October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोण उसु क्वानका प्रज्ज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमा बुधबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका लब्सन आले मगर दोश्रो भए । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् । […]
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २० र २१ असोजमा दशरथ रंगशालास्थित मिनि कभर्डहलमा हुनेछ । प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौमा २० र थाउलोमा […]
October 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी मन्देकाजी श्रेष्ठले जर्मनीमा भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा दोहोरो स्पर्णपदक जित्न सफल भएका छन् । मन्देले सिनियर एकल काता र ३० वर्षमाथिको उमेर समूहमा स्वर्ण जित्न सफल भएका हुन् । यस्तै च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण र २ कास्यपदक जित्न सफल भएको टिमका […]
October 2, 2021
भैरहवा (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनलाई अटेर गर्दै नेपाल तेक्वान्दो संघले निर्वाचन गरेको छ । तेक्वान्दोले निर्वाचन प्रक्रिया तथा चौथो महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएपछि राखेपले असोज १२ गते सुचना जारी अर्को व्यवस्था नभएसम्मका लागि निर्वाचन तथा चौथो महाधिवेशन रोक्न निर्देशन दिएको थियो । संघको निर्णयानुसार गर्ने भनिएको निर्वाचन र चौथो महाधिवेशन […]
October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले रसियाको मस्कोमा सुरु भएको कराते वान प्रिमियर लिगमा विजयी सुरुवात गरेकी छिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनुले ५५ केजी कुमुतेमा आफू भन्दा माथिल्लो वरियताकी स्पेनिस खेलाडीलाई ४–१ ले हराउँदै अर्को चरणको यात्रा पक्का गरेकी हुन् । करातेको विश्व वरियताको १ सय ६३ औंमा […]
September 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन बिहीबार जर्मनीको चिम्निज जाँदैछन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगिताको पुरुष एकल काता मन्दे तथा ७५ केजीमुनि मुकुन्द्र महर्जनले प्रतिस्पर्धा गर्नेछन् । दुवै १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । उक्त सागमा मन्डेले दोहोरो […]
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा सहभागी हुन कराते खेलाडी सुमन तिमल्सिना बिहीबार जर्मनीको चिम्निज जाँदै छन् । अक्टोबर २ तारिखमा हुने प्रतियोगितामा सुमनले पुरुष सिनियर कातामा प्रतिस्पर्धा गर्नेछन् । अफिसियलमा स्वछम गुरुङ छन् । टोलीको हवाइ टिकट गोंगबुस्थित सागा एड्भन्चर टुर्स एन्ड ट्राभल्सले प्रायोजन गरिदिएको हो । टोलीलाई सफलताको शुभकामना दिदै […]
September 28, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी अनु अधिकारीले रसियाको मस्को सहरमा आयोजना हुने ¥याङकिङ प्रतियोगिता समेत रहेको कराते वान प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । उनलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाल, राखेपका सदस्य पुरेन्द्र विक्रम लाखे र प्रशिक्षक दीपक श्रेष्ठलगायतले बिदाई गरे । खेलाडीलाई […]
September 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी […]
September 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन मंगलबार १ लाख नगदसहित सम्मानित भएकी छन् । नेपाल तेक्वान्दो संघ उपाध्यक्ष एवं सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले पूर्व घोषित पुरस्कार मंगलबार पलेशालाई प्रदान गरेका हुन् । महर्जनले पलेशालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । टोकियो पारालिम्पिकमा पलेशाले २ खेल जितेकी […]