default_image

तेक्वान्दो

April 13, 2022

खत्री सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई दिलिप स्मृति प्रतिष्ठानले बुधबार सम्मान गरेको छ । तेक्वान्दो गतिविधिमा संगल्न प्रतिष्ठानले छैटौं डान प्राप्त गर्न सफल भएकोमा खत्रीलाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरेको हो । खत्री प्रतिष्ठानका अध्यक्षका साथै प्रमुख प्रशिक्षक पनि हुन् । खत्रीका श्रीमति लक्ष्मी, छोरा दीपेन्द्र र छोरी दिलिता पनि तेक्वान्दो खेलाडी […]

April 9, 2022

सरोजलाई तीन स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय सेनाका सरोज गुरुङले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार तीन स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा सरोजले व्यक्तिगत पुम्से, पेयर पुम्से र टिम पुम्सेतर्फ स्वर्ण जितेका हुन् । उनले ३०–४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेको फाइनलमा भारतकै पविन्द्र साम्पाङलाई […]

April 8, 2022

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो सुरु

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका उपाध्यक्ष शिव कोइरालाले तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई खेल सामाग्री प्रदान गरी एक कार्यक्रमबीच उद्घाटन गरे । पहिलो दिन सब जुनियर पुरुष ३३ केजीमाथि भारतका नुर जन्नथ, क्याडेट […]

April 7, 2022

इमान अन्तर्राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल मार्सल आर्ट्स एकेडेमीको आयोजनामा तेश्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपालसहित, युके र भारतका करिब ५ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता निर्देशक प्रेम भुजेलले जनाएका छन् । क्योरोगीको सिनियर पुरुष-महिलामा ६–६, जुनियर पुरुष÷महिलामा ७–७ तथा सब जुनियरको पुरुष-महिलामा जम्मा ७ गरी कुल ३३ स्पर्धामा […]

April 7, 2022

पलेशा र सिर्जनाले एसियन पारा गेम्स खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के४४ र ५७ केजीमुनि र सिर्जना घिसिङ (के ४४ ५२ केजीमुनि)का खेलाडीहरुले खेल्ने निश्चित गरेको छ । विश्व तेक्वान्दो महासंघको मिति २०२२-०४-०७ गतेको पत्र अनुसार पलेशा विश्वको […]

April 2, 2022

न्यु कुमरोज च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु कुमरोज तेक्वान्दो डोजाङ प्रथम बालकुमार उप्रेती स्मृति तथा ६७ औं चितवन जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । न्यु कुमरोजले ८ स्वर्ण, ५ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, २ रजत र २ कांस्यसाथ चितवन तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थानमा चित्त […]

April 2, 2022

बाग्मती टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशले १७औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बाग्मतीले ९ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कांस्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कांस्य हात पा¥यो । […]

April 1, 2022

रन्जित र हेमन्त फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको सेमिफाइनलमा रन्जितले एपीएफका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका अर्वाज हुसैनलाई पराजित गरे । सिनियर पुरुषकै ५४ केजीमुनि सुदूरपश्चिम प्रदेशका सिमित विष्ट […]

March 28, 2022

गोपाललाई अर्को सफलता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी गोपाल भण्डारीले ४३औं नेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा रजतपदक जितेका छन् । अमेरिकाको भर्जिनियामा भएको च्याम्पियनसिपमा गोपालले ३३ वर्षमाथिको उमेर समूहअन्तर्गत मास्टर पुम्सेमा रजत जितेका हुन् । उनको समूहमा अमेरिकाका विभिन्न राज्यका नौ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । गोपालले एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो डोजाङबाट प्रतिनिधित्व गर्दै रजत पदक जितेका […]

March 25, 2022

राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को साता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय तेक्वान्दो प्रतियोगिता अर्को साता आयोजना हुने भएको छ । नेपाल तेक्वान्दो संघको आयोजनामा चैत १८ र १९ गते सातदोबाटोस्थित तेक्वान्दो हलमा राष्ट्रिय तेक्वान्दो प्रतियोगिता हुने संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । कोभिड १९ को महामारी र स्वास्थ सुरक्षाका कारण लामो समय देखि रोकिएको खेल गतिविधिहरुलाई सुचारु गरी आगामी दिनमा […]

Success

Thank you for your time.