September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद)– चिल्ड्रेन मोर्डन स्कुलका पुजन तामाङ र इमानियोल डोजोकी एन्जल गुरुङ अन्तर स्कुल गोजु काई कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । बाँसबारीस्थित द चाँदवाग स्कुलमा भएको दुई दिने प्रतियोगिताबाट पुजन छात्रतर्फ तथा एन्जल छात्रातर्फ सर्वोत्कृष्ट चुनिएका हुन् । दुवैले आ–आफ्नो विधामा स्वर्ण जितेका थिए । प्रतियोगितामा ५ स्वर्णसहित नवज्ञान भुमि स्कुल […]
September 5, 2019
काठमाडौं (हाम्रो खेलकुद) –दक्षिण कोरियाली सरकारले नेपालमा तेक्वान्दो खेलको बिकासमा महत्वपुर्ण योगदान पु¥र्याको भन्दै नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणालाई बुधबार सम्मानत गरेको छ । कोरियामा तेक्वानदो दिवसको अवसर पारेर अध्यक्ष राणालाई कोरियाली खेलकुद सहायकमन्त्री रो ताइ काङले सम्मानित गरेको हो । कोरियाली सरकारले सेप्टेम्बर ४ तारिखलाई तेक्वान्दो दिवसको रुपमा मनाउने गर्दछ । यसअघि […]
September 2, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा दक्षिण कोरियामा बुधबार सम्मानित हुने भएका छन् । नेपालको तेक्वान्दो खेलको विकासमा योगदान पु¥याएकोमा अध्यक्ष राणालाई सम्मान गर्न लागेको संघले जनाएको छ । राणा सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । सेप्टेम्बर ४ लाई कोरिया सरकारले तेक्वान्दो दिवसका रुपमा मनाउँदै आएको छ । हरेक वर्ष […]
August 31, 2019
दिपक न्यौपाने सोफिया /टर्की – मार्सल आर्टस्का विश्व च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिन थालेको लामो समय भइसकेको छ । अलग अलग खेलको विश्व च्याम्पियनसिपमा भाग लिने खेलाडीको सुचि लामो भइसकेको छ । अब विस्तारै विश्व च्याम्प्यिनसिपमा नेपालको प्राविधिक जनशक्ति पनि प्रयोग हुन थालेको छ । यसबाट पनि नेपालको प्राविधिक पक्षलाई बलियो भएको प्रष्ट पारेको छ […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक दिनेश शर्मा अन्तर्राष्ट्रिय मार्सल आर्ट्स गेम्स एन्ड लिजेन्ड अफ द मार्सल आर्ट्स हल अफ फेम (जीकेएमएएफ) को सद्भावना दूत नियुक्त भएका छन् । नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव शर्मालाई ग्लोबल कोरियन मार्सल आर्ट्स फेडेरेसनले जीकेएमएएफको सद्भावना दूत नियुक्त गरेको शर्माले जानकारी दिए । फेडेरेसनले अक्टोबरमा अमेरिकाको न्यु […]
August 30, 2019
काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन दीपक विष्टसहित चार जना प्रशिक्षक प्रशिक्षण ङतालिमका लागि आज बेलायत जाँदैछन् । युके स्पोर्टस् र ग्रेट ब्रिटेन तेक्वान्दो एसोसिएसन तथा नेपाल तेक्वान्दो संघबीच दुई वर्षअघि भएको सम्झौता अनुसार चार जनालाई प्रशिक्षणमा जान लागेका हुन् । सेप्टेम्बर १ देखि १० सम्म म्यानचेस्टरमा हुने प्रशिक्षणमा विष्टसहित त्रिभुवन आर्मी क्लबका दानबहादुर ऐरी, नेपाल पुलिस […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद)- चार महिनापछि स्वदेशमा आयेजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि करातेबाट ३२ खेलाडी छनोट भएका छन् । नेपाल कराते महासंघले साउन पहिलो सातादेखि विशेष प्रशिक्षणमा रहेका १ सय ८ खेलाडीबाट बिहीबार भएको छनोट प्रतियोगिताबाट सागका दुई वैकल्पिकसहित ३४ खेलाडी छनोट भएको हो । कातामा दुई वैकल्पिकसहित १२ खेलाडी तथा फाइटमा […]
August 29, 2019
काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता मन्डेकाजी श्रेष्ठ र चञ्चला दनुवार स्वेदशमा चार महिनापछि आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को लागि छनोट भएका छन् । बिहिबार भएको छनोटमा मन्डेकाजी दोहोरो स्वर्ण हात पार्दै पुरुष तर्फको एकल काता र टिम कातामा छनोट भएका हुन् । चञ्चला महिला एकल काताका […]
August 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नवौं कोरियन एम्बेसडर खुल्ला राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली राष्ट्रिय टोली टिम च्याम्पियन बनेको छ । नेपालस्थित दक्षिण कोरियाली दुतावास र नेपाल तेक्वान्दो संघको संयुक्त आयोजनामा आइतबारदेखिसुरु भएको प्रतियोगितमा नेपाली राष्ट्रिय टोलीले कुल ३२ पदक जित्दै टिम च्याम्पियन बनेको हो । राष्ट्रिय टोलीले १३ स्वर्ण, ९ रजतपदक र १० कास्यपदक हात पा¥यो […]
August 28, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियाको चोङजुमा यसै साता सुरु हुने १२ औं विश्व कुराँश सिनियर च्याम्पियनसिपमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबारबाट सुरु हुने च्याम्पियनसपिमा उपेन्द्र थापाले प्रतिस्पर्धा गर्ने नेपाल कुराँश संघले जानकारी दिएको छ । उनको प्रशिक्षकका रुपमा दीपककृष्ण श्रेष्ठ रहेका छन् भने संघका अध्यक्ष ध्रुबराज न्यौपाने टोलीको व्यवस्थापक रहेका छन् […]