January 4, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो टोलीको प्रशिक्षक झन्डै नौं महिनापछि सुरु भएको नेपाल तेक्वान्दो संघले जानकारी दिएको छ । कोरोना भाइस कोभिड १९ को संक्रमण विश्वव्यापी हुँदै गएपछि त्यसका सुरक्षित रहनका लागि सरकारले गत वर्ष चैत ११ गते लगाएको बन्दाबन्दिबाटै अन्य खेलसँगै तेक्वान्दाको पनि प्रशिक्षण स्थगित भएको थियो । राष्ट्रिय टोलीका केहि खेलाडीले पहिलो दिनको […]
January 2, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबका कमल श्रेष्ठ र जितबहादुर बोटले दास्रो आइओएफटिसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । अमेरिकाको पोर्टल्यान्डमा सन् २०२० डिसेम्बर १० देखि २५ सम्म भएको च्याम्पियनसिपमा कमलले यू ४० र जितले यू ३० मा स्वर्ण पदक जितेका हुन् । कमल गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण […]
January 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दोर्की राजु क्षेत्रीलाई त्यहाँको न्याय मन्त्रालयले सम्मान गरेको छ । अपराध रोकथाम र स्थानीय समूहदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो । न्याय मन्त्रालयबाट सम्मानित हुने क्षेत्री पहिलो नेपाली भएको बताइएको छ । मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर […]
December 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सागर गुभाजुले दोस्रो भर्चुअल इन्टरसेनल तेक्वान्दो च्याम्पियनसिपको सिनियर पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । जर्मनीमा शनिबार र आइतबार भएको च्याम्पिनसिप अन्तर्गत सागर विजेता बनेको सो समूहमा आर्मी क्लबकै ज्ञानेन्द्र हमालले रजत र भुपेन श्रेष्ठले कास्य पदक विजेतका थिए । सिनियर महिलातर्फ सन्ध्याकुमारी सिंहले रजत र युनिशा राईले कास्य […]
December 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, […]
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको संयोजनमा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दोको राष्ट्रिय टोलीका खेलाडीलाई ट्रयाकसुटसहित अन्य सामाग्री प्रदान गरेको छ । आठौं र नवौं सागकी स्वर्ण पदक विजेता ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि महर्जनको संयोजनमा खेलाडीलाई ट्रयाकसुट, ब्याग, जुत्ता र ब्याग […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी […]
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा […]
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सिकागो ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका चार खेलाडीले पदक जितेका छन् । ओङ तेक्वान्दो एकेडेमीको आयोजनामा सम्पन्न अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका सन्दीपा अमगाईं, सन्जीब नेपाली, राजु नगरकोटी र प्रेमकुमार दर्नालले पुम्सेतर्फ विभिन्न उमेर समूहमा पदक जितेका हुन् । सन्दीपा र सन्जीबले समान २ पदक जित्दा राजु र प्रेमकुमारले १/१ पदक जितेका […]
December 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ शुक्रबार सम्पन्न भएको छ । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् । दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए । डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो […]