default_image

मार्सल आर्टस्

October 5, 2020

आयशा, नेगी र विकेश अब अन्तर्राष्ट्रिय प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ, पारा कमिटिको अन्तर्गतका प्रशिक्षक कविराज नेगी लामा, आयशा शाक्य र विकेश विडारीले इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स लिन सफल भएका छन् । विश्व तेक्वान्दो महासंघको आयोजनामा २ देखि ४ अक्टोबरसम्म सञ्चालन भएकोे चौथो वल्ड पारा तेक्वान्दो अनलाइन इन्टरनेसनल कोच सर्टिफिकेसन कोर्स (लेभल वान) मा उनी इन्टरनेसनल कोच सर्टिफिकेट लाइसेन्स […]

October 4, 2020

अनलाइन पुम्सेमा आयशा र पार्वतीले स्वर्ण जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्यले प्रथम बंगलादेश तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन् । गत वर्ष मंसिरमा स्वदेशमा आयोजना भएको सागमा एकल र समूहमा स्वर्ण पदक जितेकी आयशाले आइतबार अनलाइनमार्फत भएको च्याम्पियनसिपमा ४० वर्ष मूनिको उमेर समूहमा पहिलो स्थान प्राप्त […]

October 2, 2020

लामालाई सेकेन्ड क्लास रेफ्री लाइसेन्स

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका नोर्बु लामा पुम्से विधाको सेकेन्ड क्लास अन्तर्राष्ट्रिय रेफ्री बनेका छन् । यो उपलब्धी हासिल गर्न विश्व तेक्वान्दो (डब्लुटी) ले मान्यता दिएको प्रतियोगिताका साथै रिफ्रेसर कोर्समा सहभागी हुन पर्ने प्रावधान छ । यसका लागि कम्ती ३ वर्षको अनुभवका साथै ५ अंक हासिल गर्नु पर्नेछ । लामाले २००८ मा बैंकक, २०१२ मा […]

September 26, 2020

सागकी स्वर्णधारी देविका र पुनम सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्र्तगतको जुडोतर्फको स्वर्णपदक विजेताद्धय पुनम श्रेष्ठ र देविक खड्का सम्मानित भएकी छन् । फ्रान्सका जुडो प्रेमी लाउरेन्ट डि ओलिभिरा नेतृत्वको टोलीको आर्थिक सहयोगमा अनाथ बालवालिकालाई आश्रय दिइरहेको सृजनशिल बाल सेवा परिवारलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५० थान जुडो म्याट हस्तान्तरण कार्यक्रममा पुनम र […]

September 21, 2020

अपाङ दम्पतीलाई जीसीएसको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष समेत रहेका जीसीएस नेपालका अध्यक्ष प्रकाशशमशेर राणाले अपाङ दम्पतीलाई राहत प्रदान गरेका छन् । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका अपाङ दम्पतीलाई अध्यक्ष राणाले खाद्य सामाग्री सहयोग गरेका हुन् । उनीहरुलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले ३० केजी चामल, […]

September 15, 2020

फुड बैंकमा सागका स्वर्ण पदक विजेता महर्जनको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनले आर्थिक रुपमा कठिनाई परेका झन्डै २ सय परिवारलाई मंगलबार खाद्यान्न सहयोग गरेका छन् । नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनको संयोजनमा लतिलपुर क्षेत्र नंं १ चापागाँउमा सञ्चालित फुड बैंकमार्फत स्वर्ण पदक विजेता महर्जनले खाद्यान्न सहयोग गरेका हुन् । राष्ट्रिय खेलकुद परिषद् […]

September 7, 2020

पारा तेक्वान्दोका खेलाडीलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस कोभिड १९ का कारण आर्थिक कठिनाई भएपछि राष्ट्रिय पारा तेक्वान्दोका खेलाडीलाई खाद्यान्य सहयोग गरिएको छ । तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ एवंम् कोटेश्वर तेक्वान्दो डोजाङको सहकार्यमा काठमाडौं ३२ वडाले खेलाडीलाई खाद्यान्न सहयोग गरेको हो । पारा तेक्वान्दो समितीका सचिव समेत रहेका ओलम्पियन दीपक विष्टको आग्रहपछि श्रेष्ठले सहयोग व्यवस्था मिलाएका […]

August 30, 2020

भिजन र पुर्णिमालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानीका भिजन तामाङ र विजेश्वरीकी पुर्णिमा बस्नेतले प्रथम काठमाडौं भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा स्वर्ण जितेका छन् । काठमाडौं जिल्ला तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगितिाको पहिलो दिन ६ स्पर्धाको नतिजा आउदा भिजनले यु–१२ पुरुष एकलमा तथा पुर्णिमाले पनि सोही विधामा स्वर्ण जित्न सफल भएकी हुन् ।पहिलो दिन मुलापानीले २ स्वर्ण, ३ […]

August 28, 2020

भर्चुअल करातेमा नेपाललाई ११ पदक

काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय भर्चुअल कराते च्याम्पियनसिपमा नेपालले ३ स्वर्णपदकसहित ११ पदक हात पारेको छ । तीन दिनसम्म फिलिपिन्समा भएको च्याम्पियनसिपमा नेपालले ३ स्वर्ण, समान ४–४ रजतपदक र कास्यपदक हात पारेको हो । नेपालकी सुविता गौतम, अनुभा मगराती र जुलिएना मोक्तानले स्वर्णपदक जितेकी हुन् । यस्तै दिप्सन सापकोटा, नान्सी क्षेत्री, रिना श्रेष्ठ […]

August 18, 2020

आर्यनलाई ‘वल्ड बुक अफ रेकर्ड’ अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कराते खेलाडी आर्यन रन्जित ‘वल्ड बुक अफ रेकर्ड’, युके अवार्डबाट मंगलबार सम्मानित भएका छन् । सानो उमेरमा खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै आर्यनलाई यो अवार्डबाट सम्मान गरिएको बताइएको छ । त्यसका लागि नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका अध्यक्ष किसनराज सिंहले पहल गरेको बताइएको छ । उनलाई गुठी […]

Success

Thank you for your time.