default_image

मार्सल आर्टस्

karate

November 16, 2021

करातेमा फेरि अर्को झमेला !

काठमाडौं (हाम्रो खेलकुद)– नेपालको कराते लामो समयदेखि विवादमा रहँदा पटक पटक खेलाडीले पीडा भोग्दै आएका छन् । एसियाली खेलकुदमा समेत दुई अलग अलग टोली भएर दक्षिण कोरिया पुगेको इतिहास भएको नेपाली करातेका खेलाडी यसपटक नाम दर्ता भएर पनि विश्व कराते च्याम्पियनसिप खेल्नबाट बञ्चित भएका छन् । विश्व कराते महासंघको आयोजनामा दुबईमा सोमबार सुरु भएको च्याम्पियनसिपमा […]

November 13, 2021

पलेशा र कविराज सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती […]

November 12, 2021

सोतोकान कराते टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८औं एसकेडियुएन बिश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ । संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा शुभकामना सहित बिदाई गरे । कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका […]

November 10, 2021

जिम्न्याष्टिक टोलीलाई प्रमाण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए । अक्टोबर २६ […]

November 10, 2021

श्रेष्ठ उत्कृष्ट निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् […]

November 3, 2021

सागका स्वर्ण पदक विजेता आयशा र निशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी निशा […]

November 2, 2021

तेक्वान्दो टोली पाकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ जाने भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कासहित नेपालबाट ६ निर्णायक सहभागी हुँदैछन् । त्यस्तै ६ खेलाडी, तथा १-१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुनेछन् । […]

November 2, 2021

पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा साँस्कृति कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।जर्मनीमा अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा ३ नेपाली पुरुष खेलाडीले सहभागिता जनाएका थिए । तीनै खेलाडी दोहोरो पदक जित्न सफल भएका […]

October 29, 2021

पलेशालाई आईओएफटिसीको १ लाखसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) ले टोकियो पारालिम्पिक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ । दुई महिना अघि भएको टोकियो पारालिम्पिक दुई फाइट जित्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् । रिपिचेजबाट अघि बढेकी […]

October 24, 2021

जिम्न्याष्टिक टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आइतबार बदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाई गरे । नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ […]

Success

Thank you for your time.