default_image

तेक्वान्दो

August 19, 2022

सेमिनार तथा कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा पाँचौं राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रबारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले एक कार्यक्रमबीच उद्घाटन गरे । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस केन्द्रमा तीन दिनसम्म चल्ने कार्यक्रममा १ सय ३५ जना सहभागी छन् । आयोजक संघका […]

August 19, 2022

मलेसियामा नेपाललाई एक स्वर्ण र तीन रजत

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा आयोजना भएको सरावाक बोर्नियो कप इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपालले एक स्वर्ण र तीन रजत पदक जितेको छ । शुक्रबारदेखि सुरु भएको च्याम्पियनसिपमा नेपालकी रेखमाया गुरुङले स्वर्ण पदक जितेकी हुन् । उनले महिला ३० देखि ४० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जितेकी हुन् । उनको समूहमा इन्डोनेसिया, मलेसिया, जापान, भयतनाम, ब्रुनाई, […]

August 16, 2022

आयशा अब लेभल २ पारा तेक्वान्दो प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले पारा तेक्वान्दोको लेभल २ प्रशिक्षण कोर्स उर्तिण गरेकी छन् । आयशाले विश्व पारा तेक्वान्दोको आयोजनामा मंगलबार सम्पन्न १८ औं विश्व पारा तेक्वान्दो प्रशिक्षक सर्टिफिकेट कोर्ष लेभलको उर्तिण गरेकी हुन् । प्रशिक्षण तीन दिन सम्म अनलाइन माध्यबाट भएको थियो […]

August 12, 2022

च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको उद्घाटन

काठमाडौं (हाम्रो खेलकुद)– विदेशमा रहँदै आएका नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको पहलमा स्थापना भएको च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीको औपचारिक सुरुवात भएको छ । काठमाडौं महानगरपालिका १६ को खरिबोटमा साढे २ रोपनी जग्गामा एकेडेमी स्थापना भएको छ । झण्डै तीन वर्षदेखि नै एकेडेमी स्थापना भएपनि काठमाडौंमा सुरुवात भएको छ। एकेडेमीको ओलम्पियन जीतबहादुर केसी, संगिना वैद्य, दीपक […]

August 10, 2022

तेक्वान्दोका निर्णायक अशोक स्वदेश फर्किए

काठमाडौ (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा निर्णायकको भुमिका निर्वाह गरेका सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का स्वदेश फर्किएका छन् । बुल्गेरियामा भएको क्याडेट तथा जुनियर विश्व प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका अशोक मंगलबार स्वदेश फर्किएका हुन् । प्रतियोगिता अन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म संचालन भएके थियो । यस्तै […]

August 7, 2022

रुविका र दिनेश वर्षका उत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आइटीएफको २५औ वार्षिकोत्सव तथा रजत जयन्ती पोखरामा भव्यताका साथ साथ सम्पन्न भएको छ । महोत्सव पोखरा रंगशाला अन्तरगत कभर्डहलमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङको प्रमुख आतिथ्यमा भएको हो । सो अवसरमा आइटीएफका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट र नेसनल तेक्वान्दो आइटीएफ एकेडेमी निर्माणमा अतुलनीय योगदान गर्ने खाँडादेवी […]

August 5, 2022

आईटीएफ तेक्वान्दोको रजत जयन्ती मनाइने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आईटीएफको २५औं वार्षिकोत्सव तथा रजत जयन्ती शनिबार र आइतबार हुँदैछ । वार्षिकोत्सवको तयारी पुरा भएको अध्यक्ष अन्जन धमलाले जानकारी दिए । शनिबार बिहान भक्तपुरमा बृद्ध बद्धालाई भोजन गराएर सुरु हुने वार्षिकोत्सवका अन्य कार्यक्रम पोखरामा हुनेछ । पोखरामा आइतबार बर्षको उत्कृष्ट खेलाडी, बर्षको उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट जिल्ला संघलाई पुरस्कृत गरिने […]

July 27, 2022

सेमिनार तथा कोर्स सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघको आयोजनामा १०औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु भएको छ । सेमिनारमा १ सय ३९ तथा कोर्समा १ सय ६० सहभागी छन् । सहभागी सबै बागमती प्रदेशका हुन् । बागमतीका अन्यको सेमिनार र […]

July 24, 2022

दिपेन्द्र र प्रतिज्ञालाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औं संस्करणमा दुई नेपाली खेलाडीले दोहोरो स्वर्ण जितेका छन् । दिपेन्द्रबहादुर नेपालीले सिनियर पुरुष ८० केजीमाथिको तौल समूहमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । दिपेन्द्रले पुम्से बिधामा पनि स्वर्ण जिते । दिपेन्द्र विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । यस्तै प्रतिज्ञा भण्डारीले पनि […]

July 22, 2022

विश्व तेक्वान्दोमा अशोक निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिप (जि ७) मा सेकेन्ड क्लास अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि अशोक आइतबार बुल्गेरियाको सोफिया प्रस्थान गर्दैछन् । प्रतियोगिताअन्तर्गत क्याडेटको प्रतिस्पर्धा साउन १२ देखि १५ गतेसम्म हुनेछ । साउन १७ देखि २२ गतेसम्म जुनियरको खेल हुनेछ । दुवैमा अशोकले निर्णायकको भूमिका […]

Success

Thank you for your time.