default_image

मार्सल आर्टस्

December 5, 2019

उसुमा निमालाई लगातार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – उसुकी निमा घर्तीमगरले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को थाउलो अन्तर्गत नान्दौमा स्वर्ण पदक जितेकी छिन् । यसअघि भारतमा भएको १२ औं संस्करणमा समेत स्वर्ण जितेकी निमा लगातार दुई संस्करणमा स्वर्ण जित्ने उसुकी पहिलो खेलाडी बनेकी छिन् । लगनखेलस्थित आर्मी कभर्ड हलमा बिहीबार निमाले बंगलादेशकी मोर्जिना अख्तरलाई पछि पार्दै स्वर्ण […]

December 5, 2019

‘स्वर्ण जितें, अब विदेश जान्न’

‘स्वर्ण सधैं विशेष नै हुन्छ, अझ त्यसमाथि स्वर्णसँगै इतिहास पनि रच्न पाउनु । भयो, त्यसको बयानै गर्नु परेन ।’ तेक्वान्दोका सक्षम कार्कीले बुधबार ग्यरोगीतर्फ स्वर्ण जित्दै दक्षिण एसियाली खेलकुदमा नेपालको लागि स्वर्णको शतक पूरा गरे । अर्थात १ सयौं स्वर्ण जिते । नेपालमा जारि १३ औं दक्षिण एसियाली खेलकुदमा २९ औं स्वर्ण जितेका उनले फाइनलमा […]

December 4, 2019

तेक्वान्दोकी संगिताले दिलाइन् नेपाललाई २८ औं स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) महिला तेक्वान्दोको गेरोगी स्पर्धामा ६२ केजी मुनिको गल्समा नेपाली संगिता बस्याल नेपालीले स्वर्ण पदक जितेकी छिन् । संगिताले फाइनलमा गगनजोट गिललाई १९-८ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । संगिताले सेमिफाइनलमा श्रीलंकाकी मनिषालाई ४९–५ ले हराएकी थिइन् । तेक्वान्दोबाट आज नेपालले पहिलो स्वर्ण जितेको हो […]

December 4, 2019

महिला टिम कातामा नेपाल कास्यमा सीमित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) कराते को महिला टिम फाइटमा पाकिस्तानले स्वर्ण जितेको छ। सातदोबाटोमा बुधबार भएको करातेको महिला टिम फाइटमा बंगलादेशलाई पराजित गर्दै पाकिस्तानले स्वर्ण जितेको हो। पाकिस्तानसँग नै पराजित भएको नेपालले भने कास्य पदकमा चित्त बुझाएको छ। नेपाली टिममा अनु गुरुङ, रिता कार्की र एस्टर राई थिइन्। टिमको पहिलो […]

December 3, 2019

वीरबहादुरले दिलाए तेक्वान्दोमा अर्को स्वर्ण,नेपालको स्वर्ण संख्या २३

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदको तेक्वान्दो ग्यारोगीअन्तर्गत पुरुष ६८ केजी मुनि तौल समूहमा नेपालका वीरबहादुर महराले स्वर्ण जितेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको स्पर्धाको फाइनलमा वीरबहादुरले पाकिस्तानका मुहम्मद फहिमलाई ४१–३६ ले पराजित गर्दै स्वर्ण जिते । उनले भारतका पृथ्वीराज चौहानलाई ३२–२४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । त्यसअघि […]

December 3, 2019

‘पदक जित्ने भोक अझै जागेको छ’ – आयशा

प्रकाश तिमल्सिना, काठमाडौं आयशा शाक्य २ वर्षभन्दा केहि अगाडि दोस्रो पटक आमा बनेकी थिइन् । त्यो अवस्थामा उनीसँग दक्षिण एसियाली खेलकुद (साग) को एक स्वर्ण, दुई रजत पदक र एसियाली खेलकुदको एक कास्य पदक थियो । सन् २००६ मा उनले दसौं सागमा रजत र एसियाडमा कास्य जितेकी थिइन् । २०११ को ११ औं सागमा उनले […]

December 2, 2019

उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अनुको स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कराँतेको कुमुते अन्तर्गत महिला ५० केजी मुनि तौल समूहमा स्वर्ण जितेकी छन् । ११औं सागकी रजत पदकधारी अनुले उत्कृष्ट प्रदर्शनसँगै कराँतेमा अर्को स्वर्ण थपेकी हुन् । फाइनलमा अनुले श्रीलंकाकी डन पाउलु बादलेगीलाई ८-० ले पराजित गरेकी गर्दै स्वर्ण पक्का गरेकी हुन् । […]

December 2, 2019

कुसुमले जितिन् नेपालको लागि ११ औं स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेकी कुसुम खड्काले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुमेतको ४५ केजी मुनि तौल समूह स्पर्धामा स्वर्ण पदक जितेकी छिन् । कुसुमले फाइनलमा बंगलादेशकी माउन्जारा बोर्नालाई ३-२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यसअघि कुसुमले सेमिफाइनलमा श्रीलंकाकी सेनारथ आराचागीलाई ७-६ ले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् । कराँतेबाट […]

December 2, 2019

आफ्नै गल्तिमा दिवस स्वर्णबाट चुके

काठमाडौं (हाम्रो खेलकुद)– आफ्नै गल्तिका कारण दिवस श्रेष्ठ स्वर्ण पदकबाट चुकेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार सातदाबाटोमा जारी करातेको ८४ केजी मूनि तौल समूहको फाइनलमा दिवस आफ्नै गल्तिमा रजतमा चित्त बुझाउन बाध्य भएका छन् । बंगलादेशका खेलाडीसँग फाइनलमा २–२ को बराबरीको अवस्थामा हान्साकु भएपछि उनी पराजित भएका हुन् । ३ […]

December 2, 2019

मन्डेले दिलाए नेपाललाई पहिलो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – कराँतेका मन्डेकाजी श्रेष्ठले १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष एकल काँतामा विजयी हुँदै नेपाललाई पहिलो स्वर्ण दिलाएका छन् ।   सातदोबाटोस्थित नवनिर्मित कराँते हलमा सोमबार बिहान भएको फाइनलमा मन्डेले पाकिस्तानका नियामतुल्लाहलाई हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । मन्डेले २५.७२ अंक जोड्दा पाकिस्तानका प्रतिस्पर्धिले २४.९२ अंक मात्र जोडे । त्यसअघि […]

Success

Thank you for your time.