पियन बनेका छन् । सात स्वर्ण पदक पदकसहित चुनदेवी ग्योरोगीतर्फ टिम च्याम्पियन बन्दा ४ स्वर्णसहित ढल्कु डोजाङ दोस्रो र ३ स्वर्ण पदकसहित गोदावरी फिटनेस तेस्रो भएको छ । पुम्सेतर्फ १३ स्वर्ण पदक जित्दै न्युजेन टिम च्याम्पियन बनेको छ । पुम्सेमा ७ […]
April 4, 2018
काठमाडौं (हाम्रो खेलकुद)– तीन नेपाली खेलाडीले विश्व जुनियर तेक्वान्दो च्याम्पियनसिप र युथ ओलम्पिक छनोटमा प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै प्रतियोगिता ट्युनिसियामा हुने नेपाल तेक्वान्दो संघले जनाएको छ । युथ ओलम्पिक छनोट बिहीबार सुरु हुने बताइएको छ । नेपाली खेलाडी आशया लामाले ४९ केजी तथा कपिल थापाले ५९ केजीमा तथा शैलेश गिरीले ४८ केजीमा प्रतिस्पर्धा […]
March 23, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी १८औं एसियनको तयारीका लागि नेपाली राष्ट्रिय तेक्वान्दो टोली छनोट भएको छ । शुक्रबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको राष्ट्रिय प्रशिक्षण केन्द्रमा भएको छनोटमा ग्यरोगीमा ८ तौल र पुम्सेतर्प २ गरेर कुल १० खेलाडी छनोट गरिएको हो । इन्डोनेसियाको जकार्तामा अगस्ट १८देखि २ सेप्टेम्बरसम्म हुने एसियन गेम्सको विशेष तयारीका लागि खेलाडी छनोट […]
March 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अर्ली चाइल्ड डेभलपमेन्ट सेन्टर (इसिडिसी) प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको च्याम्पियन बनको छ । न्यू जावलाखेल तेक्वान्दो डोजाङदद्वारा आयोजित प्रथम उपत्यकाव्यापी प्रतियोगितामा सहभागी १५ टिमलाई पछि पार्दै इसिडिसी च्याम्पियन बन्न सफल भएको हो । ललितपुर, भक्तपुर र काठमाडौंका १५ टिमका २०० जना खेलाडीबीच सम्पन्न भएको प्रतियोगितामा इसिडिसीले ४ स्वर्ण १ रजतसहित टिम […]
February 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा हुने मलेसिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यसतर्फ प्रस्थान गरेका छन् । बुधबार सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा १० सदस्यीय तेक्वान्दो टोलीलाई बिदाई गरिएको छ । तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास सम्सेर राणा, संघका केन्द्रीय सदस्य नोर्बु लामा, बद्रीप्रसाद घिमिरे र संगिना बैद्य लगायतले […]
February 16, 2018
काठमाडौं (हाम्रो खेलकुद) – बनेपा नगरपालिका, काभ्रे र मोर्डन कलेज भक्तपुरले तेक्वान्दो आइटिएफ नेपालका पदक जित्न सफल पाँच खेलाडीलाई सम्मान गरेको छ । बनेपा नगरपालिका र मोर्डन कलेजले तेक्वानदो आइटिएफ नेपालको संयोजनमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तेक्वान्दो खेलाडीहरु सस्मन बस्नेत, विविका बस्नेत, आषिश थापा, शान्ताकुमार थापा मगर र निशान्त लामिछानेलाई सम्मान गरेको हो […]