June 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्वान मुकान कराँते डो संघको संस्थापक तथा प्रमुख प्रशिक्षक जनक सुवेदीको पहलमा निषेधाज्ञाका कारण असहज स्थितिमा रहेका विभिन्न खेलमा आबद्ध खेलाडी र उनको परिवारसँगै दैनिक ज्याला मजदुरी गर्ने र अशक्त परिवारलाई रासनसँगै औषधी उपचारको लागि केही आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल क्वान मुकान कराँते डो संघको केन्द्रिय कार्यालय […]
June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोभिड १९ को दोस्रो लहरका कारण गरिएको निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेको सुकुम्वासी परिवारलाई खाद्यान्न वितरण गरिएको छ । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं प्रशिक्षक अशोक खड्काको पहलमा जोरपाटी निवासी तेक्वान्दोकै पूर्व प्रशिक्षक राजकुमार ढुंगानाको सहयोगमा कागेश्वरी नगरपालिका वडा ६ स्थित मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला छेउमै रहेको सुकुम्वासी टोलका ११ परिवारलाई ३० […]
June 9, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दोका राष्ट्रिय खेलाडीलाई खाद्यान्न र नगद सहयोग गरिएको छ । कोडिभको दोस्रो लहरका कारण खेलाडी आफ्ना खेलाडी कठिनाईमा परेकाले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा कमिटि आफ्ना खेलाडी सहयोग गरिएको बताएको छ । निषेधाज्ञको कारण पाराका खेलाडीहरु मर्कामा परेकाले आफ्ना खेलाडी बुधबार दिपेश महत, राम बहादुर अधिकारी, लोकराज शाही, पलेशा गोर्वधन, […]
June 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – डेढ वर्षअघि घरेलु भुमिमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेको तर्फबाट नेपाललाई दोहोरो स्वर्णपदक दिलाएका मन्देकाजी श्रेष्ठले जेएसएसबी पेन्डामिक अफ कोभिड रेस्कस टिमलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् । श्रेष्ठले कोरोना महामारीको समयमा शव व्यवस्थापनमा खटिदै आएको जेएसएसबी टिमलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद (राखेप) मा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका […]
May 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कोरोना भाइरस (कोडिभ–१९) को दोस्रो भेरिएन्टको जोखिम नियन्त्रण र रोकथाम गर्न लागू गरिएको निशेधाज्ञाका कारण समस्यामा परेका व्यक्ति र परिवारलाई सहयोग गर्न तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं पूर्व खेलाडी अशोक खड्का अग्रसर छन् । समस्यामा परेकालाई सहयोग गर्न खड्काले आफ्नै नेतृत्वमा व्यक्तिगत तथा देश÷विदेशमा रहेका मनकारी नेपालीहरुको सहायतामा आर्थिक सहयोग जुटाउदै ‘सबैका […]
May 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का उपाध्यक्ष दिनेश दाहालको शनिबार निधन भएको छ । उनको कोरोना संक्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी धापाखेलस्थित सुमेरु अस्पतालमा भेन्टिलेटरमा उपचाररत थिए । तेक्वान्दोको पहिलो गीत मानिएको ‘छाती माथि सेतो हिमाल, हिउँ जस्तै पहिरन’ बोलको गीत स्व. […]
May 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – क्योकुसिन करातेका पहिलो ब्याचका खेलाडी रामजीप्रसाद बज्राचार्यको मंगलबार निधन भएको छ । उनको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणका कारण निधन भएको हो । गत १६ गते कोरोना संक्रमित भएपछि बज्राचार्यलाई उपचारका लागि गणेशमान सिंह मेमोरियल अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति खराब भएपछि गत १९ गते वज्राचार्यलाई थप उपचारका […]
April 17, 2021
हिमाल खरेल,बिर्तामोड गएको एक वर्ष कोरोना भाइरसका कारण ठप्प बनेको खेलकुद क्षेत्र यो सालमा जुर्मुराउन थालेको छ । यसैको संकेत हो झापाको बिर्तामोडमा हुन लागेको ‘प्रथम वीरता राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०७८’ । सातवटा प्रदेश, तीनवटा विभागीय टिम र आयोजक गरी ११ टिमले सहभागिता जनाउने प्रतियोगिता बैशाख २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने वीरता जेसीजका अध्यक्ष […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आईकेकेएफका थमप्रकाश खड्काले प्रथम अल नेपाल फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा बुधबार स्वर्ण जितेका छन् । नेपाल क्योकुसिन कराते संघ आईकेएद्वारा आयोजित प्रतियोगिताको फाइनलमा थमले आईकेए दोलखा डोजोका सुवास थामीलाई पराजित गरे । सिनामंगलमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा आईकेए केन्द्र डोजोका कमल पहाडीले आईकेकेएफका प्रज्ज्वल थापा, ३५ केजीमा आईकेए […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय […]