default_image

मार्सल आर्टस्

January 26, 2023

पूर्व सदस्य सचिव लामाको अध्यक्षतामा कराते महासंघ पूर्नगठन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आफ्ना पूर्व सदस्य सचिव युवराज लामाको अध्यक्षतामा नेपाल कराते महासंघलाई पूर्नगठन गरेको छ । पहिलो पुस्ताका कराते खेलाडी समेत रहेका लामाको नेतृत्वमा पूर्नगठित महासंघलाई ९० दिन (२०८० वैशाख १२ गते) भित्र विधान मस्यौदा तयार ग।िर राखेपको स्वीकृतीमा साधारण सभा तथा निर्वाचन गर्ने जिम्मेवारी सम्पेको छ । […]

January 25, 2023

मेयर कप तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – जैशीदेवल युथ क्लबको आयोजनामा तेश्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आयोजकको २ तथा १८ नगरपालिकाका गरी २० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष राजेश प्रजापतिले जनाएका छन् । ४ सय खेलाडीको सहभागिता रहने छ । गेरोगीमा १६ तथा पुम्सेमा ४ गरी जम्मा २० स्पर्धामा […]

January 25, 2023

जुनियर उसुमा काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । कालभैरब उसु क्वानद्वारा आयोजित प्रतियोगितामा बुद्ध प्रकाश उसु क्वान ७ स्वर्ण, ४ रजत र १० कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको ड्रागन […]

January 24, 2023

रोजिशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – ड्रागन उसु क्वानका रोजस बलले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिताको पुरुष छुची छाङ छ्वानमा मंगलबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका दर्शन लिम्बू दोश्रो र काठमाडौं उसु क्वानका लबिज मगर तेश्रो भए । सो स्पर्धाको महिलामा ड्रागनकी लाक्पा डोल्मा लामा पहिलो, काठमाडौंकी मारिया राई दोश्रो र काठमाडौंकी आरोही […]

January 23, 2023

विष्टसहित प्रशिक्षक खेलाडीलाई आइजी एपिएफ कमेन्डेसन सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टसहित प्रशिक्षक र खेलाडीलाई शसस्त्र प्रहरी बलले सोमबार सम्मान गरेको छ । २२औं सशस्त्र प्रहरी दिवस–२०७९को अवसरमा विभिन्न क्षेत्रमा संगठनलाई अनुकरणीय योगदान पु¥याएकोमा संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ, महानिरीक्षक स्व सहबीर थापा, विष्टसहित ३१ जनालाई पहिलो पटक आइजी एपिएफ कमेन्डेसनबाट सम्मान गरिएको जनाएको छ । […]

January 11, 2023

कराते टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – जनवरी १३ देखि शुरु हुन गईरहेको चौथो अन्तराष्ट्रिय कराते प्रतियोगिता–२०२३ मा सहभागी हुन नेपाली कराते टोली बुधबार बंगलादेश प्रस्थान गरेको छ । उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका सचिव एवं प्रवक्ता गजेन्द्रबहादुर खपाङ्गी (ईश्वर) ले गर्ने छन् भने टिम ब्यवस्थापकमा नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र कुमार क्षेत्री, टिम […]

January 10, 2023

ग्रिनफिल्ड जुनियर उसु माघमा

काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा ४० भन्दा बढी क्वानका करिब ३ सय खेलाडी सहभागी हुने कार्यक्रमका संयोजक अमर पुलामी मगरले मंगलबार पत्रकार संमेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौ विधामा १८ र […]

January 9, 2023

सुमन एक्टिभको ब्रान्ड एम्बासडर

काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ एकेडेमी बसुन्धाराले कराते खेलाडी सुमन तिमल्सिनालाई सोमबार स्पोर्ट्स ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । एक्टिभका अध्यक्ष प्रा.डा. गोपीलाल न्यौपाने र प्रिन्सिपल लक्ष्मण घिमिरेले सुमनलाई एक कार्यक्रमबीच नियुक्ति पत्र प्रदान गरे ।अध्यक्ष न्यौपानेले कराते खेल मार्फत राष्ट्रलाई थुप्रै अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीसंग जोडिन पाउँदा खुशी लागेको बताउदै एकेडेमीको खेलकुदलाई प्रवद्र्धन गर्न […]

January 4, 2023

सुनिल र नीमा सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – मनकामना डोजोका सुनिल समाल र च्याम्पियन मार्शल आर्टकी नीमा तामाङ दोस्रो उमा राष्ट्रिय खुला कराते प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । सुनिल र नीमा दुवै आ–आफ्नो तौल समूहका स्वर्ण विजेता हुन् । चावहिलस्थित स्मार्ट प्यालेसको हलमा सम्पन्न प्रतियोगिताको अन्तिम दिन बुधबार ९ स्पर्धाको फाइनल खेल सन्चालन भएको थियो । जसमा पुरुषतर्फ […]

January 4, 2023

सोतोकान कराते टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको कोलकातामा हुने ३१ औं खुला अन्तर्राष्ट्रिय सोतो कपमा सहभागी हुने टोलीलाई बुधबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले टोलीलाई एक कार्यक्रमबीच बिदाई गरे । जनवरी ७ देखि ८ तारिखसम्म हुने प्रतियोगितामा ५६ खेलाडीले विभिन्न स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । नेपाल सोतोकान कराते संघका महासचिव […]

Success

Thank you for your time.