default_image

मार्सल आर्टस्

September 4, 2021

मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको […]

September 4, 2021

जापानमा पलेशालाई २ लाख ५० हजारसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो प्यारालिम्पिकका तेक्वान्दोमा दुई फाइट जितेकी पलेशा गोबद्र्धनलाई गैर आवासिय नेपाली संघ (एनआरएनए) जापानको कान्तो क्षेत्रिय समितिले स्वागत र नगदसहित सम्मान गरेको छ । कान्तो क्षेत्रिय समितिले पलेशालाई २ लाख ५० हजार, उनका प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार, ओलम्पियन दीपक विष्टलाई ४० हजार र नेपालको पारा तेक्वान्दो समितिलाई […]

September 3, 2021

सागका स्वर्णधारी कमललाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा साँढे दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १८–३५ वर्ष उमेरसमूहमा नेपाल प्रहरीका कमलले ७.७३ अंक जोडे । ७.३९ अंकसाथ प्रहरीका प्रेमबहादुर लिम्बू तथा ७.३० अंकसाथ प्रहरीकै […]

September 3, 2021

स्याबास पलेशा, क्याबात पारा तेक्वान्दो

प्रकाश तिमल्सिना, काठमाडौं नेपाली खेलकुदको इतिहास पल्टाउने हो भने तेक्वान्दो खेलले नेपालीलाई निराश पारेको छैन । सधैं आशा दिलाएको छ । चाहे एसियाली खेलकुदमा व्यक्तिगत तर्फको सबै भन्दा ठूलो पदक होस् वा छनोट पार गरेरै ओलम्पिक खेल्ने इतिहास, यो सबै सफलताका गाथा तेक्वान्दो खेलाडीले नै रचेका छन् । सन् १९९८ मा बैंककमा भएको एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी […]

September 3, 2021

पारालिम्पिक : पलेशा ऐतिहासिक पदकबाट बन्चित

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा पराजित भएकी छिन् । चीनकी युजी लीसँग १२-९ ले पराजित भएपछि पलेशा नेपाली खेलकुदको इतिहासमा पहिलो ओलम्पिक पदक जित्नबाट बन्चित भइन् । यो खेल जितेको अवस्थामा उनले कास्य पदक हात पार्ने थिइन् । कास्य पदक भिडन्तमा चीनकी लीसँग पहिलो राउन्डमा पलेशाले ४-२ को […]

September 3, 2021

पारालिम्पिक : पलेशा कास्य पदक नजिक

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धन रेपेचेजतर्फ फाइनलमा प्रवेश गरेकी छिन् । रेपेचेजको सेमिफाइनलमा सर्बियाकी मारिया मिसेभलाई पराजित गरेपछि पलेशाले कास्य पदकका लागि चीनकी युजी लीसँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहको पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी थिइन् । पलेशा २१–८ ले […]

September 3, 2021

पारालिम्पिक : पलेशा पहिलो खेलमा पराजित, पदकको लागि अर्को मौका

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकको तेक्वान्दोमा पलेशा गोवर्द्धनको स्वर्ण पदकको यात्रा टुंगिएको छ । उनी पहिलो खेलमा पराजित भएकी छिन् । अब उनले कास्य पदकको लागि भने अर्को चरण प्रतिस्पर्धा गर्नुपर्ने छ । महिला के४४ विधाको ५८ केजी तौल समूहको वरियतामा आफू भन्दा माथि बेलायतकी बेथ मुनरोसँग पलेशा पराजित भएकी हुन् । पलेशा २१–८ ले पराजित भएकी हुन् । अब दिउँसो २:१५ बजे रेपेचेजतर्फ […]

August 31, 2021

पलेशाले बेलायतकी बेथसँग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – टोकियो २०२० पारालिम्पिकमा नेपालको एकमात्र प्रतिनिधि पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले पहिलो चरणमा बेलायतकी बेथ मुनरोसँग खेल्ने भएकी छिन् । महिला के४४ विधाको ५८ केजी तौल समूहमा उनले प्रि-क्वाटरफाइनलमा खेल सुरु गर्दैछिन् । कुल ११ खेलाडीले प्रतिस्पर्धा गर्ने यस तौल समूहमा ५ खेलाडीले भने सिधै क्वाटरफाइनलमा स्थान बनाएका छन् । पलेशा […]

August 28, 2021

बागलुङ तेक्वान्दोमा बोहरा अध्यक्ष

बागलुङ (हाम्रो खेलकुद) – कर्णबहादुर बोहरासहितको अध्यक्षतामा ९ सदस्यीय बागलुङ जिल्ला तेक्वान्दो संघ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बागलुङ बजारमा शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले संघको उपाध्यक्षमा ओमकार थापा, सचिवमा नन्दु विष्ट, कोषाध्यक्षमा कल्पना श्रेष्ठ चयन भए । निर्वाचन समितिका संयोजक राम शर्माका अनुसार संघको सदस्यमा टकबहादुर बोहरा, चन्द्र गर्वुजा, कृष्ण केसी, अरविन थापा […]

August 27, 2021

काठमाडौं तेक्वान्दोको आर्थिक सहयोग

हाम्रो (खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघले तेक्वान्दो खेलाडी दीपिका कार्कीको स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । निमोनिया भएपछि १३ वर्षीया दीपिकालाई उपचारका लागि महाराजगन्जस्थित कान्ति अस्पतालमा साताअघि भर्ना गरिएको थियो । दीपिकाको परिवारको आर्थिक अवस्था कम्जोर भएकाले काठमाडौं जिल्लाले उनको स्वास्थ्य उपचारका लागि सहयोग जुटाउन पहल गरेको अध्यक्ष अशोक खड्काले […]

Success

Thank you for your time.