default_image

तेक्वान्दो

April 7, 2019

निर्णायक अशोक टोकियोका लागि छानिए

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पक गेम्सको प्रशिक्षण शिविरका लागि नेपालबाट अन्तर्राष्ट्रिय निर्णायक तेक्वान्दोका अशोक खड्का छनोट भएका छन् । नेपालबाट छनोट हुने अशोक एक्लो निर्णायक हुन् । विभिन्न राष्ट्रका निर्णायक सहभागी हुने शिविर मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ । शिविरबाट अन्तिम ५२ निर्णायकको छनोट गरिने छ । उनीहरुले टोकियो २०२० […]

April 5, 2019

तेक्वान्दोको प्रशिक्षण शिविर सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दोको तत्वाधानमामा युके स्पोर्टस् र जिबी तेक्वान्दोको सहयोगमा तेक्वान्दो विकास साझेदारी प्रोजेक्ट नेपाल अन्तरगत तेक्वान्दो प्रशिक्षण क्याम्प सम्पन्न भएको छ । ललितपुर स्थित तेक्वान्दो एकेडेमी हलमा अप्रिल १ देखि संचालन भएको उक्त टेनिङ्ग क्याम्पमा प्रशिक्षणमा केन्द्र, प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बलका ५० जना खेलाडीहरु सहभागी भएका […]

March 29, 2019

नेपाली पारा तेक्वान्दो खेलाडीलाई जापानी सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – जापानको मिकी सिटी महानगरपालिकाले नेपालको पारा तेक्वान्दो खेलाडीलाई प्रशिक्षणमा सहयोग गर्ने भएको छ । अर्को वर्ष (सन् २०२०) जापानमा आयोजना हुन लागेको टोकियो ओलम्पिकलाई मध्यनगर गर्दै महानगरपालिकाले पारा तेक्वान्दो खेलाडीलाई विशेष प्रशिक्षणको व्यवस्था मिलाएको हो । एक हप्ते विशेष प्रशिक्षणमा खेलाडीहरु पलेसा गोवद्र्धन, विक्रम श्रेष्ठ, रोहित राई, सुवासचन्द्र राई र दीपेश […]

March 3, 2019

हङकङमा मेलिसालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् । मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जनाएका छन् । मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेसियाकी लिन्डा र फाइनलमा फिलिपिन्सकी इभालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । हङकङमा मेलिसाको यो तेस्रो स्वर्ण हो । […]

February 27, 2019

मेलिसा हङकङ जाने

काठमाडौं (हाम्रो खेलकुद) – दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् । मार्च ३ र ४ तारिखमा हुने प्रतियोगितामा मेलिसाले महिला एकल पुम्सेमा नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । मेलिसा उक्त प्रतियोगिताको सातौं र नवौं संस्करणकी स्वर्ण विजेता हुन् […]

February 25, 2019

पारा पदक विजेता विक्रम सम्मानित

काठमाडौं(हाम्रो खेलकुद)- नेपाल तेक्वान्दो संघले आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता विक्रम श्रेष्ठलाई सोमबार नगदसहित सम्मान गरेको छ । उनीसंगै प्रशिक्षक कविराज नेगी लामालाई पनि संघले नगदसहित सम्मान ग¥यो । विक्रमलाई ३० हजार र लामालाई १० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो । टर्कीको एन्टिल्यामा फेब्रुअरी ५ देखि ६ तारिखसम्म भएको प्रतियोगितामा विक्रमले पी– […]

February 6, 2019

विश्व पारा तेक्वान्दोमा बिक्रमलाई कास्य

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा नेपालका बिक्रम श्रेष्ठले कास्यपदक जितेका छन् । टर्कीको एन्टाल्यामा भएको च्याम्पियनसिपमा बिक्रमले (पी–३२) पुम्सेको एकल स्पर्धामा कास्यपदक जित्न सफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी गराए । मोरक्कोका विलाल एक खतावीलाई ६.५ अंकले हराउदै सेमिफाइलमा पुगेको बिक्रम सेमिफाइनलमा रसियाका एन्ड्रेइ ग्राबोस्कीलाई ७.२० अंकको आधारमा पराजित भएपछि […]

February 1, 2019

तेक्वान्दोकी आयशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी आयशा शाक्य शनिबार सम्मानित भएकी छन् ।घट्टेकुलोस्थित स्याब स्कुलले आफ्नो १२औं वार्षिक खेलकुद दिवसको अवसरमा आयशालाई नगदसहित सम्मान गरेको हो । हिसानका अध्यक्ष रमेश सिलवाल र स्याबका प्रिन्सिपल लक्ष्यबहादुर केसीले आयशालाई सम्मान पत्र र नगद १० हजार प्रदान गरी सम्मान गरेका हुन् । आयशा ११औं दक्षिण एसियाली खेलकुद (साग) की […]

February 1, 2019

पारा तेक्वान्दो टोली शनिबार टर्की जाने

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली शनिबार टर्कीको अन्ताल्या प्रस्थान गर्दैछ । पुरुषको पी–३० क्याटगोरीतर्फ एकल पुम्सेमा विक्रम श्रेष्ठ तथा महिला के–४४ क्याटगोरीतर्फ ५८ केजीमुनि पलेशा गोवद्र्धनले नेपालको चुनौती पेश गर्नेछन् । पलेशा भियतनाममा भएको चौथो एसियाली पारा तेक्वान्दोकी कांस्य विजेता हुन् । टिम […]

January 27, 2019

प्रधान सेनापति छात्रा तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद)– विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयको आयोजनामा दोस्रो प्रधान सेनापति छात्रा तेक्वान्दो प्रतियोगिता आइतबार सुरु भएको छ । तीन दिन सम्म चल्ने प्रतियोगितामा विद्यालय र डोजाङ गरि २८ टोलीका २ सय १ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगितामा जुनियर र सिनियर गरी जम्मा १३ वटा तौल समुहमा फाईटिङ तथा एकल र ग्रुप पुम्सेमा […]

Success

Thank you for your time.