default_image

तेक्वान्दो

September 25, 2019

तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष सुरु

काठमाडौं (हाम्रो खेलकुद)-नेपाल ओलम्पिक कमिटिको समन्वयमा तेक्वान्दोको ओलम्पिक सोलिडारिटी कोर्ष बुधबार सुरु भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले कोर्षको उद्घाटन गरे । कोर्षमा राष्ट्रिय खेलकुद परिषद्का प्रशिक्षक, जिल्लाहरुमा डोजाङ सञ्चालन गदै आएका तेक्वान्दो प्रशिक्षकले सहभागिता जनाएका छन् । कोर्षको संचालन कोरियन प्रशिक्षक प्रा.डा.इन सक ह्वाङले गर्नेछन् । नवौं डान […]

September 23, 2019

तेक्वान्दो टोली जापान जाने

काठमाडौं (हाम्रो खेलकुद)– जापानमा यसै साता सुरु हुने टोकियो २०२० ओलम्पिक एन्ड पारा ओलम्पिक गेम्स टेस्ट इभेन्टमा भाग लिन नेपाली खेलाडी त्यसतर्फ जाने भएका छन् । ५ दिन सम्म सञ्चालन हुने च्याम्पियनसिप बुधबार सुरु हुनेछ । नेपाली टोली मंगलबार जापानतर्फ प्रस्थान गर्नेछ । दक्षिण कोरियाली प्रशिक्षक योङदाल क्वाङ प्रशिक्षक रहेको टोलीमा मनोज मल्ल, योनिशा राई […]

September 16, 2019

ओलम्पियन विष्टसहित ४ प्रशिक्षकको बेलायतमा सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) बेलायतले प्रशिक्षक प्रशिक्षणका लागि बेलायत पुगेका ओलम्पियन दीपक विष्टसहित ४ प्रशिक्षकलाई सम्मान गरेको छ । लन्डनस्थित ह्यारोस्थित माया पबमा आइतबार आयोजित कार्यक्रममा विष्ट, त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस क्लबका रन्जन श्रेष्ठ र प्रशिक्षक कविराज खड्गीलाई सम्मान गरेको थियो । कार्यक्रममा ब्रिटिश सांसाद वीरेन्द्र […]

September 13, 2019

अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुजा र स्वस्तिकालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेपालका पुजा कुँवर र स्वस्तिका महर्जनले शुक्रबारदेखि सुरु भएको तेस्रो काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको प्रशिक्षण केन्द्रमा शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको महिला क्याडेटतर्पm नेपालकी पुजा र स्वस्तिका महर्जनले स्वर्ण जितेका हुन् । पुजाले ४६ केजीमुनिको फाइनलमा लेगदेन तामाङलाई पराजित गरिन् । सो […]

September 11, 2019

काठमाडौं तेक्वान्दो च्याम्पियनसिप शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको तेस्रो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीमा हुने च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । युनाइटेड तेक्वान्दो डोजाङको आयोजनामा हुने च्याम्पियनसिपमा नेपालसहित १४ राष्ट्रका आठ सय ६५ खेलाडीको सहभगिता रहने प्रतियोगिता संयोजक कुमार लामा घिसिङले जानकारी दिए । […]

September 6, 2019

सागका लागि आयशा र निशासँगै ३४ खेलाडी छानिए

काठमाडौं(हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले मंसिरमा स्वदेशमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई ३४ खेलाडी छनोट गरेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको हलमा शुक्रबार भएको छनोटबाट पुम्सेमा १८ तथा क्यारोगीमा १६ गरि ३४ खेलाडी छनोट भएका हुन् । पुम्सेमा समान ९ पुरुष र महिला तथा क्यारोगीमा समान ८ पुरुष र महिला […]

September 5, 2019

तेक्वान्दो अध्यक्ष राणा कोरियामा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) –दक्षिण कोरियाली सरकारले नेपालमा तेक्वान्दो खेलको बिकासमा महत्वपुर्ण योगदान पु¥र्याको भन्दै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालाई बुधबार सम्मानत गरेको छ । कोरियामा तेक्वानदो दिवसको अवसर पारेर अध्यक्ष राणालाई कोरियाली खेलकुद सहायकमन्त्री रो ताइ काङले सम्मानित गरेको हो । कोरियाली सरकारले सेप्टेम्बर ४ तारिखलाई तेक्वान्दो दिवसको रुपमा मनाउने गर्दछ । यसअघि […]

September 2, 2019

सम्मान ग्रहणका लागि तेक्वान्दो संघका अध्यक्ष राणा कोरियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा दक्षिण कोरियामा बुधबार सम्मानित हुने भएका छन् । नेपालको तेक्वान्दो खेलको विकासमा योगदान पु¥याएकोमा अध्यक्ष राणालाई सम्मान गर्न लागेको संघले जनाएको छ । राणा सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । सेप्टेम्बर ४ लाई कोरिया सरकारले तेक्वान्दो दिवसका रुपमा मनाउँदै आएको छ । हरेक वर्ष […]

August 31, 2019

विश्व च्याम्पियनसिपमा नेपाली रेफ्री

दिपक न्यौपाने सोफिया /टर्की – मार्सल आर्टस्का विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिन थालेको लामो समय भइसकेको छ । अलग अलग खेलको विश्व च्याम्पियनसिपमा भाग लिने खेलाडीको सुचि लामो भइसकेको छ । अब विस्तारै विश्व च्याम्प्यिनसिपमा नेपालको प्राविधिक जनशक्ति पनि प्रयोग हुन थालेको छ । यसबाट पनि नेपालको प्राविधिक पक्षलाई बलियो भएको प्रष्ट पारेको छ […]

August 30, 2019

शर्मा जीकेएमएएफको सद्भावना दूत

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन् । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दूत नियुक्त गरेको शर्माले जानकारी दिए । फेडेरेसनले अक्टोबरमा अमेरिकाको न्यु […]

Success

Thank you for your time.