April 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हांग्झोउमा सेप्टेम्वरमा हुने १९औं एसियन गेम्स (एसियाड) का लागि जुडोबाट १४–१४ पुरुष÷महिला गरी २८ खेलाडी प्रारम्भिक चरणलाई छनोट भएका छन् । प्रत्येक तौलसमूहबाट २–२ गरी १४ स्पर्धामा २८ खेलाडी छनोट भएको नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । पुरुष ६० केजीमुनि नेपाल प्रहरीका उमेश मगर र बन्दी सहायता […]
April 30, 2022
काठमाडौं (हाम्रो खेललकुद)– १३ औं दक्षिण एसियाली खेलकुदमा करातेतर्फ स्वर्ण पदक जित्नेसहित ३२ खेलाडी १९ औं एसियाली खेलकुद (एसियाड) को बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । लैनचौरस्थित टेबलटेनिस हालमा शनिबार सम्पन्न छनोटमा ८ इभेन्ट्समा सेमिफाइनल पुग्ने समान ४ खेलाडी एसियाडको बन्द प्रशिक्षणका लागि छनोट भएका हुन् । जसमा महिला र पुरुषतर्फ एकल काता र […]
April 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – कराते खेलाडी छनोटको पहिलो दिन शुक्रबार विभिन्न ३ स्पर्धामा १२ खेलाडी प्रारम्भिक छनोटमा परेका छन् । प्रत्येक स्पर्धामा शीर्ष ३ स्थान हात पार्ने खेलाडीलाई पहिलो चरणमा छनोट गरिएको हो । बाँकी ५ स्पर्धाका खेल छनोटको अन्तिम दिन शनिबार हुने छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष एकल कातामा एपीएफका […]
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङझावमा सेप्टेम्बरमा हुने १९ औं एसियाली खेलकुदका लागि कराते खेलको खुला राष्ट्रिय कराते छनौट प्रतियोगता शुक्रबार देखि हुने भएको छ । पुरुषतर्फ –६०,–७५,–८४ र एकल काता तथा महिलातर्फ –५५,–६८, +६८ र एकल काता गरी ८ स्पर्धामा प्रतिस्पर्धा हुने छ । त्यसैगरी उक्त छनौट प्रतियोगितामा सहभागी हुन निम्नानुशार मापदण्ड पनि तोकिएको […]
April 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले स्विडेन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन् । त्यसका लागि खड्का बिहीबार स्विडेनको स्टोकहोम प्रस्थान गरेका छन् । प्रतियोगिता अप्रिल ३० देखि मे १ तारिखसम्म हुने छ । अशोक विश्व तेक्वान्दोको सेकेन्ड क्लास अन्तर्राष्ट्रियक हुन् ।
April 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको राष्ट्रिय खेलाडी कल्याणकारी कोषले स्वास्थ्य उपचार गराइ रहेका विभिन्न ५ खेलका ६ खेलाडीलाई मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ । ६ खेलाडीलाई ५ लाख ५६ हजार ८ सय ४३ रुपैयाँ हस्तान्तरण गरिएको हो । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिएका एथलेटिक्सका जितबहादुर केसी र करातेका विष्णु नेपालीलाई […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काजोल म्युजिक प्रालिले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको हो । लामाको हाल टिचिङ अस्पतालको आईसीयु उपचार भइरहेको छ । उनलाई निमोनिया भएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक […]
April 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना भएको युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा नेपालले चार पदक जितेको छ । अमेरिकामै रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमीबाट चार खेलाडीले नेपालको प्रतिनिधित्व गर्दा दुई खेलाडीले दोहोरो पदक जित्न सफल भएका हुन् । ८–९ वर्षको उमेर समूहको ब्वाइजमा याङ्तेन लामाले दुई रजतपदक तथा १४–१५ […]
April 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दै छन् । प्रतियोगिता सोमबारदेखि दक्षिण कोरियाको गोयाङमा सुरु हुँदै छ । तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ । नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा […]