December 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको […]
December 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो । दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोस्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक […]
December 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धर्मस्थली तेक्वान्दो डोजाङकी सुमिस्ता तामाङ र आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ की पुनम खत्रीले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको महिला ४५–४७ केजीमा सुमिस्ताले आयोजक ‘बी’ की नानु सुनार तथा ३६–३९ केजीमा पुनमले दीलिप स्मृति तेक्वान्दो डोजाङकी रोजिना तामाङलाई फाइनलमा पराजित गरे । […]
December 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ५ रजत र ५ कास्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो । गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो । अल्टिमेटले समान ४–४ स्वर्ण र रजत हात पा¥यो । […]
December 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ । पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरुपराज राई र महिलामा मुलपानीकी प्रगति कुइकेल तथा १६ वर्षमाथि पुरुषमा […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्जिव नेपालीलाई शुक्रबार सम्मान गरेको छ । प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो । आयोजकका अध्यक्ष पेमा सिद्धि लामा र महासचिव रामकुमार लामाले सन्जिवलाई प्रशंसा पत्र […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियन युथ पारा गेम्समा पारा तेक्वान्दो पहिलोपटक समावेश गरिएको विधा हो । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती […]
November 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् […]
November 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी निशा […]