default_image

मार्सल आर्टस्

June 23, 2023

प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराउन नपाउने भएका छन् । गत महिना एसियाड छनोटका क्रममा भएको विवादमा दोषी पाइएको भन्दै नेपाल कराते महासंघले श्रेष्ठलाई ३ महिना कराते कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरि कारवाही गरेको छ । यद्दपी महासंघले घटनाका विषयमा गरिएको निर्णयका बारेमा सार्वजनिक […]

June 21, 2023

उसु खेलाडीलाई बधाई

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदअन्तर्गत उसुका लागि छनोट भएका खेलाडीको सम्मानमा नेपाल उसु महासंघले बुधबार बधाइ ज्ञापन गरेको छ । सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का सदसय समेत रहेका नेपाल उसु महासंघका अध्यक्ष जनक बर्तौलाले खेलाडीलाई उच्च मनोबलका साथ तयारीमा जुट्न आग्रह गरे । एसियाडका लागि उसुको थाउलोमा ७ र […]

June 20, 2023

अमेरिकामा दीपक र आयाशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिका भ्रमणमा रहेका ओलम्पियन दीपक विष्ट र १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य सम्मानित भएका छन् । सुदूर पश्चिम समाज न्यूयोर्कले मंगलबार तेक्वान्दो खेलमार्फत सुदूरपश्चिम र देशको अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठा बढाएकोमा सम्मान गरिएको बताइएको छ । उनीहरलाई कदर पत्रसहित सम्मान गरिएको छ । विष्ट […]

June 19, 2023

एसियाडलाई उसुबाट १२ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ । थाउलोमा ७ र सान्सौंमा ५ गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाएका छन् । दुई खेलाडीबाहेक सबै विभागीय टोलीका हुन् । थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिन्जाली तथा […]

June 18, 2023

विवेक र सक्षम मेक्सिकाे जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् । जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

June 18, 2023

चन्द्रागिरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ८ स्वर्णसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो । स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए । स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकेल उत्कृष्ट खेलाडी […]

June 17, 2023

उज्जवल मेक्सिको प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी उज्जवल वाग्ले आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन शनिबार मेक्सिको प्रस्थान गरेका छन् । नैकापस्थित ब्राइट फ्युचर माविमा कक्षा १० मा अध्ययनरत उज्ज्वलले पुरुष ६८ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । छ वर्षदेखि तेक्वान्दोमा लागेका उज्ज्वलको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । घरेलु प्रतियोगितामा उज्ज्वलले १ रजत र […]

June 16, 2023

एसियाडका लागि ११ तेक्वान्दो खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– चीनको हान्जाउमा हुने १९ औं एसियाली खेलकुदका लागि ११ तेक्वान्दो खेलाडी छनोट भएका छन् । नेपाल तेक्वान्दो संघको आयोजनामा बुधबार भएको छनोटमा महिलातर्फ ५ र पुरुषतर्फ ६ खेलाडी छनोट भएका हुन् । महिलातर्फ पुम्सेमा स्वस्तिका तामाङ तथा ग्यरोगीतर्फ अन्जली तामाङ ४९ केजी मुनी, आयसा लामा ५३ केजी मुनी, संध्याकुमारी सिंह ५७ केजी […]

June 14, 2023

दाजु बहिनी इन्द्र र देवकीसँगै ८ जुडो खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – दाजु बहिनी इन्द्र बहादुर श्रेष्ठ र देवकी श्रेष्ठसँगै जुडोका ८ खेलाडी चीनको होङझावमा हुने १९औं एसियाली खेलकुदका लागि छनोट भएका छन् । नेपाल जुडो संघले खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट्स केन्द्रमा आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट ८ खेलाडीको अन्तिम छनोट गरिएको हो । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यका अनुसार पुरुष र महिलामा […]

June 14, 2023

नेपाल वारियर्स च्याम्पियनसिप शुक्रबार हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वारियर्स च्याम्पियनसिप २०२३ यहि शुक्रबार काठमाडौंमा हुने भएको छ । भारत र नेपालका १४ खेलाडी सहभागी हुने मिक्स मार्सल आर्ट च्याम्पियनसिपका लागि सबै खेलाडी नेपाल आइसकेका छन् । च्याम्पियनसिपमा ५ एमेच्योर फाइट र २ प्रोफेसनल फाइट हुनेछ । प्रोफेसनल फाइटमा नेपालका लागि रविन्द्र ढाँट र मन्दिप रानामगरले प्रतिस्पर्धा गर्नेछन् । […]

Success

Thank you for your time.