September 18, 2021
काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी राजु नगरकोटीले फ्लोरिडा ओपन इन्टरनेसनल अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । गत साता भएको च्याम्पियनसिपमा राजुले ४० वर्षमाथिको उमेर समूहमा स्वर्ण पदक जितेका हुन् । राजुका अनुसार उनको उमेर समूहमा अमेरिका, फ्रान्स, अष्ट्रेलिया, स्विट्रजल्यान्ड, फिलिपिन्स, स्लोभानियाका खेलाडीलाई पछाडि पारेका थिए ।
September 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय तेक्वान्दो खेलाडीको टोलीले टोकियो पारालिम्पिक २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई सम्मानित गरेका छन् । बिहीबार एक कार्यक्रमको आयोजना गर्दै राािष्ट्रय तेक्वन्दो टोलीले पलेशालाई नगद ७ हजारसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको हो । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नरहरिपुर डोजोले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ३ स्वर्ण, २ रजत र ३ कांस्यसाथ नरहरिपुर समग्रमा टिम च्याम्पियन बन्यो । शंखधर शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा वादोकाइ दोश्रो भयो । वादोकाइले ३ स्वर्ण र २ कांस्य जित्यो । २ स्वर्ण, १ रजत र […]
September 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्पm दुई स्वर्णपदक जितेका छन् । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेरसमूहको स्पोर्ट्स र टे«डिसनलपुम्सेमा स्वर्ण जितेका हुन् । सन्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् । सन्जीवले ६ अंक बटुल्दा क्लेभले […]
September 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गरे । पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप […]
September 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा नेपाली पारालिम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल […]
September 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमतीले टोकियो पारालिम्पिकमा दुई बाउट जित्न सफल पलेशा गोवर्धन श्रेष्ठ र टोलीलाई नगदसहित सम्मानित गरेको छ । संघले पारालिम्पिकमा दुई बाउट जित्दै नेपालको शिर उचो पारेको भन्दै पुर्व घोषित निर्णय अनुसार एक बाउटको २० हजार गरि दुई बाउट जित्न सफल पलेशलाई ४० हजार रुपैयाँ र सम्मान पत्रले […]
September 8, 2021
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले डेजो एम्बिसी सिप सेचो इन्टरनेसनल ओपन तेक्वान्दो पुम्से अनलाइन च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी छिन् । त्रिभुवन आर्मी क्लबकी खेलाडी समेत रहेकी आयशाले पुम्से ए लिग महिला सिनियर ४० वर्ष मुनिको समूहमा स्वर्ण पदक जितेकी हुन् । उनले पुम्से […]
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्वान्दो संघद्वारा आयोजित १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन् । दक्षिण कोरियोको आयोजनामा हुने विश्व कोरियन एम्बासडर भर्चुअल पुम्से प्रतियोगितका लागि नेपालबाट ११ खेलाडी छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । […]
September 7, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन र प्रशिक्षक कविराज नेगी लामालाई नगदसहित मंगलबार सम्मानित गरेको छ । संघले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताका समापनका अवसरमा पलेशालाई नगद ५० हजार तथा लामालाई १० हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरियो । पलेशाले पारालिम्पिकमा […]