July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उसुका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय वीरमान वाइवाको परिवारलाई आर्थिक सहयोग गरिएको छ । नेपाल उसु महासंघका पदाधिकारीबाट संकलित रकम बुधबार काभ्रेमै पुगेर वीरमानका परिवारलाई हस्तान्तरण गरिएको हो । महासंघका पदाधिकारीबाट संकलित ८० हजार रुपैयाँ बुधबार आयोजित कार्यक्रममा नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर लामा र महासचिव लाक्पा शेर्पाले स्वर्गीय वाइवाका परिवारलाई हस्तान्तरण गरेका […]
July 15, 2020
काठमाडौं (हाम्रो खेलकुद)– तेक्वान्दोका कीर्तिमानी खेलाडी संगिना वैद्य र दीपक विष्टले तेक्वान्दो संघको केन्द्रिय समितिको जिम्मेवारीबाट राजिनामा दिएका छन् । त्यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष उपेन्द्रमान सिंहले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को फुटबल प्रशिक्षकबाट राजीनामा दिने निर्णय गरेका छन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएसँगै संघ वा प्रशिक्षकका रुपमा कार्यरतले […]
July 14, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले प्रथम मलेसियन ओपन अन्तर्राष्ट्रिय इस्पोर्ट्स च्यालेन्जमा थप २ रजत र १ कांस्य जितेका छन् । प्रतियोगिताको अन्तिम दिन आइतबार पुम्सेतर्फ १८–३९ वर्षको पुरुषमा पुष्पप्रसाद गौतम र महिलामा चन्दु शाहीले रजत जितेकी हुन् । महिला १५–१७ वर्षमा अस्मिता नगरकोटीले कांस्य जितिन् । योसहित प्रतियोगितामा एनटीएका खेलाडीले […]
July 13, 2020
काठमाडौं (हाम्रो खेलकुद)– जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारीगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड– १९) कारण समस्यामा परेका ९ खेलाडीलाई रारीगुराँसका अध्यक्ष एकेमी मिजुबाले जनही पाराका प्रत्येक खेलाडीलाई जनही ५ हजार रुपैयाँको दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक नेगी लामाले बताएका छन् । सहयोग पाउने खेलाडीमा […]
July 13, 2020
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुदमा करातेको कातातर्फ दोहोरो स्वर्ण जितेका मण्डेकाजी श्रेष्ठलाई मध्यपुर थिमी नगरपालिकाले दराज उपहार दिएको छ । मध्यपुर थिमी वडा नम्बर ४ निवासी मण्डेकाजीले खेलकुदमार्फत नगरपालिकाको नाम देशभर चिनाएको र नगरपालिकाको पहिचान बनेको भन्दै सजावटसहित दराज उपहार दिइएको हो । सोमबार एक कार्यक्रमबीच उनको निवासमा नै दराज औपचारिक […]
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हात पारेको छ । नेपालले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित तेश्रो स्थान हात पारेको राखेपका प्रशिक्षक सुरेन्द्र श्रेष्ठले जानकारी गराए । ११ स्वर्ण, ११ रजत र २५ कास्यका साथ भारत पहिलो तथा १० स्वर्ण, ५ रजत र ७ कास्यका साथ […]
July 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – आइएसकेयु इन्टरनेशनल अनलाइन कराते काता च्याम्पियनसिपमा नेपालले थप चार पदक थप्न सफल भएको छ । इन्टरनेशनल सोतोकान कराते युनाइटेड (आइएसकेयु) र इन्स्टिच्युट अफ सोतोकान कराते युनाईटेड (आईएसकेयु) को संयुक्त आयोजनामा भएको च्याम्पियनसिपको दोस्रो दिन नेपालले थप एक स्वर्ण, एक रजत र दुई कास्य जित्न सफल भएको हो । जुनियर क्याटेगोरी अन्तरगत […]
June 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – उसुका राष्ट्रिय खेलाडी विरमान लामाको निधन भएको छ । काभ्रेपलान्चोकको बेथानचोकस्थित निवासमा उनी आईतबार विहान मृत अवस्थामा फेला परेका थिए । २६ वर्षीय वीरमान कोरोनाका कारण सबै खेल गतिविधि रोकिएपछि गाउँ फर्केका थिए । पारिवारिक स्रोतका अनुसार अघिल्लो दिन फुटबल खेलेर खान खाएपछि सुतेका उनी विहान ओछ्यानमा मृत अवस्थामा फेला परेका […]
June 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरको गोदावरी नगरपालिकाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान गरेको छ । नगरसभाका क्रममा बुधबार सागका पदक विजेता निकेश श्रेष्ठ र प्रशिक्षकद्वय दीपक श्रेष्ठ र गंगाराम महर्जनलाई नगदसहित सम्मान गरेको हो । उनीहरुलाई नगरपालिकका मेयर गजेन्द्र महर्जनले सम्मान गरेका थिए । गत वर्ष […]
June 19, 2020
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत वितरण गरेको छ । कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो खेलाडीका परिवारलाई प्रति परिवार २ हजार २ सयका दरले खाद्यान्न उपलब्ध गराइएको हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र […]