default_image

तेक्वान्दो

June 11, 2022

राष्ट्रिय खुला पुम्सेमा निशालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी निशा दर्नालले प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगितामा शनिबार स्वर्ण जितेकी छन् । निशाले महिला एकलको १८–२२ वर्ष उमेरसमूहमा स्वर्ण जितेकी हुन् । उक्त स्पर्धामा नेपाल आर्मीकी स्वस्तिका तामाङले रजत तथा प्रहरीका मोनिका रम्तेल र जैनव खातुनले कांस्य जिते । सोही स्पर्धाको पुरुषमा युवराज राणा पहिलो, अस्मिन राउत दोश्रो […]

June 11, 2022

काठमाडौं महानगर तेक्वान्दोमा सागरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कोटेश्वर तेक्वान्दो डोजाङका सागरसिंह ठकुरीले काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । पेप्सीकोलास्थित आयोजक डोजाङकै हलमा भएको पुरुष ५० केजीमुनि फाइनलमा सागरले नुवाकोटका रन्जित तामाङलाई पराजित गरे । आयोजककै दीपकसिंह सितौला र सुनसरीका अफान श्रेष्ठ तेश्रो भए । पुरुष ३४ केजीमुनि बाँकेका जिवेशजंग शाहीले पहिलो स्थान हात […]

June 10, 2022

राष्ट्रिय खुला पुम्से भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय खुला तेक्वान्दो पुम्से प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभाग, प्रदेश र जिल्लाका ७ सय ४३ खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी गराए । विधिन्न १४ विधामा प्रतिस्पर्धा हुने छ । पुम्सेको मात्रै छुट्टै राष्ट्रियस्तरको प्रतियोगिता पहिलो […]

June 10, 2022

खुला तेक्वान्दो भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा काठमाडौं महानगर खुला तेक्वान्दो प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न २२ जिल्लाका ४ सय ५० बढी खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक समेत रहेका तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । ग्योरोगीमा २४ र पुम्सेमा ६ गरी जम्मा ३० स्पर्धामा प्रतिस्पर्धा हुने छ । ग्योरोगीको […]

June 5, 2022

माउन्ट एभरेष्ट तेक्वान्दो असोज पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप असोज पहिलो साता हुने भएको छ । च्याम्पियनसिप असोज ५ देखि ९ गतेसम्म गण्डकी प्रदेशको पोखरामा आयोजना हुने छ । जी–२ ¥याङकिङ प्रतियोगितामा जुनियरतर्फ महिला र पुरुष गरी २० एवं सिनियरमा महिला पुरुष दुवै गरी १६ तौल समूहमा प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा विभिन्न […]

June 4, 2022

रिकेश च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा शनिबार च्याम्पियन भएका छन् । बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका […]

May 30, 2022

अशोक उत्कृष्ट निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का अस्ट्रियन ओपन वल्र्ड र्‍याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा उत्कृष्ट निर्णायक घोषित भएका छन् । प्रतियोगितामा विभिन्न ४० राष्ट्रका ६४ निर्णायक सहभागी भएकोमा ६ जनालाई उत्कृष्ट निर्णायक घोषित गरिएको थियो । त्यसमध्ये अशोक पनि उत्कृष्टमा परेका हुन् । अस्ट्रियाको इन्सबकमा मे २८ र २९ तारिखमा भएको प्रतियोगितामा […]

May 26, 2022

रन्जनालाई पारा एसियाड छनोटमा कास्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रन्जना धामीले पारा एसियाली खेलकुद (एसियाड) मा छनोटमा कास्य जितेपनि पारा एसियाडमा छनोन हुन असफल भएकी छिन् । चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि दुवईमा भएको छनोट प्रतियोगितामा रन्जनाले आफ्नो विधामा कास्यपदक जितेपनि उनी पारा एसियाडलाई छनोट हुन असफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी […]

May 24, 2022

तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्का अष्ट्रिया जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् । अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ । राष्ट्रिय […]

May 23, 2022

पारा तेक्वान्दो टोली युएइ जाने

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि हुने छनोट प्रतियोगितामा सहभागी हुन २ खेलाडीसहित ४ सदस्यीय नेपाली पारा तेक्वान्दो टोली मंगलबार युएइको सारजाह प्रस्थान गर्दैछन् । जेठ १२ गते हुने प्रतियोगिताको के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि रामबहादुर अधिकारी र महिला ४७ केजीमुनि रञ्जना धामीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । […]

Success

Thank you for your time.