May 3, 2019
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दोका राष्ट्रिय प्रशिक्षक कविरज नेगी लामा सम्मानित भएका छन् । काठमाडौं खेलकुद समाजले पारा तेक्वान्दो प्रशिक्षक लामाले फरक क्षमता भएका खेलाडीहरुलाई प्रशिक्षण गराई अन्तर्राष्ट्रिय एरिनामा पहिलोपटक नेपाललाई पदक दिलाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो । उनको प्रशिक्षणमा कोरियामा भएको तेस्रो एसियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कास्यपदक र टर्कीमा […]
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्डको बैंककमा भएको १६ औं विश्व मुवाँथाईं च्याम्पियनसिपकी स्वर्ण विजेता पलिस्था कक्षपति शुक्रबार नगदसहित सम्मानित भएकी छन् । दक्षिणकाली नगरपालिका वडा १ ले आफ्नै वडा निवासी पलिस्थालाई नगद १० हजारसहित प्रशंसा पत्रबाट सम्मान गरेको हो । पलिस्थाले महिला ३० केजीमा स्वर्ण जितेकी थिइन् । वडा अध्यक्ष जय थापा मगरलगायतले पलिस्थालाई एक […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकद) – त्रिभुवन आर्मी क्लब आठौं अन्तर्गत उसुमा टिम च्याम्पियन बनेको छ । आर्मीले १४ स्वर्ण, १ रजत र ३ कांस्य पदक जितेको छ । एपिएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्यो । नेपाल पुलिसले २ स्वर्ण, १ रजत र ५ कांस्य पदक जितेको छ । १४ औं राष्ट्रिय उसुमा […]
April 23, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)– आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दोमा टिम नेपाल पुलिस क्लब ११ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण ४ रजत र ७ कास्य पदक सहित १४ पदक जित्दै त्रिभुवन आर्मी क्लब दोश्रो भएको छ । अर्को विभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत […]
April 22, 2019
नेपालगन्ज (हाम्रो खेलकुद)- आठौं राष्ट्रिय खेलकुद अन्तर्गत जिम्न्याष्टिक प्रतियोगितामा एपिएफका राजु राईले ५ वटा स्वर्ण पदक जितेका छन् । राजुले थप एक रजत पदक पनि जिते । पूर्वाञ्चलमा दुई वर्षअघि भएको सातौं राष्ट्रिय खेलकुदमा भने राजुले ७ स्वर्ण जितेका थिए । नेपालगन्ज कारकाँडोस्थित जुडो हलमा भएको प्रतियोगितामा राजुले पुरुष फ्लोरमा ७.७५ अंक जोड्दै स्वर्ण जिते […]
April 20, 2019
दाङ (हाम्रो खेलकुद) आठौं अन्तर्गत पुरुष एकल कतामा नेपाल पुलिस क्लबका मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका छन् । स्वर्ण जित्ने क्रममा मन्डेले फाइनलमा प्रदेश ७ का ललित खत्रीलाई ५–० ले हराए । त्यसअघि मन्डेले आर्मीका पर्शुराम बास्तोलालाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । एपीएफका अनिल चौधरीले कास्य जिते । स्वर्ण जितेपछि मन्डेले अहिलेसम्मकै […]
April 18, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली जुडो टोली एसियन प्यासिफिक जुडो च्याम्पियनसिपको लागि संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् । एसियन प्यासिफिक जुडो च्यामिपयनसिप २० अप्रिलबाट २३ अप्रिलसम्म युएईस्थित फुजैराहमा हुदैछ । नेपाली टोलीमा मनिता श्रेष्ठ ‘प्रधान’, इन्द्रबहादुर श्रेष्ठ, सुमित्रा राई र मोहन बम रहेका छन् । टिम प्रशिक्षक तथा म्यानेजरमा सुर्य नारायण श्रेष्ठ रहेका […]
April 17, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले […]
April 16, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता मंगलबारदेखि नेपालगन्जस्थित महेन्द्र क्याम्पसमा सुरु भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा ४ गरी १० स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । सबै तौलसमूहमा सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगितामा ५४ पुरुष र ३६ महिला खेलाडी सहभागी छन् । सेमिफाइनल र फाइनल बुधबार हुनेछ ।
April 16, 2019
नेपालगन्ज (हाम्रो खेलकुद) – आठौंअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए । एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसम आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि […]