default_image

तेक्वान्दो

August 2, 2019

डब्लूटिएफका अध्यक्ष चोए नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद)– विश्व तेक्वान्दो महासंघ (डब्लूटिएफ) का अध्यक्ष चुङवन चोए शुक्रबार साँझ नेपाल आउँदैछन् । उनी तीन दिन नेपाल रहने बताइएको छ । डब्लूटिएफको नीति तथा कार्यक्रम अनुसार महिला हिंसाबाट पीडित बालिकाहरु र कैदी जीवन बिताइरहेको अभिभावाहरुका बालबच्चालाई लक्षित गरि सञ्चालन भइरहेको वल्र्ड तेक्वान्दो केयर्स प्रोजेक्टको उद्टानका लागि चोए नेपाल आउन लागेका हुन् । […]

July 30, 2019

शैलुङमा तेक्वान्दो संघलाई जग्गा – हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बनाइने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङ गाँउपालिकामा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण गर्ने भएको छ । शैलुङ गाँउपालिकाकाले भोग चलनका लागि ५ रोपनी जग्गा उपलब्ध गराएसँगै तेक्वान्दो संघले अब ट्रेनिङ सेन्टरको गुरुयोजनमा जुट्ने जनाएको छ । बर्षायाम सकेपछि कामलाई तीब्रता दिने उल्लेख गर्दै तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले निर्माण सुरु गरको तीन वर्षमा […]

July 25, 2019

सदस्य सचिव सिलवाललाई एनओसी र तेक्वान्दोको स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नव नियुक्त सदस्य सदस्यसचिव रमेशकुमार सिलवाललाई बिहीबार अलग अलग कार्यक्रममा नेपाल ओलम्पिक कमिटी (एनओसी) र नेपाल तेक्वान्दो संघले स्वागत गरेको छ । स्वागतपछि सदस्य सचिव सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन् । ‘राखेप र ओलम्पिकबीच नङ र मासुको […]

July 24, 2019

राष्ट्रपति रनिङ शिल्ड सकिएको १५ दिनपछि पुरस्कार

अर्जुन कार्की बागलुङ- आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सकिएको १५ दिनपछि विजेताले बागलुङमा बुधबार पुरस्कार वितरण गरिएको छ । असार २३ र २४ गते सञ्चालन भएको प्रतियोगितामा १० स्वर्ण, ७ रजत र १ कास्य पदकसहित सिगाना मावि च्याम्पियन बनेको थियो । सिगानाले उपाधिसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो । १० स्वर्ण, ३ रजत र १० […]

July 18, 2019

तेक्वान्दो टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ । प्रतियोगितामा सुजन घर्ती मगर, एलिशा सुनुवार, अभिषेक कट्वाल क्षेत्री, विसन गुरुङ, कृष थापा, आर्यन बस्नेत, धर्मजित विक, आश्था दाहाल, विपुल अर्याल, रुपसना जर्घा, सागर छन्त्याल, कुमार तामाङ, सरोज तामाङ, ज्ञानबहादुर परियार, रोकश गुरुङ, कृतिक […]

July 14, 2019

तेक्वान्दोमा युकेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका युकेश थापाले ११ औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको तेक्वान्दोमा आइतबार स्वर्ण जितेका छन् । पुरुष ४५ केजीमुनि फाइनलमा युकेशले गण्डकीका पन्नु लोधलाई पराजित गरे । प्रदेश १ का मनोज माझी तथा प्रदेश ५ का सुजवकुमार यादवले कांस्य जिते । महिला ४२ केजीमुनि क्षितिजा गुरुङ पहिलो भइन् । फाइनलमा क्षितिजाले […]

July 13, 2019

पारा तेक्वान्दो टोली जोर्डन जाने

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौ एसियन पारा तेक्वान्दो च्याम्पियनसिपका लागि नेपाली पारा तेक्वान्दो टोली आइतबार प्रतियोगिता स्थल जोर्डन प्रस्थान गरेको छ । जोर्डनको अम्मान शहरमा १८ जुलाई आयोजना हुने च्याम्पियसिपका लागि ३ खेलाडी र दुई अफिसियल गरी ५ सदस्यीय टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको हो । पलेशा गोवद्र्धनले ५८ केजी (के ४४ क्याटगोरी) तौल समूहमा प्रतिस्पर्धा […]

June 30, 2019

युनिभर्सियाडमा नेपालले तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– इटालीमा आयोजना हुने ३० औं समर युनिभर्सियाड २०१९ मा नेपाली खेलाडीले तेक्वान्दो र फेन्सिङमा प्रतिस्पर्धा गर्नेछन् । नेपोलीमा जुलाई ३ देखि १४ तारिख सम्म आयोजना हुने युनिभर्सियाडमा ८ खेलाडीसहित १५ सदस्यीय नेपाली टोलीको सहभागिता रहनेछ । युनिभर्सियाडमा भाग लिने तेक्वान्दो खेलाडीमा सक्षम कार्की, नम्रता तुलाधार, पावर्ती गुरुङ, अश्मिता खड्का र उमेश राज […]

June 28, 2019

तेक्वान्दोको खेल सामग्री हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश नम्बर ३ ले यस प्रदेश अन्तरतग रहेका १३ वटा जिल्लालाई खेल सामग्री प्रदान गरेको छ । करिव १३ लाख रुपैया बराबरको खेल सामग्री प्रादेशीक संघका उपाध्यक्ष दिपक मल्होत्राले प्रायोजन गरेका हुन् । उनले जिल्ला संघका अध्यक्षलाई सामग्री हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतथी मल्होत्राले नेपाली तेक्वान्दोको […]

June 25, 2019

सावित्रा र सरस्वतीसँगै ५ खेलाडी वर्ष महिला खेलाडीको मनोनयनमा

काठमाडौं (हाम्रो खेलकुद) – फुटबलकी सावित्रा भणडरी र भलिबलकी सरस्वती चौधरीसँगै अन्य ५ खेलाडी नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तरगतको वर्ष महिला खेलाडीको मनोनयनमा परेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको खेलाडी छनोट समितिले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १६औं संस्करणको अवार्डका लागि महिलातर्फ उत्कृष्ट खेलाडीको मनोनयन […]

Success

Thank you for your time.