February 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले ललितपुर जिल्ला तेक्वान्दो संघलाई म्याट सहयोग स्वरुप प्रदान गरेको छ । आईओएफटीसी टिम नेपालका रामचन्द्र व्यञ्जन्कारलगायतले संघलाई एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले करिब १ लाख ५० हजार रुपैयाँ बराबरको सामाग्री सहयोग गरेको व्यञ्जनकारले जनाएका छन् । विगतमा पनि […]
February 6, 2021
नुवाकोट (हाम्रो खेलकुद) – तेक्वान्दोका आयशा शाक्य, भुपेन श्रेष्ठ, काजल श्रेष्ठ, सञ्जिव कुमार ओझा र पौडीकी गौरिका सिंह दोस्रो युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन (युयुएनटीएफ) अवार्डबाट सम्मानित भएका छन् । त्यसैगरी प्रशिक्षक तर्फ तेक्वान्दोका नोर्बु लामा पुरस्कृत भएका छन् । नुवाकोटको बट्टारमा आयोजित एक कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव राम प्रसाद थपलियाले विजेता खेलाडीहरुलाई […]
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिलिपिन्सकी इदिता प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगितामा सोमबार ‘मोस्ट पपुलर प्लेयर’ बनेकी छन् । कोटश्वर, मुलपानी, स्युचाटार र काभ्रेस्थली तेक्वान्दो डोजाङ तथा बाल गीताञ्जली र मोर्निङ ग्लोरी स्कुलको आयोजनामा प्रतियोगिता जनवरी २८ तारिखमा सम्पन्न भएपनि यो अवार्डको विजेता सोमबार मात्र घोषणा गरिएको हो । […]
February 1, 2021
काठमाडौं (हाम्रो खेलकुद)– कराते खेल विकासमा आ आफ्नो क्षेत्रबा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ३ व्यक्तित्वलाई नेपाल कराते महासंघ ललितपुरले सोमबार सम्मान गरेको छ । महासंघले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोल र नेपाल उद्योग बाणिज्य महासंघ ललितपुरका अध्यक्ष मनोजबहादुर न्याछ्योलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका […]
January 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका कमल श्रेष्ठले प्रथम नेपाल ओपन भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दोमा पुम्सेतर्फ पुरुष यू–४० ब्ल्याकवेल्टमा बुधबार स्वर्ण जितेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कमलले ७.२९ अंक जोडे । नेपालकै रेजिन लामा दोश्रो तथा नोर्बु मोक्तान र सन्जिवकुमार ओझा तेश्रो भए । पुरुष ग्रिन वेल्टमा नेपालका प्रद्युट दिवान, पुरुष रेड […]
January 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता पर्वाती गुरुङले प्रथम नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगिताको पहिलो दिन महिला पुम्सेको १८–३० वर्षमा स्वर्ण जितेकी छन् । पार्वतीले ६.८० अंक जोडिन् । इरानकी मार्याम दोश्रो तथा इरानकी सेयेदेह र मकाउकी ला हियो तोङ तेश्रो भए । सोही स्पर्धाको पुरुषमा इरानका हेसेयम […]
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदको १३औं संस्करणका दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठ र तेक्वान्दोकी आयशा शाक्य आइतबार सम्मानित भएका छन् । शान्ति फाउन्डेसन नेपालले दुवैलाई सानेपामा आयोजित एक कार्यक्रमबीच सम्मान गरेको हो ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सम्मान पत्र प्रदान गरी सम्मान गरे । मन्डेले एकल र टिम कातामा स्वर्ण जितेका […]
January 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघको बागमती प्रदेशले शनिबार पल्सर स्पोर्टस् अवार्ड २०७६ का उत्कृष्ट प्रशिक्षक नवीन श्रेष्ठ र स्पेसल अवार्डबाट पुरस्कृत आयशा शाक्यलाई सम्मान गरेको छ । पुस २८ गते आयोजना भएको अवार्डको १७ औं संस्करणमा तेक्वान्दोका मुख्य प्रशिक्षक श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए । उनको नेतृत्वमा गत वर्ष स्वदेशमा आयोजना भएको १३ […]
January 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार प्रदान गरिएको छ । २८ देखि ३० डिसेम्बरसम्म पोर्टल्यान्डबाटै सञ्चालित उक्त प्रतियोगितामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का कांस्य विजेता जित ब्ल्याकवेल्टतर्फ उत्कृष्ट खेलाडी चुनिएका थिए । युवा तथा […]
January 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओपन अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तथा हाइ स्पिड किक तेक्वान्दो प्रतियोगिता ७ विदेशीसहित १२ निर्णायकले सञ्चालन गर्ने छन् । बाँकी ५ निर्णायक नेपाली रहेको प्रतियोगिता संयोजक एवं तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । नेपाली निर्णायकमा नोर्बु लामा, हीराबहादुर थापा, मिन न्यौपाने, अशोक खड्का र विक्रम खड्गी छन् । निर्णायकको […]