September 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । लामाको प्रशिक्षणमा तेक्वान्दोकी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । पलेशाले के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । लामालाई प्रशिक्षक नियुक्त गर्न […]
September 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- प्रधानमन्त्री केपी शर्मा ओलीले पारा ओलिम्पिक्स नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले पुरस्कार राशीको कर कट्टा नगर्ने घोषणा गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पुरस्कारमा कर नकटाइ ६५ लाख रुपैयाँ नै दिने स्पष्ट गरेका हुन्। पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ […]
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्सकी कास्य पदक विजेता पलेशा गोवर्धनको सम्मानमा राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बुधवार नगरपरिक्रमा गराउने भएको छ। पेलशा , उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ । ८:३० बजे बाट पलेशासहितको एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक […]
August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५-८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्। राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर […]
August 31, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् । के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो। कास्य पदकका […]
August 29, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली भरतसिंह महत पेरिस पारालिम्पिक्सको तेक्वान्दोको आफ्नो पहिलो खेलबाटै बाहिरिएका छन्। भरत बिहीवार जापानिज खेलाडी मित्सुया तानाकासँग पराजित भएका हुन्। पेरिसस्थित ग्रान्ड पेलेसमा तेक्वान्दोको के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत तानाकासँग १३-३ अंकले पराजित भएका हुन् । भरत पेरिस पारालिम्पिक्सको पहिलो चरणबाट बाहिरिए। एकपक्षीय खेलमा उनी एक समय १२-० ले पछि परिसकेका […]
August 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पेरिस पारालिम्पिक्समा छनोट भएकी ओलम्पियन पलेशा गोवर्दनले भेनेन्जुएलाकी भलेरिया मोराल्सलाई पहिलो चरणमा प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी छिन्। पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन्। आज भएको ड्र अनुसार पलेशाले बिहीवार पहिलो चरणको खेल जितेमा दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नुपर्नेछ। यो स्पर्धामा […]
August 26, 2024
एजेन्सी – मकाउमा आयोजना भएको ग्रेटर बे कप अन्तर्राष्ट्रिय तेक्वान्दो सिरिजमा नेपालका असिम श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । क्याडेटको पुरुष ३६ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका असिमले रजत पदक जिते पनि समग्रमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । प्रतियोगितामा सिनियरतर्फको ह्यान्ड ब्रेकिङमा डेनिड विकले पहिलो स्थान हात पारेका छन् । यस्तै सिनियर पुरुष ८० […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघले उपप्रधान मन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनलाई शुक्रवार स्वागतसहित बधाई दिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय डोजोमा आयोजित कार्यक्रममा कराते महासंघका महासचिव दावा गुरुङले उनीहरुलाई बधाई दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना […]
August 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता करातेकी एरिका गुरुङलाई राइट पाथ कन्सल्टेन्सी ग्रुपले ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले शुक्रवार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, […]