default_image

तेक्वान्दो

February 11, 2022

पुष्प र चन्दुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अल्पाइनका पुष्पप्रसाद गौतम र मिनिल्यान्डकी चन्दु शाहीले प्रथम काठमाडौं जिल्लाव्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुषमा पुष्पले ६।.० अंक तथा महिलामा चन्दुले ६.७६ अंक जोडे । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मैजुकुमारीका नोर्बु मोक्तान दोश्रो तथा बालाजुका सुरेश मानन्धर र योन्सुकका दुर्गामान […]

February 2, 2022

नेपालका तीन खेलाडीलाई पदक

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् । नेपालले एक स्वर्ण र दुई रजत जितेका हुन् । अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जितेका हुन् । दर्नालले ६.७१७ अंक ल्याउँदै स्वर्ण […]

January 20, 2022

तेक्वान्दो निर्णायक अशोकको पदोन्नती

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोबारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ । तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब ३ वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको ¥याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त […]

January 19, 2022

ओलम्पियन संगिना र दीपकमाथि तेक्वान्दो संघको अपमान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्सेर राणाले ओलम्प्यिनद्वय संगिना वैद्य र दीपक विष्टलाई छनोट भएर ओलम्पिकमा पुगेको उपलब्धिका कारण नभई ओलम्पिक खेलेकाले पकेट खर्च उपलब्ध गराएको विवादास्पद अभिव्यक्ति दिएका छन् । संघले पुस २२ गते संगिना र दीपकलाई पठाएको पत्रमा ओलम्पिक खेलका लागि छनोट राष्ट्रिय खेलाडीहरुलाई पकेट खर्चको रुपमा मासिक २ हजार […]

January 5, 2022

स्वर्ण विजेतालाई पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौंका खेलाडीलाई व्यक्तिगत रुपमा प्रोत्साहन स्वरुप बुधबार नगद पुरस्कार प्रदान गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा पुस १६ र १७ गते भएको प्रतियोगितामा ६ स्वर्णसहित बाग्मती टिम च्याम्पियन बन्दा काठमाडौंले ४ स्वर्ण जितेको […]

January 3, 2022

आईओएफटीसीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले च्यासल तेक्वान्दो डोजाङलाई खेल सामाग्री सहयोग गरेको छ । आईओएफटीसी टिम नेपाल मार्फत करिब १ लाख रुपैयाँ बराबरको म्याट च्यासललाई प्रदान गरिएको हो । टिम नेपालले च्यासलका डोजाङ प्रमुख रामचन्द्र ब्यञ्जनकारलाई सोमबार एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।

December 31, 2021

जुम्ल्याहा दाइभाइलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – जुम्ल्याहा दाइभाइ राम र लक्ष्मण गोलेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् ।एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोश्रो भए । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेष्राज सुनार […]

December 29, 2021

मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए । प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश […]

December 26, 2021

प्रदेश स्तरीय तेक्वान्दोमा सुर्खेत च्याम्पियन

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । १४ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित सुर्खेत च्याम्पियन बनेको हो । रुकुम ४ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ दोस्रो तथा सल्याण १ स्वर्ण, १ रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहेको थियो । प्रदेशमा […]

December 25, 2021

आइओएफटीसीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ । आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ […]

Success

Thank you for your time.