November 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए । अक्टोबर २६ […]
November 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् […]
November 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी निशा […]
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सीओएसएस पाकिस्तान ओपन जी वान तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली त्यसतर्फ जाने भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा हुने प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कासहित नेपालबाट ६ निर्णायक सहभागी हुँदैछन् । त्यस्तै ६ खेलाडी, तथा १-१ प्रशिक्षक र आफिसियल पनि सहभागी हुनेछन् । […]
November 2, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले चेम्निज अन्तर्राष्ट्रिय ओपन कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई मंगलबार सम्मान गरेको छ । विजयादशमी र तिहारको उपलक्ष्यमा आयोजित शुभकामना आदान–प्रदान तथा साँस्कृति कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।जर्मनीमा अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा ३ नेपाली पुरुष खेलाडीले सहभागिता जनाएका थिए । तीनै खेलाडी दोहोरो पदक जित्न सफल भएका […]
October 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) ले टोकियो पारालिम्पिक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ । दुई महिना अघि भएको टोकियो पारालिम्पिक दुई फाइट जित्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् । रिपिचेजबाट अघि बढेकी […]
October 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आइतबार बदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाई गरे । नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ […]
October 21, 2021
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले बिहीबार दुई मन्त्रीलाई स्वागत गरेको छ । संघले श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजलाई सयुक्त रुपमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । संघले हरेक पटक नयाँ खेलकुद मन्त्री नियुक्त भएपछि स्वागत गर्दै आएको छ । त्यहि क्रममा गहतराजलाई […]
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन् । उनले सर्वाधिक ७५ अंक हासिल गरे । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित ग्रेडिङमा सुदूरपश्चिमकै गोविन्द कठायत दोश्रो तथा बागमती प्रदेशकी सुजिता तामाङ तेश्रो भए । गोविन्दले ६७ तथा सुजिताले ६२ अंक ल्याएको […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गोविन्द कठायत र सुस्मिता तामाङ यु–१८ ब्ल्याक वेल्ट मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको पुरुष ५५–६० केजीमा विकेशराज श्रेष्ठ र जीवन लोहार, ५०–५५ केजीमा कुलमान तामाङ र गोविन्द कठायत, ४५–५० केजीमा साजन तामाङ र प्रेम गुरुङ, ४०–४५ केजीमा सचिन बोगटी र निराजन बुढाथोकी तथा ३५–४० केजीमा निरज […]