January 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण कोरियामा बसोबास गर्दै आएका नेपाली तेक्वान्दोर्की राजु क्षेत्रीलाई त्यहाँको न्याय मन्त्रालयले सम्मान गरेको छ । अपराध रोकथाम र स्थानीय समूहदायमा युवालाई सहि मार्गदर्शन दिन महत्वपूर्ण भुमिका निर्वाह गरेकाले मन्त्रालयले क्षेत्रीलाई सम्मान गरेको हो । न्याय मन्त्रालयबाट सम्मानित हुने क्षेत्री पहिलो नेपाली भएको बताइएको छ । मन्त्रालयका निर्देशक जङ्गसङले सम्मानपत्र पठाएर […]
December 30, 2020
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी सुमन तिमल्सिना सागा एडभेन्चर टुर्स एन्ड ट्राभल प्रालि ब्रान्ड एम्बासडरमा नियुक्त भएको छ । सागाका प्रबन्ध निर्देशक स्वच्छम गुरुङले सुमनलाई सो सम्बन्धी नियुक्ती पत्र एक कार्यक्रमबीच हस्तान्तरण गरे । त्यसवापत सागाले सुमनलाई विदेशमा हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका खेलकुद कार्यक्रममा सहभागी हुन निशुल्क हवाई टिकट उपलब्ध गराउने छ । दुवैबीच […]
December 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका सागर गुभाजुले दोस्रो भर्चुअल इन्टरसेनल तेक्वान्दो च्याम्पियनसिपको सिनियर पुरुषतर्फ स्वर्ण पदक जितेका छन् । जर्मनीमा शनिबार र आइतबार भएको च्याम्पिनसिप अन्तर्गत सागर विजेता बनेको सो समूहमा आर्मी क्लबकै ज्ञानेन्द्र हमालले रजत र भुपेन श्रेष्ठले कास्य पदक विजेतका थिए । सिनियर महिलातर्फ सन्ध्याकुमारी सिंहले रजत र युनिशा राईले कास्य […]
December 24, 2020
काठमाडौं (हाम्रो खेलकुद) – सैलुङ तेक्वान्दो डोजाङको आयोजनामा प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगिता जनवरी ८ र ९ तारिखमा हुने भएको छ । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता अपेक्षा गरिएको डोजाङ प्रमुख नोर्बु मोक्तानले जनाएका छन् । पुरुष/महिलामा समान ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुष÷महिला दुवैमा १० वर्ष, १२ वर्ष, […]
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीको संयोजनमा नेपाल तेक्वान्दो संघले पारा तेक्वान्दोको राष्ट्रिय टोलीका खेलाडीलाई ट्रयाकसुटसहित अन्य सामाग्री प्रदान गरेको छ । आठौं र नवौं सागकी स्वर्ण पदक विजेता ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य र आठौं सागका करातेका स्वर्ण पदक विजेता रवि महर्जनको संयोजनमा खेलाडीलाई ट्रयाकसुट, ब्याग, जुत्ता र ब्याग […]
December 23, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघका सह महासचिव ओमकृष्ण प्रसाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गर्दा प्रसाई समेटिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल पनि केन्द्रिय समितिमा […]
December 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – गतवर्ष स्वदेशमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ खेलाडी सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट नगद सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएकामध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मानित गरेको हो । राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी […]
December 21, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको मानसिंह डोजोले १३औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराते अनलाइन कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । मानसिंहले थप १ रजत पनि हात पारेको छ । मानसिंहका लागि महिला यु–९ मा अनु मोक्तान र पुरुष यु–१२ मा युनिक राना मगरले स्वर्ण जितेका हुन् । त्यस्तै १४–१५ वर्ष पुरुषमा अनिश मण्डल तथा महिलामा […]
December 8, 2020
नेपालगन्ज (हाम्रो खेलकुद) – नेपाल मार्सल आर्ट हाप्किडो संघ सहयोगमा बाँके जिल्ला संघले आयोजना गरेको चौथो राष्ट्रिय इन्सट्रक्टर, सेल्फ डिफेन्स एजुकेसन, लिडर सिप तथा रेफ्रि सेमिनार नेपालगञ्जमा सम्पन्न भएको छ । केन्द्रीय संघका अध्यक्ष काली बहादुर घर्ती मगर तथा मुख्य प्रशिक्षक सुस्मिता गुरुङलगायतले सहभागीहरुलाई प्रशिक्षण दिएका थिए । नेपालगञ्ज रंशालामामा भएको कार्यक्रमको उद्घाटनमा लुम्बिनी प्रदेशका […]
December 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – प्रशिक्षक कविराज नेगी लामाले पारा तेक्वान्दोमा अर्को सफलता हासिल गरेका छन् । लामो समयदेखि पारा तेक्वान्दो टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्दै आएका लामाले पारा तेक्वान्दोको लेबल–२ प्रशिक्षण कोर्स उतीर्ण गरेका हुन् । लामाले वल्र्ड तेक्वान्दो फेडरेसनको आयोजनामा मंसिर १९ देखि २१ गतेसम्म सञ्चालन भएकोे अनलाइन लेबल–२ कोर्स उतीर्ण गरेका हुन् । पारा […]