default_image

मार्सल आर्टस्

December 3, 2022

राखेपका पूर्व कोषाध्यक्ष महर्जनलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – जिल्ला प्रमुख डोजो, ललितपुर, लगनखेलले गत मंसिर ४ गते सम्पन्न आम निर्वाचनको प्रदेश सांसद विजयी भएका मिनकृष्ण महर्जनलाई शनिबार बधाई तथा शुभकामना प्रदान गरेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व कोषाध्यक्षसमेत रहेका महर्जन डोजोका संरक्षक एवम् संस्थापक हुन् । आयोजक डोजो र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष […]

December 2, 2022

उसु टोली इन्डोनेसियातर्फ

काठमाडौं (हाम्रो खेलकुद) – आठौं विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली उसु टोली शनिबार इन्डोनेसियाको वेन्टेम प्रस्थान गर्ने भएको छ । डिसेम्बर ३ देखि ११ तारिखसम्म हुने प्रतियोगितामा एक-एक पुरुष र महिला खेलाडीले थाउलोको स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । पुरुष नान् छ्वान, नान गुन र नान दाउमा एलिश मरिक तथा महिला […]

December 2, 2022

नेपालले विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्स खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – साउदी अरबियाको रियादमा हुने विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोलीलाई शुक्रबार बिदाइ गरिएको छ । यही डिसेम्बर ८ देखि १० तारिखसम्म हुने प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । के– ४४ क्याटगोरीअन्तर्गत ५७ केजीमुनि पारा ओलम्पियन पलेशा गोबद्र्धन र ५२ केजीमुनि सिर्जना […]

November 30, 2022

च्याम्पियन मार्सल आर्ट्सको टोली मलेसिया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – मलेसियाको क्वालालम्पुरमा आयोजना हुने सातौ केएल मेयर कप २०२२ मा सहभागिता जनाउन नेपालको च्याम्पियन मार्सल आर्ट्सको कराते टोली त्यसतर्फ प्रस्थान गरेको छ । १५ खेलाडीसहित २१ सदस्यीय टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको हो । सातौ केएल मेयर कप २०२२ क्वालालम्पुरस्थित टिटिवाना इन्डोर स्टेडियमा २ देखि ४ डिसेम्वरसम्म हुनेछ । खेलाडीमा पुरुषतर्फ […]

November 29, 2022

उद्धवलाई दोहोरो पदक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भेट्रान खेलाडी उद्धव थापा मगरले उमा (वल्र्ड युनिफाइड मार्सल आर्ट्स) ब्रिटिस च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन् । युकेको ओर्चेस्टरमा नोभेम्बर २७ तारिखमा भएको प्रतियोगितामा उद्धवले चाइनिज प्याटर्न फर्ममा स्वर्ण तथा वेपन प्याटर्न फर्ममा रजत जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाएका छन् । उद्धवले ४५ वर्षमाथि उमेरसमूहमा सफलता […]

November 15, 2022

रोशन र अमिरलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी रोशन बलामी र अमिर रानाले सोरिन काइ कप अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । दुबईमा नोभेम्बर १३ देखि सुरु प्रतियोगिताको पुरुष ७५ केजीमुनि फाइनलमा रोशनले आयोजकलाई ७–० ले पराजित गरे । त्यसअघि रोशनले भारत र फिलिपिन्सका खेलाडीलाई हराएका थिए । पुरुष ८४ केजीमुनि फाइनलमा अमिरले आयोजकलाई नै ८–० […]

November 15, 2022

स्वर्ण जित्दा घाइते अनुको शल्यक्रिया सफल

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुद अन्तर्गत करातेतर्फ स्वर्ण विजेता अनु अधिकारीको दायाँ घुँडाको सफल शल्यक्रिया भएको छ । यसै महिनाको सुरुवातमा स्वर्ण जितेकी उनको सोमबार ललितपुरमा रहेको बि एण्ड बी अस्पतालमा सफल शल्यक्रिया भएको हो । अनुकाे नवाैं अन्तर्गत फाइनल खेल दौरान लड्न पुग्दा घुँडाको लिगामेन्ट च्यातिएको थियो । नवौंमा […]

November 12, 2022

निमालाई च्याम्पियन्स मार्सल आर्ट एकेडेमीको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन्स मार्सल आर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदमा पदक जित्ने आफ्ना खेलाडीलाई सम्मान गरेको हो । एकेडेमीका उत्पादन निमा तामाङले गण्डकी प्रदेशमा कात्तिक ३ गते सम्पन्न नवौंको करोतको टिम कुमुतेमा कास्य पदक जितेका थिए । निमा सम्मलित एपिएफ टोलीले टिम कुमुतेमा कास्य पदक जितेका हुन् । एकेडेमीका निर्देशक सुशिला लामाको सभापतित्वमा सम्पन्न […]

November 11, 2022

‘सबै खेलाडी देशका कमान्डो’

काठमाडौं (हाम्रो खेलकुद) – सन् १९८६ मा दक्षिण कोरियामा सम्पन्न १० औं एसियाली खेलकुदका कांस्य पदक विजेता तेक्वान्दो खेलाडी राजकुमार राईले सबै खेलाडी देशको कमान्डो भएको बताएका छन् । उनी अभिनित नेपाली चलचित्र ‘सोल अफ द कमान्डो’ को ट्रिजर रिलिज तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । सन् १९९९ मा नेपालमै […]

November 11, 2022

सन्जिव र दिपेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – शिवपुरी, नुवाकोटका सन्जिव तामाङ र ज्ञान ज्योतिका दिपेश गुरुङले दोश्रो अन्तरविद्यालय गोजुकाइ कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । बाँसवारीस्थित आयोजक द चाँदबाग स्कुलमा भएको पुरुष ३५ केजीमा सन्जिवले श्री कालिका आयुश सुनार तथा ४० केजीमा दिपेशले शिवपुरीका निमा तामाङलाई फाइनलमा पराजित गरे । पुरुष २० केजीमा श्री कालिकाका क्षितिज तामाङले […]

Success

Thank you for your time.