default_image

मार्सल आर्टस्

July 12, 2021

अशोकलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोश्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–४० उमेरसमूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अंक जोड्दै स्वर्ण जिते । यो स्पर्धामा विभिन्न राष्ट्रका १३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । इन्डोनेसिया दोश्रो तथा मलेसिया तेश्रो भए । अल्मा तेक्वान्दो क्लब, मलेसियाद्वारा आयोजित प्रतियोगिता […]

July 8, 2021

पारा खेलाडी र कमिटीलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – जापानको मिकीसिटीस्थित एनपीओ रारीगुराँसले नेपाल पारा तेक्वान्दो कमिटी र पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोगका लागि खेल पोशाक प्रदान गरेको छ । रारीगुराँसका अध्यक्ष अकेमी मिजुबाले पठाएको १ लाख रुपैयाँ रारीगुराँसका नेपाल अध्यक्ष रोशन श्रेष्ठले कमिटीका संयोजक समेत रहेका नेपाल तेक्वान्दो संघका कोषाध्यक्ष कसिम मियाँ धोबीलाई बिहीबार हस्तान्तरण गरे । सोही अवसरमा […]

June 25, 2021

सोनियाले ओलम्पिक खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – जुडोकी सोनिया भट्टले टोकियो ओलम्पिक खेल्ने भएकी छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता भट्टले टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेको नेपाल आलम्पिक कमिटी (एनओसी) ले जनाएको छ । जुडो इन्द्रबहादुर श्रेष्ठको नाम पनि वाइल्ड कार्डका लागि सिफारिस गरिएको थियो । १३ औं सागमा कास्य […]

June 23, 2021

‘ओलम्पिक डे’को अवसरमा पाममा मैत्रीपुर्ण जुडो

काठमाडौं (हाम्रो खेलकुद) – बन्दी सहायता नियोग (पाम) ले मैत्रीपुर्ण जुडो प्रतियोगिता आयोजना गर्दै ओलम्पिक डे २०२१ मनाएको छ । पामले आफ्नो डोजो पाम जुडो डोजो एकलटार रानीबनमा चार समुह बनाई जुडो प्रतियोगिता आयोजना भएको हो । बेस्ट अफ थ्रीको आधारमा ३६ खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा ५ देखि १० समूह ‘ए’, १० देखि १४ समूह […]

June 22, 2021

उसु महासंघद्वारा राहत वितरण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु महासंघले निषेधाज्ञाका कारण समस्यामा परेका काठमाडांै उपत्यकाका आफ्ना खेलाडीहरुलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण समस्यामा परेका खेलाडीहरुलाई विभिन्न स्थानमा पुगेर खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेका हुन् । महासंघले मनमैजु, जावलाखेल र बौद्धमा राहत वितरण गरेको हो । खेलाडीहरुलाई राहत सामग्री […]

June 20, 2021

एनआरएनए स्पोर्ट्स एकेडेमीद्धारा खेलकर्मीलाई राहत

काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासिय नेपाली संघको एनआरएनए स्पोर्ट्स एकेडेमीले समस्यामा परेका खेलकर्मी तथा खेलाडीलाई खाद्य सामग्री सहयोग गरेको छ । प्रवासी नेपाली खेलाडी र खेल प्रेमीहरुको खेलकुद निकाय, यस गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले नेपालमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहर र महामारी नियन्त्रणका लागि गरिएको लकडाउनको कारण समस्यामा परेका काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने […]

June 17, 2021

तेक्वान्दो खेलाडी अमनलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकर्मीलगायतले रकम संकलन गरी १३ वर्षीय तेक्वान्दो खेलाडी अमन तामाङको स्वास्थ उपचारका लागि बिहीबार आर्थिक सहयोग प्रदान गरेका छन् । लाजिम्पाटस्थित कान्ति बाल अस्पतालमा उपचाररत अमनलाई बागमती प्रदेश तेक्वान्दो संघको तर्फबाट सचिव उमेश नकर्मीले २० हजार तथा काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले संकलित ३० हजार रुपैयाँ अमनका पिता अमरलाई […]

June 16, 2021

पलेशाले पारालिम्पिकमा भाग लिने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले टोकियो पारालिम्पिक खेल्ने सहभागिता निश्चित भएको छ । जापानमा भदौ १७ देखि १९ गते सम्म हुने पारालिम्पिकका लागि पलेशाले क्याटागोरी ४४ अन्तर्गत ५९ केजी तौल समूह मुनीमा वाइल्डकार्ड प्राप्त गरेको नेपाल तेक्वान्दो संघले जनाएको छ । वाइल्ड कार्डका लागि संघले पलेशासँगै रञ्जना धामीका लागि पनि सिफारिस […]

June 15, 2021

मन्देकाजीको संयोजकत्वमा गुठी समाजलाई सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठको संयोजकत्वमा कालिका नगरकोटी गुठी समाजद्धारा सञ्चालित आइसोलेसन वार्डलाई अक्सिजन सिलिन्डर प्रदान गरिएको छ । कोभिड–१९ को दोस्रो लहर चलेसँगै गुठीले सञ्चालन गरेको आइसोलेसन वार्डलाई समाजसेवी एवम् सभासद बिमल केडियाको विशेष सहयोगमा प्राप्त अक्सिजन सिलिन्डर प्रदान गरिएको दोहोरो स्वर्णधारी मन्देकाजीले जानकारी गराए […]

June 12, 2021

पारा तेक्वान्दो खेलाडीलाइ लोकतान्त्रिक खेलकुदको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – फाईट अगेन्स कोभिड भन्ने नाराका साथ कोभिडबाट अक्रान्त रहेका र असहज अवस्थामा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक, खेल प्रशिक्षक र खेलकर्मीलाई सहयोग गर्ने अभियान अन्तरगत शनिबार नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले पारा तेक्वान्दोका खेलाडीहरुलाई सहयोग गरेको छ । पारा तेक्वान्दोका ६ जना राष्ट्रिय खेलाडीहरुलाई जनही ४–४ हजार र पौष्टिक आहारको प्याकेजसहित […]

Success

Thank you for your time.