default_image

मार्सल आर्टस्

January 4, 2022

बंगलादेशमा नेपाललाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप २०२१ म नेपाल सितेरियो करातेका खेलाडीहरुले ४ स्वर्ण पदक हात पार्न सफल भएका छन् । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा डिजेन डोल्मा लामा कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरिन् । यस्तै पासाङ तामाङले […]

January 3, 2022

आईओएफटीसीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले च्यासल तेक्वान्दो डोजाङलाई खेल सामाग्री सहयोग गरेको छ । आईओएफटीसी टिम नेपाल मार्फत करिब १ लाख रुपैयाँ बराबरको म्याट च्यासललाई प्रदान गरिएको हो । टिम नेपालले च्यासलका डोजाङ प्रमुख रामचन्द्र ब्यञ्जनकारलाई सोमबार एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।

December 31, 2021

जुम्ल्याहा दाइभाइलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – जुम्ल्याहा दाइभाइ राम र लक्ष्मण गोलेले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बाग्मती प्रदेश तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको सिनियर पेयर पुम्सेमा नेपाल प्रहरीका राम र लक्ष्मणको जोडीले स्वर्ण जितेका हुन् ।एपीएफकी चन्दु शाही र मनोज श्रेष्ठ दोश्रो भए । लुम्बिनी प्रदेशका एलिजा रोकाया र भेष्राज सुनार […]

December 29, 2021

सोतोकान टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – तीसौं विनोय सरकार खुला कराते च्याम्पियनसिपमा सहभागी हुने २१ खेलाडीसहित २६ सदस्यीय नेपाली सोतोकान कराते टोली बिहीबार भारतको कोलकाता जाने भएको छ । नेपाल सोतोकान कराते संघका महासचिव समेत रहेका प्रमुख प्रशिक्षक श्याम शेर्पाको नेतृत्वमा जाने टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीलगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । […]

December 29, 2021

मेयर कप राष्ट्रिय तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेश तेक्वान्दो संघको आयोजनामा प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकसहित सातै प्रदेश, एपीएफ, नेपाल प्रहरी र नेपाली सेनाका गरी ११ टोलीको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष केशव पुरीले जानकारी गराए । प्रतियोगितामा ग्योरोगीतर्फ १६ तथा पुम्से तर्फ ८ स्पर्धा समावेश […]

December 27, 2021

मन्जु च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी मन्जु विक १७ औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिताअन्तर्गत महिला खुला तौलसमूहमा सोमबार पहिलो भएकी छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा मन्जुले सो क्योकुसिनकी शिवानी श्रेष्ठलाई पराजित गरिन् ।केडब्लुडब्लुकी करिष्मा कार्की तेश्रो तथा आईकेकेएफकी चन्दाकुमारी भुजेल चौथो […]

December 26, 2021

एटेमी करातेको बेल्ट टेस्ट

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं । नेपाल एटेमी क्योकुसिन कराते संघको जुनियर बेल्ट टेस्ट सम्पन्न भएको छ । तारकेश्वर–२, देवीथानमा आयोजना भएको बेल्ट टेस्ट कार्यक्रममा ७५ जना खेलाडी सहभागी भएको नेपाल एटेमी कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए । बेल्ट टेस्टमा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मनमैजुमा रहेको एकीकृत सिर्जनशील समाजका […]

December 26, 2021

बुदोकैदो टोली दिल्ली प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – एसियाली शिख गेम्सअन्तर्गत बुदोकैदो करातेमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा शैलेन्द्र महर्जन, सिरुस भुजु, सुजल महर्जन, सतिश बलामी, नरेन्द्र महर्जन, समिर महर्जन, प्रवीण तामाङ र आइशा लामा काठमाडौंबाट प्रस्थान गरेका हुन् । प्रतियोगितामा नेपालबाट जम्मा […]

December 26, 2021

राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज […]

December 26, 2021

प्रदेश स्तरीय तेक्वान्दोमा सुर्खेत च्याम्पियन

सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । १४ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित सुर्खेत च्याम्पियन बनेको हो । रुकुम ४ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ दोस्रो तथा सल्याण १ स्वर्ण, १ रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहेको थियो । प्रदेशमा […]

Success

Thank you for your time.